-दिनेश कार्की-
दुइ वर्ष अगाडि जर्मनीमा भेटिएका एकजना प्रोफेसरलाई सोधेको थिए, फरक देश र पृष्ठभूमीको व्यक्तिले फरक स्थानमा फरक सँस्कृति र पृष्ठभूमीका जनताका लागि पत्रकारिता गर्न कत्तिको गाह्रो हुन्छ । त्यतिवेला उनले मेरो प्रश्नको आसय राम्रोसँग वुझेनन् वा प्रश्न सान्दर्भिक ठानेनन्, मलाई उनले चित्त बुझाउन सकेनन् । त्यो कुरा चुनौतिपूर्ण लागेर नैं संभावनाको उत्तर अपेक्षासहित मैंले उनलाई उक्त प्रश्न सोधेको थिएँ । म चाहन्थें, केही मेहनत पछि सम्भव छ भन्ने उत्तर । किनभने त्यतिबेला रमेर पत्रकारिता गरिरहेको मेरो भाग्यमा डाइभर्जिटि भिसा (डिभी) बाट अमेरिका आउने कुरा लगभग तय भइसकेको थियो । डिभीको फर्स्ट लेटर आइसकेको थियो ।
अहिले म डाइभर्सिटी भिसाबाट अमेरिका आएको एक वर्ष पुरा भयो । संभावना र अवसरको देश अमेरिकामा मैंले आठ वर्ष नेपालमा सिकेको र गरेको पत्रकारितासम्बन्धी काम गर्न पक्कै पाइरहेको छैन । किनभने मेरो सिप र अनुभवलाई यहाँको माटोले चिन्दैन । नेपालको परिवेशमा नेपाली जनताका लागि एउटा बिटमा पत्रकारिता गरेको मान्छे म । फरक माटो फरक सँस्कृति र विल्कुलै पृथक सोचका मान्छेको लागि तुरुन्त समाचार लेख्न असम्भव प्राय नैं हुन्छ जबसम्म उक्त स्थानका मानिसहरुले जस्तै सोच्न सकिंदैन । जब यहाँको जोक ले तुरुन्त हाँसो फुटाउन सक्दैन भने यहाँका मान्छेहरुका लागि लेखिने समाचारको पल्स थाहा पाउनु त धेरै टाढाको कुरा हो ।
नेपालमा एक किसिमको कार्यशैलीमा अभ्यस्त भएकाहरुलाई अमेरिका पक्कै पनि फलमको च्यूरा सरह हुन्छ । नेपालमा गैर प्राविधिक काम गरेर विदेस जाने जो कसैलाई पनि आफ्नो क्षेत्रको रोजगारी पाउन गाह्रो हुन्छ ।
लाखौं नेपालीले जस्तै मैंले पनि डिभी चिठ्ठाको फर्म भरेको थिएँ, लहडै लहडमा । अमेरिका अवशरका साथसाथै अथाह चुनौतीको देश हो भन्ने कुरा यहाँ पढ्न आउने मेरा साथीभाइ र आफन्तबाट मलाई थाहा थियो । त्यहि भएर चिठ्ठा परिसकेपछि अगाडि बढ्ने कि के गर्ने भनेर दुविधा हुँदा अग्रजहरु, आफन्त र साथीभाइसँग सल्लाह लिएँ। सबैजसोले अमेरिका जानका लागि नैं सल्लाह दिए ।
यतिबेला मेरो परिचय भनेको डिभीबाट अमेरिका आई यहाँको वर्क फोर्समा होमिएको तेस्रो विश्वको आम मान्छेभन्दा बढि केही छैन । कहिलेकाहीं त लाग्छ तुरुन्त नेपालै फर्किऊँ । तर अमेरिकी शिक्षा लिएर आफूमा प्रतिस्पर्धी क्षमताको विकास गर्यो भने त्यसबाट धेरै लाभ लिन सकिन्छ भन्ने कुरामा म विश्वस्त छु । आफ्नो जन्मभुमी देश नेपालको लागि राम्रो काम गर्न नेपाल भित्रै बसेर गर्नुपर्छ भन्ने भ्रमबाट छैन । देश बाहिर बसेर पनि धेरै राम्रो कामहरु गर्न सकिन्छन् अहिलेको एक्काइसौं शताब्दिमा । किनभने नेपाल विगार्ने तत्वहरु नेपाल बाहिर भन्दा नेपाल भित्रै बढि छन् ।
कति अचम्म लाग्दो छ, अमेरिकाले चिठ्ठा मार्फत यहाँको स्थायी बसोबासको अवशर उपलब्ध गराउँछ भन्ने कुरा । व्यक्तिगत रुपमा भन्ने हो भने डिभी चिठ्ठा परेर अमेरिका आइएला भन्ने करा मेरो कल्पना भन्दा पनि बाहिर थियो । भाग्यमा त्यति विश्वास नगर्ने मेरो लागि यो एउटा जिज्ञासा भन्दा बाहेक अरु केही होइन । ओजराज लोहनी देखी घरायसी पुरोहित सम्मका कसैले पनि मलाई चिठ्ठा पर्छ भनेका थिएनन् । त्यसैले डिभी भर्नेहरुलाई म के भन्छु भने, धेरै अपेक्षा नगर्नुस् कहिलेकाहीं यो त्यतिकै हुन्छ ।
पत्रकारिताकै काम वा तालिमको सिलसिलामा भारत, पाकिस्तान र जर्मनीमा मेला पाइलाहरु लम्किदा जसरी त्यहाँको भुमीले मलाई चुमेको जस्तो अनुभव गरेको थिए । त्यस्तो रोमाञ्चक अनुभव अमेरिका टेक्दा भएन । किनभने ती तीन देशहरुमा म आफ्नो कामको सिलसिलामा उमंगका साथ गएको थिएँ । अमेरिका आउँदा चाहिं यहाँ धेरै संघर्ष छ, चुनौती र अफ्ठयाराहरु धेरै छन् भन्ने कुरालाई स्वीकार गरेरै आएको थिएँ ।
नेपालमा अंग्रेजी पत्रकारिता आधार भएका अनुप काफ्ले नेपालीहरुकाबीच मात्र होइन अमेरिकाको पत्रकारितामा पनि स्थापित नाम हो । उनी वासिङ्टन पोस्टको अन्तर्राष्टि्य डेस्कमा काम गर्छन । किरण बस्नेत त अमेरिकामैं जन्मी हुर्की यतैको पत्रकारिता शिक्षा पाएकी नेपाली मुलकी चर्चीत सिएनएन समाचार वाचिका हुन् ।
डिभी परेर अमेरिका आउनेहरुको भीडमा मैले चिनेजानेका केही नेपाली सञ्चारकर्मीहरु पनि छन् जीवन धान्नका लागि उहाँहरुले आफ्नो पेशा नें परिवर्तन गर्नु परेको छ । केहीले नेपाली पत्रकारितामा आफ्नो अस्तित्व धानिराख्नका लागि भने बेलाबेलामा यताबाट नेपाली अखबारमा समाचार पठाउने गरेका छन् भने कसैले नेपाली वेवसाइट सञ्चालन गरेर पत्रकारिताको तलतल मेटिरहेका छन् । आफ्नो आधा उमेर नेपालमैं विताएर डिभी चिठ्ठाबाट अमेरिका आउनेहरु भने आफ्नो लागि भन्दा पनि छोराछोरीको भविष्यका लागि यता सँघर्ष गरेको बताउँछन् ।

0 comments:
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।