जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
Showing posts with label पाहुनाको पालो. Show all posts
Showing posts with label पाहुनाको पालो. Show all posts

अमेरिकामा ‘लुट–२’

-हरिहर शर्मा-


नेपालमा ‘लुट–२’ बनिसकेको छैन । तर मलाई ‘लुट–२’ हेरेजस्तो लाग्यो, जब मैले अमेरिकामा आफ्नो नेपाली सिनेमा ‘लुट’ हेर्न पाएँ । पर्दामा बगेका ‘लुट’का दृष्यहरु त उस्तै थिए । तर मैले जसरी र जुन वातावरणमा सिनेमा हेर्ने मौका पाएँ, मलाई ‘लुट’ भन्दा ‘लुट–२’ बढी सुन्दर लाग्यो । ऋचा शर्माको छोटो दृष्य अरु मीठो लाग्यो । सौगात मल्लको कलाले फेरि एकपटक सन्तुष्ट बनायो । पहिले ‘लुट’ हेर्दा समात्न नपाइएका दृष्यहरु अहिले ‘लुट–२’ हेर्दा मजाले छुन पाइयो । नेपालमा ‘लुट’ हेर्दा खड्किएका केही दृष्य अमेरिकामा ‘लुट–२’ हेर्दा उति खड्किएनन् । फेरि पनि अपेक्षा भइरह्यो, नेपाली सिनेमा सुधारको । आशा जागिरह्यो, नेपालमा बनेका स्तरीय सिनेमा यसैगरी हेर्न पाइयोस् ।

अबको जेठ १४ एक्लै जाँदैन

-गोकर्ण अधिकारी-
पटक पटक संविधान निर्माणको कार्यतालिका बनाएका मुख्य दलहरुले आजसम्म चुनावपछि एउटै बिषय समयमा पुरा गरेका छैनन् । संविधान निर्माणका बिषयमा दलहरुबीच भिन्न मत त छदैछ एउटै पार्टीमा समेत फरक फरक विचार हुँदा दलहरुबीच सहमतिको प्रयास हुने समयभन्दा पार्टीभित्रै विवाद सुल्झाउँन दलहरुले बढी समय खर्च गरेको देखिन्छ । तर हाम्रो दुर्भाग्य अनि दलहरुको गैरजिम्मेवारी कि उनीहरु कुनै पनि हालतमा आफ्नो गल्ति मान्दैनन् ।

भातृसंस्थाको विगठनको फन्दामा फसेको कांग्रेस आठ महिनाभन्दा बढी एउटै बिषयमा अल्झियो जसका कारण उसले पार्टीको कारण संविधान निर्माणमा कतै कँही असर नपारेको दाबी गरे पनि संविधान निर्माण र शान्ति प्रक्रियाका सन्दर्भमा कांग्रेसले ठोस धारणा बाहिर ल्याउँन सकेन । यसले गर्दा शान्ति प्रक्रिया उसले माग गरे अनुसार उसकै कारण अघि बढ्न सकेन ।

पासवर्डका गुजुल्टाहरु

-हरिहर शर्मा-
विज्ञानप्रविधिको चमत्कारिक आविष्कारले संसार सानो गाउँको रुपमा परिणत हुँदैछ । सहजतातिर उन्मुख मानवीय प्रवृत्तिले जीवन र दिनचर्याहरु मेशिनीकृत हुँदैछन् । प्रविधिका विविध उपलब्धि र उपहारलाई सगौरव ग्रहण गरिँदै छ । प्रविधिका स्वरुपहरु आईटी (इन्फरमेसन टेक्नोलोजी) र आईसिटी (इन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नालोजी) हुँदै आईस (इन्फरमेसन–कम्युनिकेसन–इन्टरटेन्मेण्ट) सम्म आइपुगेको अवस्थामा सुरक्षाकवचको रुपमा आएको पासओर्ड प्रणाली हाम्रा लागि प्रविधिको निर्विकल्प अवयव भइसकेको छ ।

सुन्दरताको पोष्टमार्टम

-हरिहर शर्मा-
‘बाहिरी सुन्दरता पनि के सुन्दरता, भित्री सुन्दरता पो सुन्दरता’, यसप्रकार जतिसुकै आदर्श छाँटेपनि बाहिरी सुन्दरतामा जो कोही मोहित हुने गर्छ । भित्री मन बुझ्ने काम दोस्रो प्राथमिकतामा पर्छ । यो बाध्यता पनि हो । किनकि भित्री मन बुझ्नु बाहिरी सुन्दरता हेर्नुजति सहज र सुलभ छैन । नजरमा आउने हरेकको क्षणभरमै आन्तरिक मोहक जाँच्ने काम गर्न गाह्रो छ । त्यसैले होला, आँखाले जे देख्यो बाहिरी पुष्टता, मनले त्यसै अनुसार परीक्षण गर्छ र दोस्रो पक्षमा आकर्षणको न्यूनतम खुराक विद्यमान रहे नरहेको मूल्याङ्कन गर्छ ।

सुन्दरताप्रतिको यस्तै मानवीय सोचाइ बुझेर होला, आफूलाई सजाएर राख्न कसैले कुनै कसर बाँकी राख्दैनन् । यस्तो बुझाइ जन्मिएपछि बच्चाले सास फेर्न जानेजत्तिकै स्वचालित छ । यो कुरा वेग्लै हो, सजिने होडमा कहिले कोही अगाडि रहन्छन् भने कहिले कोही पछाडि । यो एउटा पाटो भयो भने अर्कोतिर, सुन्दरता दृष्टिकोणमा निर्भर रहने सापेक्ष विषय हो । एकले गरेको लचकताको विश्लेषण अर्काका लागि अरुचिकर भद्दा बयान हुनसक्छ । कोही त्यही एउटैमा समाहित हुन चाहलान्, जहाँ बाँकी कसैको ध्यानसम्म गएको हुँदैन ।

पढ्न, पढाउँन चै नपाउँने तर उत्तर चै दिनै पर्ने ?

-डा. मतिप्रसाद ढकाल-
केही बर्षअघि एसएलसीको अनिवार्य नेपाली बिषयको परिक्षामा प्रकृति प्रत्यय छुट्याउँन भवितव्य शब्द सोधिएको रहेछ । जसको उत्तरपुस्तिका परिक्षण गर्ने समयमा संस्कृतमा स्नातक गरेर बर्षौदेखि नेपाली पढाइरहेका शिक्षक पनि द्धिविधामा परेर मलाई सोधेका थिए । संस्कृत व्याकरणमा शास्त्री (स्नातक) गर्दै गरेका एकजना विद्यार्थी भाईले अस्ति भर्खरै अनिवार्य नेपाली बिषयमा सोधिएको 'गरिमा' शब्दको प्रकृति प्रत्यय मैले 'गर्+इमा' लेखिदिएँ भनेर मलाई सुनाए ।

जब संस्कृत पढेका नेपाली परिक्षक नै 'भू+तव्य' लाई शुद्ध मान्नुपर्नेमा 'भू+इतव्य' हो कि भनेर 'भवितव्य'मा पर्छन् । र, संस्कृतका विद्यार्थीले नै नेपालीमा 'गुरु+इमा' लेख्नुपर्नेमा 'गर+इमा' लेखेर परिक्षामा उत्तरको 'गरिमा' राख्न सक्दैनन् भने संस्कृत नपढेका र नामै नसुनेका नेपाली बिषयका परिक्षक र परिक्षार्थीहरुले अनिवार्य नेपालीमा सोध्ने गरिएका संस्कृतमुलका शब्दका निर्माणप्रक्रियासँग सम्बद्ध प्रश्नहरुको उत्तरलेखन र परिक्षणमा कस्तो समस्या भोगिरहेका होलान् ? विचारणीय छ ।

बहस राज्य पुनर्सँरचनाको

-हरिहर शर्मा-
नेपालमा सङ्घीय बहस टुप्पोबाट थालनी भएको र केही व्यक्तिको सहमतिमा संविधान संशोधनमार्फत् सङ्घीयता प्रत्याभूत भएको इतिहास पछाडि छाड्दै सङ्घीय राज्य निर्माणतर्फको यात्रामा धेरै अगाडि पुगिएको स्थिति छ । सरकारले राज्य पुनर्सँरचना आयोग गठन गरिसकेको छ । त्यसअघि विशेषज्ञ समिति बनाउने प्रयास असफल भएको थियो । विशेषज्ञ समिति बन्न नदिइनुका दुई कारण थिए । एक, विशेषज्ञ समितिले दिने पुनर्सँरचना सुझाव वैज्ञानिक र वस्तुगत हुन सक्थ्यो, जो आफ्नै जाति/वर्गका लागि राज्य ‘मागिरहेकाहरु’लाई स्वीकार्य हुने कुरो भएन । दोस्रो, चारबुँदे हुँदै सातबुँदेको जगमा बनेको सरकारलाई असफल पार्ने प्रयास हुँदो हो ।

सातबुँदेमा उल्लेख भएअनुसार सरकारले विशेषज्ञ समिति बनाएको भए ‘विशेषज्ञता’को उपहास हुने रहेछ ! किनकि सत्ताधारी दलको नियत र आपसी अविश्वास राज्य पुनर्सँरचना आयोग गठनमा देखिएको छ । जहाँ सदस्यको सिफारिस स्वतन्त्र तवरले हुन सकेन । संयोजक बनाउने मामलामा त नाटकै भयो । जसका कारण गठन हुनुसँगै आयोगको प्रभावकारितामा प्रश्न उठेको छ । निधारमा दलको टीका लगाएका सदस्यले स्वतन्त्र र वस्तुगत सुझाव दिने सम्भावना नगण्य छ । आयोगले राज्य पुनर्सँरचना समितिको सिफारिसलाई आधार मान्नुपर्ने भनिएकाले यो आयोग सङ्क्रमणकालबाट ध्यान विकेन्द्रित गर्नमात्र बनाइएको जस्तो लाग्छ ।

म यसकारण जान्न क्रिकेट हेर्न मैदानमा

-सलोनी बिष्ट-
क्रिकेट मलाई मन पर्छ । परिवारमा मेरो क्रिकेट प्रेमलाई अनौठो मान्दछन् । डेडीले समाचार हेर्न रिमोट मागिरहदा होस् या ममीले स्टारप्लस या सोनीका सिरियलहरु हेर्ने भन्दै च्यानल चेञ्ज गर्न कराईरहेका बेला, म क्रिकेट हेरिरहेकी हुन्छु । धेरैले भनेको सुन्छु, केटी मान्छे भएर के सारो क्रिकेट भनेर मरिहत्ते गरेकी ? तर मलाई यस्ता कुराले छुँदै छुदैन । म कसैको कुरा नसुनी क्रिकेट हेर्छु । अरु विस्तारै मेरो जिद्दीपनासँग आदी बन्दैछन्, म क्रिकेट प्रति थप क्रेजी बन्दैछु ।

क्रिकेटमा यति विघ्न क्रेजी भएपनि मैले क्रिकेट खेलिरहेको मैदानमा नै गएर भने कहिले पनि क्रिकेट हेरेको थिइन । टिभीको लाइभ हेर्दा प्रत्येक बलमा चिच्याईरहेका दर्शकले मलाई तान्ने गथ्र्यो । टिभीमा क्यामेराले देखाए भन्दा अरु तिर पनि आफ्नै आँखाले हेर्न लोभ मनमा रहिरहन्थ्यो । यो सबै कुराको अनुभव गर्ने मौका मिल्यो यसपालीको एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटमा ।

विभिन्न कारणले अगाडीका खेलहरु टिभीमा नै हेर्न बाध्य भएँ । तर सबै कुरालाई पन्छाउँदै पहिलो पटक मैदानमा पुगेँ नेपाल र कुवेतको खेल हेर्न । तर त्यसबेला मेरो सबै रहरहरु खल्लो भए जब म मैदानमा पुगेँ अनि देखेँ आफ्नै आँखाले क्यामेराले नदेखाएको मैदानको कालो पक्ष । त्यही बेला सोचेँ अब म फेरि कहिले पनि क्रिकेट हेर्न भनेर जान्न क्रिकेट मैदानमा । म अब पुनः क्रिकेट हेर्न मैदानमा नजानुको कारण यस्ता छन्

नेता हो ! क्रिकेट हेर

-हरिहर शर्मा-
क्रिकेट अनिश्चिततायुक्त खेल हो, अन्तिम बलसम्म यसको अनिश्चितता रहिरहन्छ । हाम्रो संविधान निर्माण अभ्यास क्रिकेटको अनिश्चितताभन्दा कम अनिश्चित छैन । मंसीर १४ आइ नै सक्यो, संविधान लेख्ने काम भएकै छैन । संविधानसभाको म्याद थप्ने सिलसिला भने ‘सगौरव’ जारी छ ।

क्रिकेट लोकप्रियमध्येको एक खेल हो । क्रिकेटको एउटै टेष्ट म्याच सकिन पाँच दिन लाग्छ, तथापि दर्शकको उत्सुकता र मनोरञ्जन सुस्त हुँदैन । यति हुँदाहुँदै कतिपयले क्रिकेटलाई मूर्खले खेल्ने र महामूर्खले हेर्ने खेल भन्छन् । क्रिकेट सम्बन्धित यो भनाइ सही होला/नहोला, संविधान बनाउन संविधानसभामा आएका खेलाडी भने पक्कै मूर्ख हुन् । निर्धारित समयमा त सकेनन् नै, थप गरेको समयमा पनि उनीहरु संविधान बनाउन अक्षम भैसकेका छन्, खाली अक्षमताको औपचारिक घोषणा हुन मात्र बाँकी छ । यस्तोमा यस्ता मूर्ख नेताहरुले कतै संविधान बनाइहाल्छन् कि भनी विश्वास गर्ने हामी जनताहरु महामूर्ख बन्दै गएका छौँ ।

यस्तो तालले होला कृषी क्रान्ति !

-कीर्तिकुमार दुमी राई, खोटाङ-
हिउँदे बालीका रुपमा लिइने गहुँ छर्ने समयमा मल नपाएपछि महेन्द्रनगर कञ्चनपुरका किसानले दुई तीनसम्म मलकै लागि आन्दोलन गर्नुपर्‍यो । दिनभर सडक अबरुद्ध गरेर यातायातसेवा बन्द गर्दै खेतमै पत्रकार सम्मेलन गरेर आफ्नो सास्ती सबैको सामू देखाए । दुई दिन आन्दोलन गरेपछि मल पाउँने भएपनि सिद्धिने डरले रातभर मल पाउँन लाईन बस्न बाध्य भए । मल नपाउँने डरले रातभर जाग्राम बसेका सुकदेव राना लाईन बसेकै ठाउँमा बेहोस् भए । मल किन्न ल्याएको पैसा चिया, नास्तामा खर्च गरे । कति किसानका घरमा परिवारले पालैपालो लाईन बसे भने कति विद्यार्थी पढाई नै छाडेर लाईन बस्न गए । अर्को तर्फ मल वितरण गर्ने कृषी सामग्री केन्द्रमा भने राती भिड थाम्न नसक्ने डरले मल राखिएको गोदाममा चौबिसै घण्टा प्रहरीको सुरक्षा दिनु पर्‍यो रे । पुरा पढ्नुहोस्

यसरी हेरिन्छ साथी हो ! MLTR को कन्सर्ट

-प्रल्हाद अधिकारी-
बाँचिराख्नु पर्छ जे पनि देख्न पाईन्छ भन्थे बुढापाकाहरु, साँच्चै नै हो रहेछ । हाम्रो जस्तो कम आय भएका मानिसहरुको बाहुल्यता भएको मुलुकमा त्यती टाढाबाट गीत गाएर कमाउँन आउँनु आफैमा आश्चर्य हो । पहिले ब्रायन एडम्स नेपाल गीत गाउँन आउँछन् रे भनेको सुन्दा त विश्वासै थिएन । लाग्थ्यो, त्यस्ता हिट गायक, करोडौँ डलर कमाउँने, नेपाल आएर कति लग्नु र आउँनु । तर खुद ब्रायन एडम्स आएर गीत गाएर गए । मेरो केही लागेन । सपना झै मानेर पत्याएँ ।

मैले गाएको भाषा नबुझे पनि सुन्दै आएको अर्को ब्यान्ड एमएलटिआर पनि हिजैमात्र नेपाल आईसकेछ । त्यती ठुला गायकहरु नेपाल आउँनु त नेपालका लागि कति ठुलो कुरा हो भनिरहनु नपर्ला । हेर्नु नै भयो होला नि, ब्रायन एडम्स आउँदा पत्रपत्रिकामा के के लेखेका थिए । ब्रायन आए, 'अब संसारलाई नेपालले चिन्छ ।' 'पर्यटन बर्ष सफल हुने छाँट आयो ।' 'नेपाली संगीत उद्योगले नयाँ फड्को मार्‍यो ।' अब ब्रायन आएकै कारणले नेपाललाई संसारमा कतिले चिने ? पर्यटनबर्षको सफलता कस्तो भयो ? संगीत उद्योगले कति फड्को मार्‍यो ? यो त तिनै पत्रिकाले लेखाजोखा राखेका होलान् ।

मलाई भने यस्ता कुराको लेखाजोखा राख्नु छैन । मेरो लागि दुवै पाहुना बराबर । अस्तिको पाला ब्रायन एडम्स आउँदा त विशेष कारणले हेर्न पाईएन । यो पाला चै एमएलटिआरलाई हेर्न छुटाईदैन । मैले ब्रायनको कन्सर्ट नहेर्नु र एमएलटिआरको कन्सर्ट हेर्नुमा भने कारण यस्तो छ

‘पुराने जिन्स और गिटार...!’

-हरिहर शर्मा-

‘थ्याङ्क गड !’
एउटी युवती खुशीले उन्मुक्त हुँदै कराइन्, ‘एट लिस्ट फाइभ मिनेट जाम भइजाओस् ।’ बस प्याक थियो । दुईजना बस्ने सिटमा उनीसँगै बसेका अरु दुईजनाले उनको खुशीमा साथ दिए । तीनैजना प्लस–टु पढ्ने नौजवान थिए । जुन कुरा तिनको फर्मल ड्रेसले बताउँथ्यो । पुतलीसडकबाट कोटेश्वर जाने क्रममा बस वानेश्वरमा जाममा परेको थियो । साँझ छिप्पिदै गर्दा, हिउँदका छोटा दिन, सबैलाई घर पुग्न हतार थियो । बस जाममा पर्दा खुशी हुने र कम्तीमा पाँच मिनेट जाममा परियोस् भनी कामना गर्ने ती युवतीको भनाइले धेरैलाई अचम्मित बनायो होला ।

गौरवशाली दुस्साहस : ‘ट्रकसाहित्य’ सङ्कलित सिर्जनाहरु’

-अनिल पोख्रेल ‘अल्पविराम’-
अँग्रेजी साहित्यको विद्यार्थी हुँदादेखि साहित्यसँगको मेरो सानिध्यता प्राध्यापन क्षेत्रमा पाइला टेकेदेखि आजसम्म घनिष्टतर रहँदै आएको छ । प्राध्यापन क्षेत्रबाट बचेखुसेको समय म अनुवाद, लेखन, अध्ययन एवम् यदाकदा समालोचना र कृति समीक्षाको अभ्यासमा व्यतीत गरिरहेको हुन्छु । सिकाइको क्रम निरन्तर चलिरहेको छ । वास्तवमा जीवनको अविराम यात्रामा लागिरहँदा यो सिकाइ यौटा दैनन्दिन क्रियाकलापझैँ आफूसँगै निरन्तर चल्दोरहेछ र चलिरहेको पनि छ । विश्वविद्यालयीय अध्ययनबाट हासिल गरेका ज्ञानलाई प्रयोग गर्ने यस्ता अवसरहरुबाट म सकेसम्म पछाडि हट्न चाहेको छैन र निरन्तर भगिरथ प्रयासहरु जारी छन् ।


साहित्यको मूलधार भन्दा अलग एवम् पृथक कोटिको साहित्यिक कृति ‘ट्रकसाहित्य’ सङ्कलित सिर्जनाहरु’ मा समीक्षात्मक आलेख लेखिदिनुपर्ने हेतुले मलाई उक्त पुस्तक थमाइयो । सो पुस्तकमा छताछुल्ल पोखिएका सिर्जनात्मक हरफहरुमाथि समालोचकीय चस्मा लगाएर गहन अध्ययन गर्नुपर्ने जिम्मेवारीले चिमोटिरह्यो । पुस्तकको आवरण, भूमिका अनि पृष्ठभरि भरिएका सिर्जनाहरुले मनमस्तिष्क अनि नयनलाई चुम्बकले झैँ तानिरह्यो ।

बादशाहको नयाँ लुगा र 'कीरा परोस्' टिसर्टबिच भेद खुट्याउँन हम्मे नपरोस्

-प्रकाश बगाले-
भ्रष्टाचारविरोधी अभियान 'भ्रष्टाचारीलाई कीरा परोस्' को व्यापक आलोचना भएको छ तथापि यो एउटा नयाँ चरणमा पुगेको छ । यस चरणमा हुने खानेले किनमेल गर्ने काठमाण्डौको मलको एक पसलमा 'भ्रष्टाचारीलाई कीरा परोस्' लेखिएको टिसर्ट ३ सय ५० देखि ५ सय ५० सम्ममा (कृपया बार्गेनिङ नगर्नुहोला ।) किन्न पाईन्छ । अहिलेसम्म सेतो रङमा उपलब्ध टिसर्टहरु टिसर्टप्रेमीहरुको रोजाईअनुसारको रङमा पनि उपलब्ध हुन्छ रे । यस अभियानका अभियन्ता चाहान्छन् होला, दैनिक मजदुरी गर्नेले पनि ऋण खोजेर पनि उक्त टिसर्ट किनिदिउन् र यिनकै परिभाषामा अभियान सफल पारिदिउन् ।
सम्भवतः अबका केही हप्तापछि रत्नपार्कका सडकपेटीमा यो ट्रेडमार्क पोतिएका टिसर्ट सहजरुपमा उपलब्ध हुन्छन् । आखिर जति धेरैले टिसर्ट पहिरिन्छन्, अभियान त्यती सफल हुने न हो । अभियान सञ्चालनका लागि लाग्ने खर्चको जोहो त गर्नै पर्नै पर्‍यो नि ।

नारी सुन्दरताका सात आयाम

-हरिहर शर्मा-
नारीको सुन्दरता वा गुणलाई बत्तीस लक्षणसँग दाँज्ने चलन नेपाली हिन्दु समाजमा अद्यावधि छँदैछ । नारीका बत्तीस लक्षणभित्र दुईवटा (प्रवल-प्रभावशाली व्यक्तित्व तथा विष्णुको जस्तो दृढ स्वाभाव हुनु) बाहेक सबै शारीरिक सुन्दरताका विषय पर्छन् । जसले प्राचीनकालमा नारीलाई सौन्दर्यको प्रतिकका रुपमा हेरिएको दर्शाउँछ । ३२ लक्षणका आधारमा नारी सुन्दरता मापन गर्न सहज छैन । गुण ३२ भनिए पनि ती सबै नारीका केही विशेष अवयवको मापनमा केन्द्रित देखिन्छन् । हालका दिनमा नारी सौन्दर्यका प्रतीकका रुपमा स्वीकारित सात आयामलाई यहाँ सिलसिलेवार रुपमा प्रस्तुत गरिएको छ । यद्यपि, यिनै सात आयामको संयोजनबाट सुन्दरताको ३२ लक्षणको अवधारणा बनेको हो ।

राजनीतिको नयाँ दृष्य

-पराशर रिजाल, ताप्लेजुङ-
एक समय कसैले 'के गर्दैछस्' भनेर सोध्यो भने रवाफसाथ 'राजनीति' भनेर जवाफ दिईन्थ्यो । गर्वले छाती ढक्क फुल्थ्यो । राजनीति गर्नुको अर्थ हुन्थ्यो त्यागी हुनु, अन्याय अत्याचारका बिरुद्ध बोल्नु, असल संस्कृतिको पक्षमा वकालत गर्नु र अपराध र फट्याईलाई निरुत्साहित गर्नु ।

राजनीति भनेको पुरानो राज्यव्यवश्था, सामन्तीसत्ता बिरुद्ध साहसिक युद्धका रुपमा पनि हेरिन्थ्यो । त्यसैले राजनीति सीमित साहसिक, असल र प्रतिबद्ध मान्छेले गर्ने गर्थे । मूल्य त्यसको प्राण हुन्थ्यो । आज हरेक ठाउँमा राजनीति छ । मूल्यमान्यताविहीन राजनीति । मूल्यमान्यताको राजनीति गर्नेले राजनीति गर्दैछु भन्न पनि लाज मान्ने स्थिती आएको छ ।

बाटो हिड्दा तर्साउँने काठमाण्डौका घर (तस्विर हेर्नुहोस्)

 
काठमाण्डौ उपत्यकाका पुराना घरहरुमा विचित्रका इतिहास र कला लुकेका छन् । यीनीहरुको उपस्थितीले नेपालको विगतको सभ्यतालाई पुष्टि मात्र गर्दैन, यसले पर्यटकहरुलाई पनि आकर्षित गरिरहेका हुन्छन् । तर यीनै घरहरुमा लुकेका छन् बाटोमा हिड्दा पनि तर्साउँने वास्तविकताहरु ।

फेसबुक घाँटीको हाड नबनोस्

-बीना कार्की-
फेसबुकले कतिको जिन्दगीमा गर्नु गर्‍यो । फेसबुकमा गरिएका निजी कुराले राजादेखि रंकसम्म विवादमा मुसिए । नक्कली 'एकाउन्ट'को बिगबिगीले पनि इन्टरनेटमा नयाँ इतिहास रच्यो । नक्कली 'एकाउन्ट' बनाएर अरुलाई फसाउँन त मज्जै हुन्छ तर अरुले फसाउँदा चै फेसबुक 'एकाउन्ट' नै किन खोलिएछ जस्तो । 'बालै भएन नी' भनेर लेखिएका कुराहरु फेसबुकका 'वाल'भरि आउँदा कति नमज्जा लाग्छ, फस्नेलाई मात्र थाहा हुन्छ । 'सोसियल साइट' साथी बनाउँने त हो नी भन्दै आएजति 'रिक्वेस्ट एसेप्ट' गर्दा पछि तिनै साथीहरुले, रमाइलोका लागि अनि साथी र आफन्तसँग 'सेयर' गर्न भनि राखिएका फोटोहरु तानेर अर्कैको जीउमा टाउकोमा राखी अश्लिल र लाजमर्दो पारी 'ट्याग' पनि गरिदिए । यसैले कतिलाई 'रिपोर्ट' हानियो, कतिलाई 'ब्लक', हिसाब छैन । कति दिनसम्म फेसबुक खोल्न नै बन्द गरियो । सुन्दैछु, नोभेम्बर ५ मा फेसबुक ध्वस्त हुन्छ रे, या पार्छन् रे ।

सुन्दरी प्रतियोगितामा नारी र पशुहाटका पशुहरु

कम्तिमा हाम्रा चेलीहरु यस्ता नहुन् (photo: Freethought)
नारीलाई पशुहाटमा बेच्न राखिएको पशुजस्तो बनाईएको छ, जसलाई खरिदारहरु घुमिघुमि हेर्छन । ओठ जबरजस्ती च्यातेर कति दाँते रहेछ हेर्छन् । हिडाई कस्तो छ, एकछिन हिडाउँछन् । मनलाग्दी अनि अरु के के जाती परिक्षण गर्छन् र, मन परे खरिद गर्छन् । सुन्दरी प्रतियोगिताको छनौट पनि ठ्याक्कै यस्तै हुन्छ, केहीबेरको हिडाई, केहीबेरको बोलाई, केही प्रश्नको उत्तर अनि मनपरे सुन्दरीको ताज । अब भन्नुहोस्, पशुहाटका पशु र सुन्दरी प्रतियोगितामा नारीको स्तरमा कति फरक छ ? 

दलहरुको राजनीतिक स्खलन


अब दिनहुँ सर्वसाधारण कुटिनु, लुटिनु र मारिनु देशमा नयाँ कुरा रहेन । फरक यति मात्र हो, पत्रकार खिलानाथ कुटिएको घटनाले चर्चा पायो । अब प्रश्न उठ्नु स्वभाविक छ, राज्यको एउटा प्रमुख व्यापारिक शहर बिराटनगरमा गुण्डाराज गरेर करोडौंको सम्पती थुपारेका पर्शुरामबारे यसअगाडि सञ्चारमाध्यम मौन रहे । खुलेआम जनता ठग्ने यस्तासँग राष्ट्रियस्तरका सञ्चारमाध्यम किन बेखबर रहे ? पर्शुराम अहिलेको पर्शुराम बनुञ्जेल भुमिगत थिएनन् होला । उनी त त्यहाँका सक्रिय नेता थिए ।

लोकतन्त्रका कुरा गरेर नथाक्ने, प्रेस स्वतन्त्रताका हिमायति ठानिने, प्रखर वक्ता, प्रभावशाली नेता केपी ओली भन्छन्, महेश बस्नेतले बहादुरी देखाए, सच्चा एमाले बनेर देखाए । त्यस्तै एमालेका नेता दयालबहादुर शाहीले त पर्शुराम र महेश बस्नेतलाई पुष्पगुच्छा चढाउँदै एक दैनिकमा लेख लेखे ।

चिसो चुल्होबाट नेतालाई चिठ्ठी

-विजयमणी पौडेल-
नेताज्यू,
तिमी सत्ताको शिखरमा छौ, म देशको पुछारमा छु । तिमी बालुवाटार र सिंहदरवारमा छौ, म झुप्रोमा छु । तिमी टाँडमा छौ, म आँगनमा छु । अब पुछारमा पलाएको आगोको प्वाँखको कुरा सुन्ने साहस गर । तिमीले आफुलाई सम्मानित स्थानमा उभ्याउँनुपर्थ्यो । तर, तिमीले आफ्नै महत्व बुझेनौ । आफुले आफ्नै अपमान गर्‍यौ । आफुलाई एउटा बुख्याँचा बनायौ । आज निर्लज्ज भएर सत्ताको टुप्पोमा विराजमान छौ ।

तिमीले बिर्सीयौ, तिमी जनताका नेता थियौ । आज तिमी जनताका नेता रहेनौं । तिमीले बर्लिनलाई बुझेनौ । भोल्कालाई बुझेनौ । कोसी र कर्णालीलाई बुझेनौ । परिवर्तनको भेललाई बुझेनौ । जनताको सपनालाई बुझेनौ । गणतन्त्रको मर्म बुझेनौ ।
संविधानसभा तिम्री आमा हुन् । तर, तिमीले आफ्नै आमाको अपमान गर्‍यौ । आफुलाई फाइफुट्टे चल्लो घोषित गर्‍यौ । संविधानसभाको लागि ज्यान अर्पण गर्ने शहिदहरुको खिल्ली उडायौ । नयाँ संविधानको आशामा बसेका जनताको सपनामाथि तुषारापात गर्‍यौ । सायद तिम्रा लागि गणतन्त्र, धर्मनिरपेक्षता र संघियता पनि फाल्तु कुरा हुन् ।