-प्रल्हाद अधिकारी-
बाँचिराख्नु पर्छ जे पनि देख्न पाईन्छ भन्थे बुढापाकाहरु, साँच्चै नै हो रहेछ । हाम्रो जस्तो कम आय भएका मानिसहरुको बाहुल्यता भएको मुलुकमा त्यती टाढाबाट गीत गाएर कमाउँन आउँनु आफैमा आश्चर्य हो । पहिले ब्रायन एडम्स नेपाल गीत गाउँन आउँछन् रे भनेको सुन्दा त विश्वासै थिएन । लाग्थ्यो, त्यस्ता हिट गायक, करोडौँ डलर कमाउँने, नेपाल आएर कति लग्नु र आउँनु । तर खुद ब्रायन एडम्स आएर गीत गाएर गए । मेरो केही लागेन । सपना झै मानेर पत्याएँ ।
मैले गाएको भाषा नबुझे पनि सुन्दै आएको अर्को ब्यान्ड एमएलटिआर पनि हिजैमात्र नेपाल आईसकेछ । त्यती ठुला गायकहरु नेपाल आउँनु त नेपालका लागि कति ठुलो कुरा हो भनिरहनु नपर्ला । हेर्नु नै भयो होला नि, ब्रायन एडम्स आउँदा पत्रपत्रिकामा के के लेखेका थिए । ब्रायन आए, 'अब संसारलाई नेपालले चिन्छ ।' 'पर्यटन बर्ष सफल हुने छाँट आयो ।' 'नेपाली संगीत उद्योगले नयाँ फड्को मार्यो ।' अब ब्रायन आएकै कारणले नेपाललाई संसारमा कतिले चिने ? पर्यटनबर्षको सफलता कस्तो भयो ? संगीत उद्योगले कति फड्को मार्यो ? यो त तिनै पत्रिकाले लेखाजोखा राखेका होलान् ।
मलाई भने यस्ता कुराको लेखाजोखा राख्नु छैन । मेरो लागि दुवै पाहुना बराबर । अस्तिको पाला ब्रायन एडम्स आउँदा त विशेष कारणले हेर्न पाईएन । यो पाला चै एमएलटिआरलाई हेर्न छुटाईदैन । मैले ब्रायनको कन्सर्ट नहेर्नु र एमएलटिआरको कन्सर्ट हेर्नुमा भने कारण यस्तो छ
ब्रायनको कन्सर्ट दशरथ रगंशालामा गरिएको थियो । रंगशालामा वरिपरी पर्खाल कहीबाट चियाउँदा पनि मरे नदेखिने । देख्नलाई भित्रै पस्नु पर्ने । भित्र छिर्ने रकम भनि साध्यै नहुने । मुख्य कुरा ब्रायनको कन्सर्टले पैसा हुने र नहुनेलाई छुट्याईदियो । यसैले त्यही विभेदको बिरोध स्वरुप ब्रायनको कन्सर्ट हेर्न गइएन । तर एमएलटिआरको कन्सर्टको कुरै बेग्लै । यसपालीको कन्सर्ट अस्तिकोमा जस्तो १५ लाख भाडा तिरेको ठाउँमा छैन । प्रशासनले सित्तैमा मिलाईदिएको टुडिखेलमा छ ।
फेरि यो कन्सर्टमा पैसा हुने र नहुनेलाई छुट्याईएको पनि छैन । १० हजार र ४ हजार तिर्नेलाई केही बिशेष सुविधा पक्कै छ । तिनले मञ्च नजिकै बसेर हेर्न पाउँलान् । तर २५ सय, १५ तिर्नेले टुडिखेलको छेउपट्टि मञ्चबाट निकै टाढा त उभिन पाउँने हुन् । त्यति टाढाबाट मन्च त अलि हाइटमा बनाउने भएकोले जसोतसो देख्लान् टाउकैटाउकाले छेलिए पनि। गाउने भने कमिला जत्रो नै देख्ने हो । ठूला पर्दा हेरेर चित्त बुझाउनु पर्ने हुन्छ उनीहरुले । तिनीहरुले जति त म टुडिखेल छेउको आकाशे पुलबाटै देख्न पाईहाल्छु नि । यसैले गईन्छ यसपालीको एमएलटिआरको कन्सर्ट हेर्न । बरु छिट्टै जानु पर्ला, फेरि छिट्टै आकाशे पुल हाउसफुल हुने हो कि ।

यस्तो देखिन्छ आकाशे पुलबाट टुडिखेल ।
5 comments:
गजपको आइडिया । मलाई पनि ठाउँ रोक्दै गरौं है, आकाशे पुलमा ।
नेपालमा पनि संगीतका लागि १० हजार सम्म खर्च गर्ने मानिसहरु निस्कन थालेकोमा नेपालका संगीत कर्मीलाई बधाई छ । यसको फाईदा उठाउँन सक्नु पर्छ कलाकारहरुले ।
आम्मामा टिकट पनि कति महगों । ६ महिनाको कार्यक्रम हो कि क्या हो । नेपालका पैसा विदेश पठाउँने राम्रो तरिका निकाले केटाहरुले । यस्ता कार्यक्रम रोक्नु पर्छ ।
o my sleeping child, the world so wild but you built your own paradise....Great to listen in Nepal
j vaya pane nepali kam chainan....ajja metallica, pantera aaya vane ta ma....ghar ko computer, mobile, ipod sabai bechera janchu concert herna...
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।