जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

अबको जेठ १४ एक्लै जाँदैन

-गोकर्ण अधिकारी-
पटक पटक संविधान निर्माणको कार्यतालिका बनाएका मुख्य दलहरुले आजसम्म चुनावपछि एउटै बिषय समयमा पुरा गरेका छैनन् । संविधान निर्माणका बिषयमा दलहरुबीच भिन्न मत त छदैछ एउटै पार्टीमा समेत फरक फरक विचार हुँदा दलहरुबीच सहमतिको प्रयास हुने समयभन्दा पार्टीभित्रै विवाद सुल्झाउँन दलहरुले बढी समय खर्च गरेको देखिन्छ । तर हाम्रो दुर्भाग्य अनि दलहरुको गैरजिम्मेवारी कि उनीहरु कुनै पनि हालतमा आफ्नो गल्ति मान्दैनन् ।

भातृसंस्थाको विगठनको फन्दामा फसेको कांग्रेस आठ महिनाभन्दा बढी एउटै बिषयमा अल्झियो जसका कारण उसले पार्टीको कारण संविधान निर्माणमा कतै कँही असर नपारेको दाबी गरे पनि संविधान निर्माण र शान्ति प्रक्रियाका सन्दर्भमा कांग्रेसले ठोस धारणा बाहिर ल्याउँन सकेन । यसले गर्दा शान्ति प्रक्रिया उसले माग गरे अनुसार उसकै कारण अघि बढ्न सकेन ।



त्यस्तै नेकपा (एमाले) भित्रको दुई खेमाको रडाको समेत सरकारको हानाथाप नेताहरुबीच रहिरह्यो । संविधान निर्माणभन्दा सहमतिय सरकारकै बढी जोड दिएको एमाले सहमतिकै नाममा दुई पटक सरकारको नेतृत्व हत्याउँन सफल पनि भयो । तर, शान्ति प्रक्रिया र संविधान निर्माणमा सहमति जुटाउँन सफल भएन । यसको मुख्य कारण भने एमाले भित्रैको विवाद रह्यो, जुन उसले स्विकारीसकेको छ ।

अर्को दल एनेकपा माओवादी संविधानसभामा सबैभन्दा ठुलो दलका रुपमा त छ । तर ठुलो दलभित्रको ठुलो र सँधै भइरहने विवादले संविधान निर्माण र शान्ति प्रक्रियामा सहमति सबैभन्दा बढी अर्घेलो गरिरहेको छ । जुन अहिले पनि उस्तै छ ।


सरकारमा भएर पनि विभक्त मधेस केन्द्रित दल र तिनका विवादास्पद छवि र निर्णयका कारणसमेतले शान्ति प्रक्रियाले अपेक्षाकृत गति लिन सकेन । यो कुरा पूर्वरक्षामन्त्री शरतसिंह भण्डारीको भनाईले पनि पुष्टि गरिसकेको छ । यसरी दलहरुको आन्तरिक विवाद र दलहरुबीच भएको अस्वस्थ सम्बन्धले रोकिराखेको संविधान निर्माण र शान्ति प्रक्रियालाई साँच्चै समयमै टुंग्याउँन दलहरुले चाहेका हुन् भने सबैभन्दा पहिले पार्टी भित्रकै विवाद सुल्झाउँन आवश्यक छ ।

त्यस्तै दलहरुबीचको सम्बन्ध पनि सुमुधुर हुनुपर्छ । अन्यथा फेरि पनि जेठ १४ आउँनेछ र जानेछ । तर फरक यति हो अबको जेठ १४ आफुमात्र जाने छैन । दलहरुप्रतिको विश्वास अनि नेपाली जनताको आशा भरोसा सबै सँगै लिएर जानेछ । आशा गरौँ, त्यस्तो जेठ १४ नआओस् ।

तपाईलाई कस्तो लाग्छ कमेन्टमा लेख्नुहोस्

2 comments:

इन्द्र बड्तौला said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हो पक्कै पनि । अबको जेठ १४ मा संविधान जारी नभएमा नेताहरुको त हालत हुन्छ हुन्छ नेपाली जनताको आशा भरोसा सबै सँगै लिएर जानेछ ।

Jack Deep said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यी चोर नेताहरुले सामन्ती अनि प्रतिगामी भनेको राजसस्था ले त "शान्ति क्षेत्र नेपाल" जनता लाई मात्र होइन बिस्वो मा चिनाउन खोजेका थिए , तर अग्रगामी अनि नया नेपालका कुरा गर्ने यी चोर नेताहरु लोकतन्त्र र गणतन्त्र को नाममा हत्या , हिंसा , असुरक्षा जनतालाई उपहार दिदै छन् ,जनताको आधारभूत आबसेकता बिकाश निर्माण , स्वस्थ शिक्षा को त कुरै छाडौ , हामीलाई केबल "शान्ति र संबिधान" देउ भन्दानी दिन सक्दैनन् ,अनि हामी जनता के का लागि यिनी हरुको मुख तकिराछौ??

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।