-डा. मतिप्रसाद ढकाल-
केही बर्षअघि एसएलसीको अनिवार्य नेपाली बिषयको परिक्षामा प्रकृति प्रत्यय छुट्याउँन भवितव्य शब्द सोधिएको रहेछ । जसको उत्तरपुस्तिका परिक्षण गर्ने समयमा संस्कृतमा स्नातक गरेर बर्षौदेखि नेपाली पढाइरहेका शिक्षक पनि द्धिविधामा परेर मलाई सोधेका थिए । संस्कृत व्याकरणमा शास्त्री (स्नातक) गर्दै गरेका एकजना विद्यार्थी भाईले अस्ति भर्खरै अनिवार्य नेपाली बिषयमा सोधिएको 'गरिमा' शब्दको प्रकृति प्रत्यय मैले 'गर्+इमा' लेखिदिएँ भनेर मलाई सुनाए ।
जब संस्कृत पढेका नेपाली परिक्षक नै 'भू+तव्य' लाई शुद्ध मान्नुपर्नेमा 'भू+इतव्य' हो कि भनेर 'भवितव्य'मा पर्छन् । र, संस्कृतका विद्यार्थीले नै नेपालीमा 'गुरु+इमा' लेख्नुपर्नेमा 'गर+इमा' लेखेर परिक्षामा उत्तरको 'गरिमा' राख्न सक्दैनन् भने संस्कृत नपढेका र नामै नसुनेका नेपाली बिषयका परिक्षक र परिक्षार्थीहरुले अनिवार्य नेपालीमा सोध्ने गरिएका संस्कृतमुलका शब्दका निर्माणप्रक्रियासँग सम्बद्ध प्रश्नहरुको उत्तरलेखन र परिक्षणमा कस्तो समस्या भोगिरहेका होलान् ? विचारणीय छ ।
आधारपद अर्थात प्रकृति र प्रत्यय छुट्याउँनका लागि एसएलसीको बार्षिक परिक्षामा 'सौन्दर्य' (सू.प., २०६६), 'कर्तव्य' (प्याब्सन, २०६७) र 'आतिथ्य' (एन प्याब्सन, २०६७) शब्द, एघार कक्षाको बार्षिक परिक्षामा 'पाठक', 'प्राश्निक' (२०६१), 'प्राज्ञिक' (२०६२), 'कर्ता', 'पाक्षिक' (२०६४), 'गन्तव्य' (२०६५), 'बाहल्य' (२०६६) र 'मौलिक' (२०६७) शब्द तथा त्रिविको स्नातक प्रथम बर्षको बार्षिक परिक्षामा 'दर्शनीय', 'वक्तव्य', 'सौन्दर्य' (२०६६), 'आधुनिक' र 'प्रतिष्ठापित' (२०६७) जस्ता शब्दहरु सोधिएको पाइन्छ ।
'कृ', 'पठ' जस्ता धातुहरु कसरी 'कर्', 'पाठ्' आदिमा बदलिए । तथा, 'सुन्दर', 'अतिथि' आदि प्रातिपदिकहरु कसरी 'सौन्दर्', 'अतिथ्' आदिमा परिवर्तन भए ? भन्ने कारण पत्ता लगाउँने गरी वैज्ञानिक किसिमले पढ्न नपाउँने विद्यार्थीहरुले माथिका शब्दहरुको प्रकृति पत्ता लगाउँन सक्दैनन् । र, उनीहरुको उत्तर गलत हुनु सामान्य हुन्छ ।
संस्कृतमुलका शब्दहरुको निर्माणपक्रिया वैज्ञानिक किसिमले पढ्नुपर्छ र जान्नुपर्छ भन्ने सम्बद्ध पाठ्यपुस्तकमा किटान नगरिएका कारण गुरुहरुले पढाउँन र विद्यार्थीहरुले पढ्नु चै नपर्ने तर प्राश्निकहरुले त्यस्ता किसिमका प्रश्नहरु भने सोध्न पाइने वेथितिले गर्दा अनिवार्य नेपाली बिषयका परिक्षक र परिक्षार्थीहरु दुबैलाई मर्का परिरहेको छ । तर, यस्तो भइरहेछ भनेर विज्ञहरुले भन्ने कहाँ र जवाफ दिने कस्ले ?

1 comments:
विभिन्न राजनीतिक कुराहरुले भाषा बिग्रन लागेको छ । नेपालीको मातृभाषा संस्कृत हो । संस्कृत अनिवार्य बनाउँनु पर्ने हो । तर खै ।
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।