जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

बिहे गरुम्, सुनका चै कुरै नगरुम्


मंसिर महिना बिहेको महिना । जति नजिकिदो छ, सुनको भाउले उति नयाँ नयाँ उचाई लिदै छ । सोमबार र मंगलबार ५५ हजार २ सयमा कारोबार भएर नै महगोंको किर्तिमान राखिरहेको सुनले आज बुधबार थप मुल्य लिदै ५५ हजार ४ सयको नयाँ किर्तिमान कायम गरेको छ । बिहेमा सुनको कति अर्थ छ भनेर मैले के भनिरहनु ? तपाई महिला हुनुहुन्छ भने तपाई जन्मजात ज्ञाता हुनुहुन्छ । र, पुरुष हुनुहुन्छ भने छेउमा कोही महिला छन् भने सोधे पुग्छ । त्यस्तो अर्थपुर्ण सुनको मुल्य यसरी अकाशिए पछि बिहेमा कति अफ्ठ्यारो पर्ला ? मुखै फोरेर भन्न त नमिल्ला तर बाध्य भएपछि नभनेर के गर्नु ! अब बिहेका लागि केटी माग्न जाँदै भन्दा हुन्, 'बिहे गरुम्, सुनका चै कुरै नगरुम् ।' महिलाका लागि सुनको अर्थसँग मेरो रमाईलो अनुभव छ, पढ्नलाई भित्र आउँनुहोस् । तपाईका अनुभव पनि कमेन्टमा लेख्नुहोस् है ।



म यो घटनाको समयमा ताप्लेजुङमा पढाउँथे । घटना त्यहीको हो । मैले डेरा लिएको घरमा कान्छादाईको बिहे भयो । बिहे धुमधाम । विदेश बसेर आएका दाईले विदेशबाटै सुन ल्याएका रहेछन् । उनकी दुलहीलाई पुग्दो । बिहेका दिन गाउँका मान्छेले दुलहीलाई सुनैले पनि हेर्न लायक बनाएको भनेर कुरा गरेको सुनेको थिएँ मैले । भाउजु पनि राम्री थिइन् ।

मैतालु फर्काएर आउँदा अघिल्लो पटक जस्तो रुँदै आईनन् भाउजु, हास्दै हास्दै आईन् । तर घर फर्किएको केही दिन पछि मैले भाउजुलाई रुँदै गरेको देखेँ । मैले केही भएछ कि भनेर जेठी भाउजुलाई खबर गरिदिए । भाउजु र घरका मान्छे आएर नरुन भन्दै रुनुको कारण सोधे । भाउजुले निकै समय लिएर सुक्सुकाउँदै भनिन्, यो सुन त ग्यारेन्टिको रे । गाउँमा त्यस्तै भन्छन् । (मलाई त ग्यारेन्टीको सुन भनेको के हो भन्ने पनि थाहा थिएन । जेठी भाउजुले पो भनिन्, उही क्या सुन भन्दा कम छैन हराएमा डर छैन ।) अब भो । दाईले कड्किएर सम्झाएपछि सबै साम्य भएको थियो ।


त्यस्तो हुँदो रहेछ सुन । जन्मे देखि त्यत्रो हुन्जेल बसेको घर, परिवार सबै बिर्सिएर हास्न थालेकालाई पनि रुवाउँन सक्दो रहेछ सुन । अब त्यस्तो सुन जो सुकैले किन्न नसक्ने भएपछि कति गा¥हो पर्ने होला खै !

8 comments:

umesh said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जेठी भाउजुले पो भनिन्, उही क्या सुन भन्दा कम छैन हराएमा डर छैन । like

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सुन बिनाको जिन्दगी सोच्न सक्दैनन् महिलाहरुले ।

बीना कार्की said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अबुई सुन बिना बिहे ? धत् त्यस्तो पनि हुन्छ ? बिहेमा त कस्सिएर लिने हो सुन ।

Amita said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

No marriage without gold

Mohan Samba said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Gold is not necessory, love is necesory for marriage.

प्रमोद दवाडी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अब बिहे गर्न पनि नसकिने भो । सुन नखोज्ने केटी भए भनौं है साथी ।

Krishna Bantawa said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

खै अचेल जता ततै सुनको भाउको मात्रै कुरा सुन्‍छु। के हुन्‍छ र सुनको भाउ बढेर? चामलको भाउ नबढे हुन्छ मलाई त। चामलको भाउसँग सरोकार राख्‍ने मान्‍छे परेँ म त। सुनबिना मान्‍छे मरेको सुनेको छैन। तर चामल नभएर धेरै भोकमरिले यो सँसारमा मान्‍छे मरेको सुनेकोछु। ए! साच्‍चै, यो साल चामलको भाउ कतिमा कायम होला नि? चिन्‍ता पो लाग्‍यो।

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Gold sita nai Bhey gare bhai go ni...??? bhutra ko Lognea Chaiyo ra?? ki haina??

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।