जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
Showing posts with label व्यंग्य. Show all posts
Showing posts with label व्यंग्य. Show all posts

दिमाग 'साईड'मा राखेर पढौं श्रीस्वस्थानीको कथा

-बिष्णु गौतम-
परापूर्व कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले महावदेव पति पाउँ भनि ब्रत बसेर महादेव नै पति पाएकाले सोही सिको गर्दै त्यसरी नै हिन्दु महिलाहरु श्रीस्वस्थानीको व्रत बस्ने गर्छन् । आज देखि एक महिने श्रीस्वस्थानी सुरु भएको छ । हिन्दुहरुका हजारौं चाडपर्वहरुमा यो सबैभन्दा लामो पर्व मानिन्छ । यसमा महिलाहरु बिहानै नुवाईधुवाई गरेर एक छाक मात्र खाई बिहान बेलुका दुई पटक श्रीस्वस्थानीको कथा सुन्ने र सुनाउँने गर्छन् । यो क्रम पौष शुक्ल पूर्णीमा देखि माघ शुक्ल पूर्णीमासम्म चल्ने गर्छ ।

यो त भयो हामी सबैले बुझी आएको श्रीस्वस्थानी पर्वको परिचय र व्रतका बारेमा जानकारी । म सानै रहदा देखि नै मेरो घरमा हजुरआमा, आमा, भाउजु अनि दिदीहरु यसरी नै श्रीस्वस्थानीको व्रत बस्थे । दिनमा दुई पटक कथा पढ्थे । प्रसाद र मिठो पञ्चामृतको लोभमा म पनि सँधै सँगै । मेरो उमेर बढ्दै गयो । सबैजना उसैगरि व्रत बस्न थाले । उही किताब, उही कथा घरिघरि लाजमान्दै, घरिघरि हासो छोड्दै अनि घरिघरि निराश हुँदै बर्षैपिच्छे पढिन थाल्यो ।

आज पनि आमा, भाउजु र दिदीहरु उस्तै रोमाञ्चमा कथाहरु पढ्न थाले । तर सदा झै मेरो मनमा श्रीस्वस्थानीका कथाले प्रश्नहरु उब्जाउँछन् । समाजशास्त्रमा स्नातकोत्तर सकेकी मेरी दिदी र अर्थशास्त्रमा स्नातकसम्म पढेकी मेरी भाउजुले रोमाञ्चक भई कथा पढेको देखेर छक्क लाग्छ । यीनीहरुले कथा पढ्दा किन केही सोच्दैनन् ? दिदीलाई सोधे दिदीले भन्नुभयो, दिमाग साईडमा राखेर पढ्ने हो श्रीस्वस्थानी, मज्जा हुन्छ । हो पनि यस्ता हावादारी प्रसंगहरु छन् कि कथामा दिमाग प्रयोग गर्न थाल्यो भने बहुलाउँन बेर छैन । मलाई त लाग्छ, यस्तै हावादारी कथाहरुमा प्रश्न नउभ्याउँने र देउता हुन् सकिहाल्छन् नि भन्ने सोचेर नै हामीले विज्ञानमा हुने प्रगतिलाई रोक्यौं । अब तपाई नै भन्नुस् न, यस्ता हावा कथा बर्षैपिच्छे पढेर बस्नेले केही विज्ञानमा उन्नती गर्लान् भनेर सोच्ने ठाउँ नै कहाँ रहन्छ र ? श्रीस्वस्थानी कथाका हावादारी प्रसंगका केही उदाहरणहरु हेरौं न ।

धन्य नेताज्यु ! गाडी फिर्ता गरेर ठुलै त्याग गर्नु भो

तपाई हाम्रा नेता । ठ्याक्कै तपाई नै मन परेर, तपाई त्यति चित्त नबुझे पनि आफ्नै पार्टीको मान्छे भनेर अनि अरु तपाई जत्तिका पनि गतिला नभएर तपाईलाई चुनावमा भोट दिईयो । तपाईले जित्नु भो । सभासद बन्नु भो । अहिले पालो फेरि फेरि पदमा बस्नु भएको छ । हुन त यो नेपालको अनौठो लोकतन्त्रमा हाम्रो भोटको त के नै अर्थ भो र ? हामीले जिताएका र हामीले हराएकाहरु एकै ठाउँमा बसेर अहिले हाम्रै दोहोलो काडिरहुन भएको छ । हाम्रा सपना, चाहना र विश्वासमाथि त तपाईले पहिले नै बलात्कार गर्नु भएकै हो ।

हुन त चुनाव, हारजित, संविधानका धारा, लोकतन्त्र, अग्रगमन यी सारा भनेको त सबै तपाई नै त हुनुहुँदो रहेछ । देउता पनि ब्रम्हा, बिष्णु र महेश्वर भएर आ आफ्ना काम गर्छन् रे । तपाई त स्वयम् ब्रम्हा, बिष्णु अनि महेश्वर । यस्ता ठुला तपाईले सर्वोच्चले भनेको मानेर खाई पाई लाई ओछ्याई गरेको सुविधा फर्काउँनु भो रे, मैले पत्रपत्रिकामा ठुला ठुला अक्षरमा देखेको थिएँ । तपाई जस्ता ठुला मान्छेले गरेको यति ठुलो त्यागलाई पत्रिकाहरुले किन त्यत्रा ठुलामात्र अक्षरमा लेखे ? अक्षर अझै ठुला बनाउँने मिल्दैन रहेछ भनेर मैले नसोचेको पनि होइन । तर हामी जाबा जस्ताका सोचले हुन्छ नै के र ? त्यही पनि सोचिदो रहेछ । माफ पाउँ नेताज्यु ।

उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ

-लक्ष्मण गाम्नागे-
खोपडीभित्रको गिदी गिद्धहरूलाई चढाएर
पुटुक्क परेको ज्यान कुर्सीमाथि लडाएर
हाम्रा माननीय सभासद्हरू
सम्विधान बनाउन छटपटाइ रहनुभएको छ
उडौंला उडौंला जस्तो गरेर
ब्रोइलर पखेटा फट्फटाइ रहनुभएको छ
खबरदार साथीहरू हो हल्ला नगरौं !
उहाँहरू केही न केही गरेको गर्‍यै हुनुहुन्छ
पिँधमा प्वाल परेको घ्याम्पो भरेको भर्‍यै हुनुहुन्छ
तलवभत्ताको भर्पाइमा नियमित हस्ताक्षर जनाउँदै हुनुहुन्छ
उहाँहरू सम्विधान बनाउँदै हुनुहुन्छ ।

नेपालमा यत्तिका छन्, लोकतन्त्र र विकासका नमुना

-अर्पण खरेल, झापा-
भारतका लोकप्रिय नेता जवाहरलाल नेहरुलाई एक सज्जनले आक्रोशित शैलीमा सोधे, तिम्रो लोकतन्त्रले के दियो ? उत्तरमा उनले भनेका थिए, एउटा देशको शीर्ष नेतालाई यसरी प्रश्न गर्ने अधिकार तपाईलाई कसले दियो ? त्यस घटनाको स्मरण गर्दा देशमा लोकतन्त्रको आभास हुन सकेन भनेर हामीले मुर्मुरिनु व्यर्थ छ ।
धर्म निरपेक्ष भएपनि अधिकांश जनता हिन्दु रहेको यस देशमा गीताको सही अनुसरण गरिरहेका देशका अगुवालाई आचारहिन, कर्तव्यविमुख भन्दै गाली गर्न हामी अभ्यस्त भइसक्यौं । यसै ग्रन्थलाई एकपल्ट पल्टाएर नियालने हो भने खोट हामी जनतामा पनि देखिन्छ ।

पहिले ग्यास्ट्रिक अहिले लव्यास्टिक


- मोदनाथ अधिकारी-
रोगका प्रकार नै धेरै । अझ एउटै रोगको लक्षण त कति कति । नेपालीको साझा रोग रे ग्यास्ट्रिक । यो साझा रोग किन भनेको भने साझा यातायातजस्तै कहिले चल्ने कहिले बन्द हुने भएर होला । यो एउटा अनुमान हो मेरो । ठ्याक्कै भन्न त न मसँग डक्टरको डिग्री छ न साधारण एएन्एम् नै । न धामीको ड्याङ्ग्रो छ न वैद्यको बुटी नै ।

साझा रोगको कुरा गर्दा ग्यास्ट्रिकसँग अर्को एउटा साझा रोगको पनि उदय भएको पाएँ मैले त्यो हो लव्यास्टिक । यो रोगको लक्षण पत्ता लगाउन सामान्यदेखि मान्यसम्मलाई गाह्रो छैन । क्या सजिलो यसको लक्षण पत्ता लगाउन । न नाडीको पल्स छाम्नु पर्ने न अरु क्यै । यो मनको कुरा त्यो मनले बुझे त्यै हो लभ । त्यस्तै रोगलाई नाम दिएको छु मैले लव्यास्टिक ।

पाँचतारेबाट प्यारा जनतालाई चिठ्ठी


दिनाकं : २०६८/०३/०१
बाबु,
तिमीले स्विकारे बमोजिम तिमी पुछारमा अनि म सत्ताको शिखरमा वा वरिपरि रहेकोले हैसियत अनुसार बाबु भनेर सम्बोधन गरेको छु । भन्नलाई त फुच्चे भन्न मन लागेको थियो । तर कुनै कुनै एफएमहरु सानालाई फुच्चे नभन्नु भनेर मानिसहरु उचालेको उचालै छन्, यसैले 'रिस्क' लिन मन लागेन । अतः बाबु भन्दैछु ।

बाबु ! म कति उत्तरदायी छु भन्ने त तिम्रो पत्रको जवाफ आएको देखेरै थाहा पाइसक्यौ होला । अहिले हामी राजधानीको पाँचतारे होटलमा देशका बारेमा गम्भिर छलफलमा व्यस्त छौ । वेटरले अलिकति ढिलो गर्नाले बेलाबेला छलफलमा अबरोध आएपनि अरु अबरोध केहि छैन । यस्तो गम्भिर परिस्थितीमा पनि म तिमीलाई पत्र लेख्दैछु । मज्जाले पत्र पढ्नु । देशको बारेमा नसोच्नु । हामी पाँचतारेमा बसेर चिल्ला गाडीमा दौडिएर सोचेका साचै छौ । तिमी भोको पेटले सोचेर केहि हुदैन ।

पिसाबले च्याप्यो, लौन !

-हरिहर शर्मा-
‘आँखा चिम्लेर लुतो कन्याउन मजा कि च्यापेको बेला पिसाब फेर्न ?!’, राजधानीको एक ऐतिहासिक भनिने कलेजको ट्वाइलेटमा विद्यार्थीबीच बहस भइरहेको थियो । पिसाब फेर्दाको छोटो समयमा केटाहरुले लामो बहस गर्न भ्याए । ‘लुतो कन्याइसकेपछि पोल्छ’, तर्कपूर्ण मत आयो, ‘सामान्य अवस्थामा पिसाब फेरिसकेपछि पोल्दैन ।’ निष्कर्ष निस्कियो, ‘त्यसैले पिसाब फेर्नमै मजा !’ निस्कर्ष सर्वसम्मत बनाउन केटाहरु दिल खोलेर हाँसे, पिसाब फेरेपछि साँच्चिकै ‘आराम’ हुने तथ्य पुष्टि गर्दै । उनीहरुको उन्मुक्त र छरपष्ट हाँसोले ट्वाइलेटको दूर्गन्ध अरु बिथोलियो !

पत्रिकामा आ'को, राष्ट्रपतिले भजन गा'को, लास्टमा सबै मुर्गा भा'को

"अब कान्तिपुरले नै छापिसकेपछि गर्नु प्रशंसा गरियो नि । साला ! मुर्गा पो भइएछ ।" चियापसलमा यस्तै गफ हुँदै थिए । उनी थिइन्, अनुजा बानियाँ । अघिल्लो दिनसम्म कतै नसुनिएको नाम भोलीपल्ट देखि यसरी सुनियो कि अब बिर्षन नै अफ्ठ्यारो छ । त्यतीखेर प्रशंसा गरे पनि अहिले ऐना हेर्दा लाज भए जस्तो लाग्न थालेको छ । हुन पनि हामी कति हतारिएका । हो/होइन मतलब छैन । सुरु गरियो भजन गाउँन । हुन त पत्रिकामा आ'को राष्ट्रपतिसम्मले भजन गा'को अनि हामी के नहतारिनु । बाटामा भेटिएको खाली कागजमा पनि झण्डै लेखियो नि, 'धन्य अनुजा' भनेर । लौ हामी त यस्तै भयौं । त्यो कान्तिपुरलाई र राष्ट्रपतिलाई के भाको । अझ अचम्म त त्यतिबेला पो लाग्यो जब

गर्मीमा पग्लिँदा वैँशहरु

-हरिहर शर्मा-

वैँशको उकालो चढ्दै गएका युवतीहरुलाई चैतमासमा पोइल जाऊँ–जाऊँ लाग्छ रे । यो भनाइले केटीहरुलाई मात्र छुँदैन । केटी पोइल जानु वा केटी केटासँग भाग्नु/लाग्नु भनेको केटाले केटीलाई भगाउनु पनि हो । अर्थात् चैतमासको फुङरुङ्ग र उखरमाउलो परिवेशमा वैँशको रन्को केटीहरुलाई मात्र चढ्दैन, केटाहरुलाई पनि चढ्छ । काठमाडौँका सडकमा यो चैतमासको वाफमा वैँशका प्रदर्शनी भइरहेका छन् । कुनै औपचारिक समारोह छैन, न औपचारिक निम्तो नै । न समयको पावन्दी छ, न दृश्यावलोकनमा रोकतोक नै । तातो छल्न भन्दै केटीहरु कपडाको साइज घटाउँदै छन्, यता विचरा केटाहरु दोहोरो तापको मारमा छन्–प्रकृतिको खुला तातो र वैँशको बन्द तातो !