जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

हामी चैं कहाँ कम छौँ र !

किन हुन्छ नेपालमा यति विघ्न भष्ट्राचार ? हाम्रो चासोको बिषय । सहि पनि हो । नेताहरुले देश बिगारे, हाम्रो गालीको बिषय । सँधै गुनासो गरिरहेका हुन्छौं अरुसँग । देशमा नियम कानुन भएन । गरिखान पाइएन । रोजगारी छैन । बिजुली छैन । पानी छैन । विकाश छैन । यसरी अल्झियो राजनीति केही निकाश छैन । हामी सँधै यस्तै बिषयमा चिया गफ गरिरहेका हुन्छौं । यस्तो किन हुन्छ त ? सबैसँग आफ्ना आफ्नै कारणहरु छन् । हामी भष्ट्राचार भन्नाले खाली पैसा खानु र अकुत सम्पति थुपार्नु भनेर मात्रै बुझ्छौं । त्यो बाहेकका भष्ट्राचार त हामी कतिलाई थाहै छैन । यदि अरु भष्ट्राचारलाई पनि त्यसरी नै खोज गर्ने हो भने त भष्ट्राचारीको सूचि निकै लामो हुन्छ । हामीलाई थाहा भएकै कुरा हो । यो सूचिमा को को पर्लान् ? नेता, व्यापारी, कर्मचारी यस्तै । अनि, हामी आफै चै ? हो, तपाई र म जस्ता सर्वसाधारण नेपाली नागरिक चै ? विभिन्न बहानामा नियम तोड्नु पनि त भष्ट्राचार नै त हो । यसो हुँदा के हामी चैं भ्रष्ट छैनौं र ? भ्रष्ट भए भनेर अरुलाई गाली गरेर हिड्ने हामी चै कम छौं र ? मैले यो कुरा केहि तस्विरको माध्यमबाट भन्न खोजेको छु हेर्न भित्र आउँनुहोस्

आकाशेपुल हुँदाहुँदै सडकबाट बाटो काट्दै बटुवा (तस्विर: मेरोरिपोर्ट)
सडकका नियमहरु तोड्नु त हामीलाई बहादुरी जस्तो लाग्छ । आकाशेपुल प्रायः प्रयोग नै गर्दैनौं, ढिलो हुन्छ भनेर । अहिले जहाँसुकैबाट सडक पार गर्नेलाई कारवाही गर्न थाले पछि भने केही दृष्यहरु फेरिन थालेका छन् । नो पार्किङमा पार्क गर्छौ । खै त अरु ठाउँ हाम्रो प्रश्न हुन्छ । सडकमा पैदल हिड्ने ठाउँ ढाकेर पसल थाप्छौं । सडकमा साँच्चै हामी भ्रष्ट छौं ।
यो माथिको तस्विर मैले काठमाण्डौको न्युरोडमा खिचेको हुँ । फोटो खिच्दै गर्दा ट्याक्सीहरु त्यही बोर्डकै छेउमा यात्रुहरु ओराल्थे । तलको तस्विर हेर्नुहोस्
जताततै प्याच्च प्याच्च थुक्नेहरुको सँख्या पनि शहरमा कम छैन । तस्विरमा हेर्नुहोस् न, नथुक्नु है भनेर अनुरोध गरेको पत्रमा नै थुकिदिएछन्, यो अर्को बहादुरी ।
स्रोत : नेपालीहर्ट 
फोहोर नगरौं है भनेकै ठाम्मा फोहोर छोडेर हिड्नु त अझ ठुलो बहादुरी हो । टोलको दादाले मात्र यस्तो गर्न सक्छ, मलाई कसले जरिवाना तिराउँछ ? हामीलाई यस्तै त लाग्छ ।
यसैले हाम्रो समाज भष्ट्राचारले गाँजिएको छ । किनकी हामीले साना भनेका कुराबाटै यसको सुरुवात हुन्छ । हामी खाली ठुला तारो ताकिरहेका हुन्छौं । हामीलाई सानो कुराको के वास्ता ? अनि हामी ठाम् कुठाम् यसरी नै गाली खाईरहेका हुन्छौं, जरिवाना तिरिरहेका हुन्छौं, हैन त ?
तस्विर साभार : आकारपोष्ट

4 comments:

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

निकै राम्रो। मेरो मान्यता पनि यही हो।

अगम लम्साल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अबुइ हामी चै किन कम नि । हामी गणतन्त्र नेपालका सम्मानिय नागरिक । हामीलाई जे गर्न हक छ । यही गर्न त गणतन्त्र ल्याएको नि । मुर्खहरु यस्तै सोच्दा हुन् ।

Suprabhat Shrestha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जनता अनुसारका नेता त हुन् । हामी जनता नै यस्ता छो अनि नेता कसरी राम्रा छान्नु र हुनु ?

बुद्धि भट्टराई (मलेसिया ) said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

के यस्ता कुरामा किचकिच गर्नु भएको तपाइले । नेताहरुले देश खाइसके । कत्रा कत्रा प्लेन खाए । खोला खाए । नदि खाए । मल खाए । यति मुला हाम्रो भष्ट्राचार । यो त केही पनि होइन ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।