जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
Showing posts with label जे पायो तै. Show all posts
Showing posts with label जे पायो तै. Show all posts

फेसबुकमा लाइक बटनका किस्साहरु

-माया कार्की-
यो 'फेसबुक पुराण' होइन । तर 'फेसबुकका भक्त'हरुलाई विचार गर्ने हो भने एउटा 'फेसबुक पुराण'को आवश्यकता खड्केको देखिन्छ । व्यासका जमानामा फेसबुक नभएर मात्रै हो नभए उनले एउटा 'फेसबुक पुराण' पक्कै लेख्थे । साँच्चै व्यासले लेखेको 'फेसबुक पुराण' कस्तो हुन्थ्यो होला ? अनुमान, उनको पुराणमा देवदानवहरुले फेसबुकमा लेख्ने 'स्टाटस'का बारेमा वर्णन गरिएको हुन्थ्यो । सायद देउताहरुले फेसबुकमा राम्रा राम्रा 'लिंक'हरु 'सेयर' गर्थे । भलाद्मी 'टाइप'का 'स्टाटस'हरु 'अपडेट' गर्थे । अनि दानवहरुले ? दानवहरुले देउताका 'इमेल ह्याक' गरी अप्सरासँगको देउताहरुको रासलिलाको 'भिडियो' फेसबुक मार्फत 'रिलिज' गरिदिन्थे । नयाँ नयाँ 'स्पाम'हरु देउताका 'वाल'भरि छरिदिन्थे । विचरा ! देउताहरुलाई आधारातमा उठेर 'वाल'का 'स्पाम'हरु फाल्नु परेका किस्सा लेखेर सहानुभुति जागृत गरिन्थ्यो । केही नलागे पछि सबै देउताहरु मिलेर महादेव कहाँ जान्थे अनि महादेवले 'एन्टिस्पाम सफ्ट्वेयर' बनाएर 'स्पाम'हरु मेटाउँथे । र, उल्टै दानवहरुको 'एकाउन्ट डिलिट' हान्दिन्थे । र, फेसबुकको समस्या सकिन्थ्यो ।

तर हामी त मानव । अनि यो यथार्थ हो । व्यासको पुराण जस्तो होइन । यसैले सुन्दर भित्रका कुरुपता तथा रमाइलो बिचको तितो हामीले भोग्ने पर्ने हुन्छ । सन्दर्भ, फेसबुकको 'लाइक बटन'को हो । कति सजिलो छ, कसैको 'स्टाटस' मन पर्छ अनि तुरुन्त 'लाइक' हानिदियो बस् काम खत्तम । तर

बिहारी गुरुमा यस्तो पढाउँछिन् : sande - सन्डे

बिहारको समस्तिपुरको एक स्कुलमा गुरुमा अचम्मै गजब पढाउँने गर्दिरहिछिन् । जस्तै :
सन्डे (आइतबार) को स्पेलिङ यस्तो हुन्छ - sande
एप्पलको स्पेलिङ यस्तो हुन्छ - apil
बर्षमा ३६० दिन हुन्छ ।
उनलाई भारतमा को प्रधानमन्त्री छ, थाहा छैन । भिडियो हेर्न भित्र आउँनुहोस्

तासको म्यारीज खेलको नियमावली, २०६७

म्यारीज खेलको खेल प्रकृयाबारे थोरैलाई थाहा भएर समय समयमा विवाद आईराख्ने भएको कारण म्यारीज खेललाई व्यवस्थित र मर्यादित पार्नु वाञ्छनीय भएकोले पप्लुको विकसित रुपमा म्यारीजलाई स्थान दिई सबैको घर दैलोमा चाडवाडदेखि काजक्रियासम्म, मेलापात वा पढाईबाट निकालिएको फुर्सदको समयमा, रुद्री वा पुराण लगाएको घरमा वा जागीरे वा बेरोजगार, मन्त्री वा सचिव सबैले रुची राखेको कारण नियमको अभावमा सधैं किचलो उत्पन्न हुने तथा झै–झगडाको अवस्था समेत सृजना हुने भएकोले तत्काल दलहरुबीचको राजनीतिक सहमति कायम हुन नसकी संविधान सभाको बैठक अवरुद्ध भएको अवस्थामा र मूल कानून निर्माण हुन नसकेको हुँदा तत्काल केही न केही गर्नै पर्ने भएकोले यो नियमको तर्जुमा गरिएको छ ।

परिच्छेद–१ १. संक्षिप्त नाम र प्रारम्भ :
(क) यो नियमावलीको नाम “म्यारीज नियमावली, २०६७” रहेको छ ।
(ख) यो नियमावली म्यारीज खेलाडीहरु र यस खेल प्रति रुची राख्ने दर्शक तथा अन्य खेलाडीहरुको हकमा मात्र लागू हुनेछ ।
(ग) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा :
(क) “तास” भन्नाले एक्का देखि वादशाह सम्मका चिडी, सूरत, ईट र पानका चार प्रकारका तास (चक्की) सम्झनु पर्दछ ।
(ख) “बुक” भन्नाले खण्ड (क)मा उल्लेखित थान ५२ को संख्या वा मिश्रित समूहलाई सम्झिनु पर्दछ ।
(ग) “म्यारीज बुक” भन्नाले खण्ड (क) अनुसारको ३ वा ४ बुक तास सम्झिनु पर्दछ ।
(घ) “दाना तथा गेडा” भन्नाले तास खेल्दा पैसाको आदान प्रदान गर्न तथा विनिमय गर्न सहज होस् भनी पैसाको मूल्यमा सटही गरी राखिएको मकै, भटमास, सिमी, मटर, केराउ तथा अन्य सजिलो किसिमले गन्न सकिने गेडागुडी वा चिज वस्तुलाई सम्झिनु पर्दछ ।
(ङ) “खेलाडी” भन्नाले जित्ने नै मनसाय राखी दुई वा दुई भन्दा तर ८ जनामा नबढ्ने गरी स्वास्नी, छोरा–छोरीको आँखा छली तथा घरको वा कार्यालयको कामकाज माया मारी म्यारीजको खालमा घुँडा टेकेर चौबिसै घण्टा बिताउने सम्झनु पर्दछ ।
(च) “टट्टु तथा धुपौरे” भन्नाले घरको वा कार्यालयको कामकाज गर्नका दुःखले म्यारीजको खालमा गएर उँघ्ने वा लम्पसार परेर सुत्ने, हात टेकेर अर्काका तास हेरी यो फाल, त्यो फाल भन्ने, हात नटेक लोदर लाग्यो भन्दा हतपत पलेटी कस्ने, अरु खेलाडीले नबोल भन्दा ङिच्च दाँत देखाउँदै हाँस्ने वा निन्याउरो मुख लगाउने व्यक्तिलाई समेत सम्झनु पर्दछ ।

हात्ती चढ्ने रहर - 'फेसबुक फण्डा'

फेसबुकमा एकजना मित्रले ट्याग गरिदिनु भएको फोटो हो यो । खुब मन पर्‍यो फोटो । जति हेर्‍यो उति उदेक लाग्दो रचनात्मक । यसैले यहाँ राखेको छु । यस्तै तस्विरहरु तपाईका फेसबुक एकाउन्टमा जम्मा भएका छन् भने ganess.karki@facbook.com मा पठाउँनुहोस् है त ।

नयाँ बर्षमा मुर्गा हुनुहोला है ! नमुना हेर्नुहोस्

इन्टरनेटमा सामाजिक साईटहरु वरदान भएका छन् । खासगरी फेसबुक, ट्विटर, युट्युब जस्ता साईटहरुले इन्टरनेट जुनसुकै वर्गका इन्टरनेट प्रयोगकर्ताहरुलाई आफ्नै तरिकाले प्रयोग गर्ने छुट दिएको छ । हिजोआज यी साईटहरु सबैथोक भेला हुने र सबै कुरा देखाउँन सकिने ठुला प्रदर्शनीस्थल भएका छन् । अब प्रदर्शनीस्थल नै भईसके पछि त सबै किसिमका मानिसहरु जम्मा हुने नै भए, चोर, फटाहा, ढाँट, मुर्ख सबै । यस्ता बहुरुपीहरुले हामीलाई थाहै नपाई मुर्गा बनाउँछन् । अझ चाडपर्व र उत्सवको समयमा त यो चर्को हुन्छ । आउँदै गरेको अंग्रेजी नयाँबर्षको अवसर भन्दै फेसबुकहरुमा सुरु भईसकेको छ मुर्गा बनाउँने खेलहरु । एउटा उदाहरण हेर्नुहोस्

दही छैन, चिउरा भए, दहीचिउरा खान हुन्थ्यो


यो शिर्षक राखेको वाक्य मलाई खुब मन पर्छ । मेरो साथी कर्मठ प्रायः यो वाक्यको प्रयोग गरिरहन्छ । मैले सुनेको पनि उहीबाट हो । मानविय सपना, महत्वकांक्षा र परिस्थितीको उत्कृष्ट नमुना झै लाग्छ मलाई यो वाक्य । वाक्य भन्छ, दही छैन अनि सपना छ दहीचिउरा खाने । तर बिडम्बना, चिउरा पनि छैन । यसैले यो वाक्यले शिरक अनुसार खुट्टा फैलाउँनु भन्ने आदर्श भन्दा फरक तर मानविय व्यवहारको चित्रण गर्छ । अहिले त यो वाक्य जस्तै छ, हाम्रो  दैनिक जीवन । व्यक्तिगत आचरणमा मात्र होइन, दैनिक जीवनका हरेक पाटाहरु जस्तैः राजनीतिक, आर्थिक तथा प्राबिधिक मा यही भावका क्रियाकलापहरु देखिन्छन् । यसका केही नमुनाहरु यस्ता छन्