जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

तपाई भन्नुहोस्, यी मन्दिर यहाँ ठिक छन् त ?

उसै त काठमाण्डौको सडक, अझ सडक ढाकेर बसेका छन् मन्दिरहरु । यस्तोमा दुर्घटनाको कारण बढी रफ्तार हुनै पर्दैन । बीच सडकमा मन्दिरको परिसर जोगाउँन लगाईएका बार तथा संरचनाले दुर्घटनाको संख्या बढाइरहेका छन् । दायाँको तस्विर हेर्नुहोस् न, यो तस्विर काठमाण्डौको वीर अस्पताल अगाडी महांकाल मन्दिरसामुन्नेको सडकमा लिइएको हो । कतिपयले त देख्नु भएकै होला, यो क्षेत्रमा यही पीपलको रुखको कारण यातायातमा समस्या हुने गर्छ । यतिमात्रै होइन, ट्राफिक कार्यालयका अनुसार यो क्षेत्र बढी दुर्घटना हुने क्षेत्रमा पर्दछ (दायाँको तस्विरमा हेर्नुहोस्, ठुलो तस्विर भित्र छ ।) । यही कारणले दुर्घटना हुँदा कतिको अंगभंग भएको छ, कतिपयको त मृत्यु पनि भएको होला । यही ठाउँमा ठोक्किएर बढी दुर्घटना हुन्छ भनेर फ्लेक्स राख्नुको साटो यो अवरोध नै हटाउँन सकिदैन । थप स्थानका तस्विर हेर्न भित्र आउँनुहोस्



भर्खरै सडकविस्तारका क्रममा लैनचौरको ज्यापुगुठीको मन्दिर सडकबीचैमा पर्‍यो । मन्दिरले मात्र होइन, बेला बेला हुने पुजाले पनि सडकमा अफ्ठ्यारो पार्छ । यात्रुलाई मात्र होइन, त्यहाँ पुजा गर्न आउँनेलाई पनि त दुर्घटनाको डर उत्तिकै हुन्छ । तर, सो मन्दिर सार्न खोज्दा धार्मिक आश्थामा खलल् पुग्ने तर्क गरिएछ ।
अझ जमिनसँगै लगिदिने भन्दा पनि जमिनमुनि देउताको बास हुन्छ, देउता रिसाउँछन्, मन्दिर सार्न हुँदैन भनेर बिरोध गरेछन् । अहिले सो मन्दिर सडकको ठ्याक्कैबीचमा पर्छ । अलिकति होस नगर्ने हो भने निकै ठुलो दुर्घटना हुन सक्छ । अब त्यहाँ पनि उही 'ब्लाकस्पोट' भनेर फ्ल्याक्स राख्ने त होला नि ।
फेरि, आस्था भन्ने कुरा मन्दिरको स्थान फेरिदैमा फेरिने हो र भन्या । २०१९ सालमा नै वीर अस्पतालको छेउमा सडकको बीचमा एउटा चैत्य पर्दा पुरै चैत्य नै जस्ताको तस्तै स्वयम्भुमा सारिएको रहेछ । खै त, मानिसहरु उस्तै आश्था लिएर त्यहाँ पनि पुग्छन् त ।


वास्तवमा सडकबीचमा परेका मन्दिर सार्नु भनेको धार्मिक आस्थामा खलल् पुग्ने कुरा नै होइन । धर्मग्रन्थ र परम्पराकै कुरा गर्ने हो भने क्षमापुजा गरेर मन्दिर सार्ने गरिन्छ ।

रानीपोखरी छेउको गणेश मन्दिर पनि सडकबीचबाट सारेर २०१९ मा अहिलेको स्थानमा प्रतिस्थापन गरिएको हो । तर होइन, यहाँ आफुलाई नपरी कसैको चेत खुल्दैन । अहिले जो मन्दिर सार्न हुदैन भन्छन्, कुनैदिन तिनैका कसैको दुर्घटना भयो भने अनेक माग राखेर बाटोबन्द गर्ने तिनै हुन्छन् ।
तपाई भन्नुहोस् त, के सचेत समाजले मान्छेको ज्यानै लिने ठाउँमा भएका देउताका मूर्ति र मन्दिरहरुलाई त्यही त्यसै छाडिदिन्छ ? के यी मन्दिरहरु यहाँ ठिक छन् त ?

4 comments:

विवेक श्रेष्ठ said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपाल मन्दिरै मन्दिर भएको देश हो । यहाँका मन्दिर र मुर्तिहरु नेपालका एतिहासिक सान हुन् । यसले हाम्रो सभ्यताको पहिचान गराउँछ । तर अन्धो आस्थाका भरमा यीनीहरुलाई अलपत्र पार्न हुँदैन । एक पटक सोचौ न दुर्घटना गराएर मान्छे मार्न् मन्दिर प्रति मानिसको धारणा कस्तो बन्ला ? यसैले मन्दिरहरु सार्नु नै उत्तम विकल्प हो ।

अनिमा सुवेदी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यी मन्दिरहरु यो ठाउँमा ठिक छदैछैनन् । सडक त यातायातको लागि पो हो त । धर्मशाला र मन्दिर सडकबीचमा बनाउँनु हुँदैन ।

विपिन बराल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

म मान्दिन । यो मन्दिरहरु यहाँबाट सार्नु हुँदैन । यो नितान्त धार्मिक अधिकारको कुरा हो । विज्ञानका तथ्य ल्याएर धार्मिकतामाथि मुङ्ग्री हान्नु कहाँको कर्तव्य हो । यो मन्दिरलाई यही राख्नु पर्छ । बरु दायाँबायाँबाट बाटो लैजानु पर्छ ।

pratik said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मेरो मनमा लागेको कुरा लेखिदिएकोमा पानीफोटोलाई धेरै धेरै धन्यवाद ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।