तस्विर हेर्नुभयो, कस्तो लाग्यो ? सोच्नु भयो होला वाह क्या मित्रता छ । यस्ता साथीहरु भइदिए जिन्दगी कति सजिलो हुन्छ । यो त भावनाको कुरा भयो । वास्तविकता त यस्तो हुन्छ ।
माथिको तस्विरमा रुपन्देही धमौलीका तौलन लोध साथीको काखीमा बसेर पढ्न जाँदै छन् । उनी कक्षा ११ मा पढ्छन् । कलेजसम्म हाते रिक्सा चढेर गए पनि कलेज अपाङ्गमैत्रि नभएकाले उनी साथीको काखमा चढेर कक्षामा जान बाध्य छन् ।
नेपालको कुल जनसंख्याको ५ प्रतिशत भन्दा बढी नागरिक अपाङ्गताबाट ग्रसित छन् । तथ्याकं यो हो । अनि, नेपालका कुनै पनि स्कुल, कलेज, पसल, सिनेमा हल, सडक केही पनि अपाङ्गमैत्रि छैन, वास्तविकता यो हो । यस्तोमा साथीहरुको असल व्यवहार र साथले जिन्दगी सहज त पक्कै हुन्छ नै । तर, के अन्तिम विकल्प यही हो । अपाङ्गहरुले स्वभिमान हुन नपाउँने ? यस्ता साथीहरु कति समयसम्म साथ रहन्छन् ? अनि, आफै केही गर्छु भनेर आँट गर्नेहरुको स्वभिमानलाई सँधै साथी नै खोज्नु पर्ने बाध्यताले कस्तो प्रश्न गर्ला ?
हामी सुन्छौं, अपाङ्गहरु घरबाट बाहिर निस्कदा पिसाब फेर्न पर्ने अफ्ठ्यारोबाट बँच्न पानी नै पिउँदैनन् । यो अवश्था कहिलेसम्म रहिरहला ? निर्धक्क पानी पिएर प्यासी नभई हिड्ने दिन कहिले आउँला अपाङ्गहरुका लागि ? नागरिक भएर पनि नागरिकले पाउँने न्युनतम अधिकार कहिले पाउँने ? मनमा यति धेरै प्रश्नहरु आए, यसैले यो ब्लग लेखेको हुँ ।
अन्त्यमा, बिषम परिस्थितीसँग जुधेर पनि अध्ययनलाई अगाडी बढाईरहेका लोधलाई सफलताको कामना ।

तस्विर कान्तिपुर द्धैनिक
1 comments:
नेपालको संविधानमा छ यीनीहरुको अधिकार । अथवा डलरखेती गर्नेहरुलाइ सोधे पनि हुन्छ ।
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।