हिन्दुहरुको तिर्थस्थल पशुपतिनाथ मन्दिरको दुईवटा पाटा हेरौँ ।
एउटा पाटो यस्तो छ : हिन्दुहरुका महादेवको मन्दिर । संसारभरका हिन्दुहरुका लागि सबैभन्दा ठुलो तिर्थस्थल । राजधानीको सुविधासम्पन्न स्थानमा अवश्थित । जहाँ हरेक दिन हजारौं मानिसहरुको भिड लाग्ने गर्छ । जहाँ दिनहुँ हजारौं दर्शनार्धीले लाखौं रुपैयाँ चढाउँछन् । जहाँ लाखौं रुपैयाँ दरका पुजाहरु हुने गर्छन् ।
अर्को पाटो : जहाँ मुलद्धारमै फोहोरको ह्रास हुन्छ । पवित्र वाग्मती वारपार गर्ने पुल जिर्ण र भत्किनै लागेको छ । बिग्रीएका बत्ति बनाउँन जहाँ महिनौं लाग्न सक्छ । मन्दिरहरु दिनानुदिन जिर्ण बन्दै छन् र, मर्मत सम्भारको अति खाँचो छ ।
अब पुर्व नेपालको दुर्गम स्थानमा रहेको पाथीभरा देवीको मन्दिरसँग यसको तुलना गरौं ।
पहिले, भौगोलिक स्थिती तथा तिर्थालुहरुको चाप र सहजताका कुरो
पशुपतिनाथ राजधानीको अतिसुगमस्थलमा रहेको मन्दिर हो । सवारीसाधन पशुपतिनाथको मन्दिरसम्म नै पुग्न सक्छन् । सवारी राख्न बाहिर ठुलो पार्किङ एरिया छ । पैदलयात्रुका लागि, नजिकको सडकबाट यो मन्दिर २ वा ३ मिनेटको पैदल दुरीमा पर्छ । हवाई यात्रुका लागि यसको छेउमै त्रिभुवन विमानस्थल पर्छ । यो विमानस्थल नेपालको सबैभन्दा ठुलो र एकमात्र अन्तराष्ट्रिय विमानस्थल हो । बर्षदिन भरी नै पशुपतिनाथमा तिर्थालुहरु उल्लेख्यमात्रामा आउँने गर्छन् ।
तिर्थालुको भिड सम्हाल्न पशुपतिनाथमा छुट्टै सुरक्षाकर्मीको उपस्थिती रहने गर्छ । अझ विशेष दिनहरु जस्तै शिवरात्री, तिज, बालाचतुर्दशी आदिमा एकैदिन लाखौं तिर्थालुहरु हुने गर्छन् ।
पुर्वको पवित्र तिर्थस्थल मध्येको एक पाथीभरा देवीको मन्दिर ताप्लेजुङको सदरमुकामबाट १९ किलोमिटर टाढा पर्दछ । हवाई सुविधाका लागि सदरमुकाममा साना विमानहरु अवतरण गर्न सक्ने सुकेटार विमानस्थल भएपनि मौसमको कारण नियमित उडान भने हुन सक्दैन ।
करिब १२,४४८ फिटको उचाईमा रहेको यो मन्दिर पुग्न नजिकको यातायात सुविधा भएको ठाउँबाट डेड दिनको पैदल यात्रा गर्नुपर्छ । मन्दिर रहेको स्थानमा हिमपातका कारण सामान्यतया, मंसिर, पुस र माघमा भने तिर्थालुहरुको उपस्थिती लगभग शुन्य हुन्छ । अझ चिसोका कारण कातिक तथा फागुनमा पनि तिर्थालुहरु एकदम कम मात्रामा जान्छन् ।
अब, आम्दानीको कुरो
हिन्दुहरुका महादेव पशुपतीनाथको मन्दिरमा गतबर्षको आम्दानी नगद तर्फ १० लाख ८६ हजार रुपैयाँ भएको रहेछ । त्यस्तै जिन्सी तर्फको आम्दानी १४ तोला सुन र ८ केजी ८० ग्राम चाँदी रहेछ ।
त्यस्तै, भौगोलिक रुपमा विकट पाथीभराको गतबर्षको आम्दानी १३ लाख रुपैयाँ रहेछ । यसपाला भने साउन देखि कात्तिक सम्ममा मात्र १४ लाख रुपैयाँ जम्मा भईसकेको जनाइएको छ । गत कातिक २ र ३ गते मात्र ४६ हजार रुपैयाँ जम्मा भएको थियो रे ।
अनि, मेरो कुरो
स्मरण रहोस्, पशुपतिमा एकैदिन भक्तहरुले लाखौं रुपैयाँका विशेष पुजा तथा होमादि गर्ने गर्दछन् । विशेष पुजाहरुका लागि छुट्टै दर कायम गरिएको छ, जसलाई नेपालका आमनागरिकले नसोचे पनि हुन्छ । यसबाट आएको रुपैयाँ पशुपतिनाथका पुजारीहरुले लिने गर्छन् । यस्ता विशेष पुजाहरु मात्र नभएर नियमित रुपमा भक्तहरुले चढाएको दानबाट पनि लाखौं रुपियाँ उठ्ने गर्छ । त्यसका अतिरिक्त विदेशी पर्यटकबाट, घाटमा लाश जलाए वापत पनि पशुपतिनाथमा पैसा आउँने गर्छ । सुन्न जानुस्, बेलुका हुने आरतिका पनि प्रायोजक भक्तहरु हुने गर्छन् ।
त्यति धेरै पैसा उठे पनि पशुपतिनाथ स्वयम्को अवश्था भने उठेको छैन । दिनानुदिन जिर्ण बन्दै गएका छन् पशुपतिनाथका भौतिक साधनहरु । त्यत्रो आम्दानी कहाँ जान्छ ? पशुपतिनाथमा भक्तहरुबाट उठेको रकम पशुपतिमा नै लगाउँनु पर्ने होइन र ? के हामीले खोजी गर्न मिल्दैन ?
पशुपतिनाथको कल्याण होस्

4 comments:
नेपाली क आराध्य देव पशुपति नाथ नै 'बिचरा' छन् नेपाल मा नेपाली किन बिचरा नहुन त...???
jaha nepali teha brashtachar ta hune nai bhyo ni
पहिला पहिला पशुपतिनाथले सबैको कल्याण गरुन भनेर राजा जनता सबै भन्थे। पुर्व राजा ग्यानेन्द्रको कल्याण नगरेपछि अब कसैको कल्याण गर्छन जस्तो लाग्दैन। बरु अब सबै मिलेर पशुपतिनाथको कल्याण गर्नु पर्ने बेला भएछ! पहिला त्यस भित्रका पुजारी नामधारी डाकाहरूको ब्यबस्था गर्नुपर्छ अनि मात्रै हाम्रो प्राचिन तथा पुरातात्विक धार्मिक स्थलको कल्याण हुनेछ।
अहिलेको युगमा धर्म र राजनीति भनेको कहीले घाटा नलाग्ने ब्यापार हो। पत्याउनु हुन्न भने पशुपतिको प्राङ्गणमा उभिएर १५ मिनेट जति त्यहाका पान्डाहरुको चर्तिकला हेरे हुन्छ।
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।