जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

धन्य नेताज्यु ! गाडी फिर्ता गरेर ठुलै त्याग गर्नु भो

तपाई हाम्रा नेता । ठ्याक्कै तपाई नै मन परेर, तपाई त्यति चित्त नबुझे पनि आफ्नै पार्टीको मान्छे भनेर अनि अरु तपाई जत्तिका पनि गतिला नभएर तपाईलाई चुनावमा भोट दिईयो । तपाईले जित्नु भो । सभासद बन्नु भो । अहिले पालो फेरि फेरि पदमा बस्नु भएको छ । हुन त यो नेपालको अनौठो लोकतन्त्रमा हाम्रो भोटको त के नै अर्थ भो र ? हामीले जिताएका र हामीले हराएकाहरु एकै ठाउँमा बसेर अहिले हाम्रै दोहोलो काडिरहुन भएको छ । हाम्रा सपना, चाहना र विश्वासमाथि त तपाईले पहिले नै बलात्कार गर्नु भएकै हो ।

हुन त चुनाव, हारजित, संविधानका धारा, लोकतन्त्र, अग्रगमन यी सारा भनेको त सबै तपाई नै त हुनुहुँदो रहेछ । देउता पनि ब्रम्हा, बिष्णु र महेश्वर भएर आ आफ्ना काम गर्छन् रे । तपाई त स्वयम् ब्रम्हा, बिष्णु अनि महेश्वर । यस्ता ठुला तपाईले सर्वोच्चले भनेको मानेर खाई पाई लाई ओछ्याई गरेको सुविधा फर्काउँनु भो रे, मैले पत्रपत्रिकामा ठुला ठुला अक्षरमा देखेको थिएँ । तपाई जस्ता ठुला मान्छेले गरेको यति ठुलो त्यागलाई पत्रिकाहरुले किन त्यत्रा ठुलामात्र अक्षरमा लेखे ? अक्षर अझै ठुला बनाउँने मिल्दैन रहेछ भनेर मैले नसोचेको पनि होइन । तर हामी जाबा जस्ताका सोचले हुन्छ नै के र ? त्यही पनि सोचिदो रहेछ । माफ पाउँ नेताज्यु ।


राजनीति गर्ने नै शक्ति र सत्ताको लागि हो । अनि, शक्ति र सत्ता यस्ता अवयवहरु हुन् तपाई जस्ता नेताका कि यसको एकपटक स्वाद चाखेपछि सबै कुरा हराउँछ । तपाईको गल्ति केही छैन नेताज्यु । तपाई पहिले चप्पल लगाएर काठमाण्डौं छिर्नु भएको थियो । तपाईका चप्पलका डोबहरु तपाई चढेकै पजेरो, प्राडोहरुले कुल्चेर अहिले नदेखिने गरी हराईसके । देखिन्छन् त मात्र तोलाका तोला तपाईका सुनहरु । तपाईको सुन देखेर कराउँनेहरु कराउँछन्, ति बिचराहरुलाई के थाहा, तपाई देशको अनि देश तपाईको । देश अर्थात राज्यसँग हुनु र तपाईसँग हुनुमा फरक नै के छ र, हैन ? यसैले त डुमले चर्पीको आची सोरे जस्तो गरेर सोर्नु भएको, हैन त ?

यीनले कराए अनि सर्वोच्चले अह्रयायो भनेर तपाईले व्यर्थै फिर्ता गर्ने भन्नु भएछ । तपाईले लिएको कति नै हो र ? त्यै महिनाको तीन, चार सय लिटर पेट्रोल, यसो पाए सम्म एक दुई करोडको गाडी, हातका औलामा गन्न नमिल्ने सुरक्षाकर्मी । तपाईले देशका लागि दिएको योगदानको अगाडी यसको के मुल्य छ र ? फेरि तपाई जस्ता ठुला मान्छेकै लागि त हो नि यो सबै, सुरक्षाकर्मी, राम्रा महंगा गाडी । तपाईले घरभाडा वापत पनि पैसा लिनुहुन्छ भनेर कराईरको सुन्छु । त्यती जाबोको के कुरा गरेका होलान्, तपाईले एकबर्षभरि लिएको घरभाडा वापतको पैसा त तपाईको काठमाण्डौंमा भएको घरहरुबाट एकै महिनामा उठ्छ नि ।

भो नेताज्यु तपाईका कुरा के धेरै गर्नु । तपाईलाई थाहा छ छैन अरुले के के लगेका थे । तपाई मारमा पो पर्नु भएको थियो कि न ? हेर्नुहोस् न अरुले यस्ता यस्ता सुविधा लिएका रहेछन्


पूर्वप्रधानमन्त्री झलनाथ खनाल
१. इन्धन सुविधा २०० लिटर पेट्रोल
२. बा.६च. १०२६ नं. प्राडो जीप
३. सवारी चालक - १ जना
४. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
५. सशस्त्र प्रहरी - १३ जना (सुरक्षाका लागि पछुवा गाडी सशस्त्र प्रहरीबाट उपलब्ध)

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल
१. इन्धन सुविधा मासिक ३०० लिटर डिजेल
२. बा.६च. १०३० नं. को चमेलिया जलविद्युत् आयोजनाको प्राडो जीप
३. सवारी चालक- १ जना
४. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
५. सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी र आवश्यकताअनुसार इन्धन
६. टाटा टेल्को गाडी - १ थान सशस्त्र प्रहरी बलबाट

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल
१. २०६६ जेठ महिनादेखि आवास सुविधा मासिक रु. ८०,०००/-
२. प्र.म. कार्यालयबाट एउटा गाडी उपलब्ध गराइएको चमेलिया जलविद्युत् आयोजनाको १०२९ नं. को प्राडो जिप
३. सुरक्षा -पछुवाका लागि माज्दा गाडी सशस्त्र प्रहरी बलबाट उपलब्ध गराइएको
४. नेपाल प्रहरीबाट सुरक्षा प्रयोजनका लागि बा.१.झ. ५५९९ नं. को सवारी साधन र सोका लागि ३५० देखि ४०० लिटर मासिक रूपमा इन्धन
५. नेपाल प्रहरीबाट २६ जना सुरक्षाकर्मी
६. सशस्त्र प्रहरी बलबाट ४५ जना सुरक्षाकर्मी र आवश्यकताअनुसार इन्धन

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा
१. इन्धन सुविधा मासिक २०० लिटर डिजेल
२. सुरक्षा -पछुवा गाडीको लागि १०० लिटर डिजेल र १ लिटर मोबिल मासिक उपलब्ध गराइएको
३. सुरक्षा -पछुवाका लागि पिकअप नं. ७५१४ -गृह मन्त्रालयको
४. सरकारी साधन चमेलिया जलविद्युत् आयोजनाको बा.६च. को प्राडो जीप
५. सवारी चालक - १ जना
६. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
७. सशस्त्र प्रहरी बल - २० जना सुरक्षाकर्मी

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द
१. इन्धन सुविधा मासिक २०० लिटर डिजेल
२. ९१४५ नं. को सवारी साधन युवा तथा खेलकुद मन्त्रालयबाट उपलब्ध गराइएको
३. सवारी चालक - १ जना
४. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
५. सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी
६. टाटा टेल्को गाडी -सशस्त्र प्रहरी बलबाट)

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा
१. सुरक्षामा खटिएका पछुवाका लागि इन्धन सुविधा मासिक १०० लिटर डिजेल र १ लिटर मोबिल उपलब्ध गराइएको
२. नं. १६०२ को ने.वि.प्रा. को सवारी साधन प्रयोगमा रहेको
३. सुरक्षा -पछुवाको लागि पिकअप नं. ७३६८ -गृह मन्त्रालयको
४. मासिक इन्धन २०० लि. डिजेल उपलब्ध गराइएको
५. सवारी चालक - १ जना
६. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
७. सशस्त्र प्रहरी बल - १४ जना सुरक्षाकर्मी

पूर्वप्रधानमन्त्री मरिचमान सिंह
१. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम
१. मासिक इन्धन २०० लिटर डिजेल
२. बा.१झ. ५५२१ को कार
३. बा.१झ. ८२५६ नं. को माज्दा गाडी सुरक्षा -पछुवाको लागि -सशस्त्र प्रहरी बलबाट र आवश्यकताअनुसार इन्धन
४. सवारी चालक - १ जना
५. नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी
६. सशस्त्र प्रहरी बल - १४ जना सुरक्षाकर्मी

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री के.पी. शर्मा ओली
१. बा.१झ. ६५१९ को पिकअप सुरक्षा र -पछुवाका लागि -सशस्त्र प्रहरी बलको
२. बा.५च. ४७१८ नं. को प्याट्रोल निसान जीप
३. सवारी चालक - १ जना
४. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
५. सशस्त्र प्रहरी बल - १७ जना सुरक्षाकर्मी र उनीहरूका लागि इन्धन

पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला
१. नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी

पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरा
१. सशस्त्र प्रहरी बल - १० जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का
१. बा.७च. ७३०४ नं. को सवारी साधन -भौतिक योजना तथा निर्माण मन्त्रालयको
२. सवारी चालक - १ जना
३. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
४. सशस्त्र प्रहरी बल - १३ जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला
१. मासिक इन्धन २०० लिटर डिजेल
२. २९९४ नं. को जीप -भौतिक योजना तथा निर्माण मन्त्रालयको)
३. सवारी चालक १ जना
४. नेपाली प्रहरी - ३ जना सुरक्षाकर्मी
५. सशस्त्र प्रहरी बल - १० जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री भीमबहादुर रावल
१. इन्धन सुविधा मासिक २०० लिटर डिजेल
२. बा.१झ. ५५५५ नं. को पजेरो जीप र सवारी चालक १ जना
३. नेपाल प्रहरी - ६ जना सुरक्षाकर्मी
४. सशस्त्र प्रहरी बल - १५ जना सुरक्षाकर्मी र आवश्यकता अनुसार इन्धन
५. टाटा टेल्को -सशस्त्र प्रहरी बलबाट

पूर्वगृहमन्त्री खुमबहादुर खड्का
१. नेपाल प्रहरी - ४ जना सुरक्षाकर्मी
२. सशस्त्र प्रहरी बल - ८ जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री बुद्धिमान तामाङ
१. नेपाल प्रहरी - १ जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री निरन्जन थापा
१. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री कमल थापा
१. नेपाल प्रहरी - ३ जना सुरक्षाकर्मी

पूर्वगृहमन्त्री दानबहादुर शाही
१. नेपाल प्रहरी - १ सुरक्षाकर्मी

पूर्वगृहमन्त्री गोविन्दराज जोशी
१. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी
२. सशस्त्र प्रहरी बल - ७ जना सुरक्षाकर्मी

पूर्वअर्थमन्त्री रामशरण महत
१. सशस्त्र प्रहरी बल - १ जना सुरक्षाकर्मी

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
१. सशस्त्र प्रहरी बल - १ जना सुरक्षाकर्मी

पूर्वऊर्जामन्त्री प्रकाशशरण महत
१. सशस्त्र प्रहरी बल - ३ जना सुरक्षाकर्मी

पूर्वमुख्यसचिव लोकमानसिंह कार्की
१. नेपाल प्रहरी - २ जना सुरक्षाकर्मी

पूर्व रा.अ.वि. प्रमुख देवीराम शर्मा
१. सशस्त्र प्रहरी बल - ५ सुरक्षाकर्मी

पूर्व स.प्र.म.नि. वासुदेव वली
१. सशस्त्र प्रहरी- ५ जना सुरक्षाकर्मी
२. टाटा सुमो - १ थान

पूर्व स.प्र.म.नि. सनतकुमार बस्नेत
१. सशस्त्र प्रहरी- ७ जना सुरक्षाकर्मी
२. टाटा सुमो - १ थान

पूर्व स.प्र.म.नि. किशोरकुमार लामा
१. सशस्त्र प्रहरी- ७ जना सुरक्षाकर्मी
२. टाटा सुमो - १ थान
मारमा पर्नु भएको भए मिलाउँनुहोस् है नेताज्यु । यो बहाना सर्वोच्चले टालेर के भो र ? यस्ता बहाना त कति फुर्छन् फुर्छन् । आखिर तपाई जस्ता महान् नेताको दिमाग पो हो त ।


1 comments:

Binod Gajmer said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

great article, our leader should be read it.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।