जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

आखिर, कलाकार त कलाकार नै होइन र !

कलाकारलाई के ले जोखिन्छ ? या भनौं कलाकारहरुलाई आपसमा तुलना गर्दा के को आधारमा तुलना गरिन्छ ? बडो आदर्शवादी भएर भन्ने हो भने पक्कै पनि कलाको आधारमा । हैन त ? तर, व्यवहारमा कुरा अर्कै छ । सत्य त यो हो कि कलाकारलाई तुलना गर्ने भनेको उनीहरुले प्राप्त गरेको नगद, उनीहरुको जीवनशैली र मुख्यत: आम्दानी नै हो । हो त, कुरा सामान्य लाग्छ । तर जब अनुभव गरिन्छ मनमा केही नमिठो अनुभव भने पक्कै हुँदो रहेछ । हिजो मैले आफैले त्यही अनुभव गरेँ ।

हिजो दिउँसो काम बिशेषले काठमाण्डौंको न्युरोड पुगेँ । धर्मपथको रोडमा धुलाम्मे भएर एउटा मानिस सेतो ए फोर साइजको कागजमा सस्तो पेन्सिलले केही कोरिरहेको थियो । सँगै रहेको साथी विकल्प र म उभिएर केही बेर हेरिरह्यौँ । देख्दा देख्दै उसले कोरिरहेको कागजमा नारी आकृति भरिदै गयो । कति सजिलै देब्रे हातले चुरोटको सर्को तान्दै उसले चित्र बनायो । नारी आकृतिले पुरुषलाई अंगालोमा भरिरहेको ।
साँच्चै प्राकृतिक र अति सुन्दर चित्र बनिएको थियो । पाँच रुपैयाँ दिएँ । हतार हतार उसले टिपेर गोजीमा लुकायो । र, चित्र बनिसकेको कागज छेउमै राख्दै अर्को सेतो पानामा नयाँ चित्र बनाउँन थाल्यो । सडकमा हिडिरहेकाहरुको प्रायको ध्यान थिएन ।

साँझ काम बिशेषले पाटन कृष्ण मन्दिर परिसरमा पुगेँ । देखेँ, सुकिला मुकिला विदेशी पर्यटकहरु अग्लो ठाउँमा बसेर मन्दिरलाई हेर्दै चित्र कोरिरहेका थिए । उनीहरुको चित्र कोराई व्यवश्थित थियो । महगां पेन्सिल र क्लिपले अड्याइएको सेतो कागज । अग्लो ठाउँमा भर्‍याङ नै चढेर जानु पर्ने भएपनि हेर्ने मानिसहरुको भिड बाक्लिदै र पातलिदै गर्दै थियो । लाग्थ्यो, निकै भव्य कला प्रतियोगिता हुँदै थियो ।
वास्तवमा मलाई ति सुकिला पर्यटकहरुसँग गुनासो होइन, उनीहरुलाई कम आँक्न खोजेको पनि होइन । उनीहरुले कोर्दै गरेको चित्र विशिष्ट थियो या थिएन, अथवा, विशेष हुन सक्छ या सक्दैन, यो मैले उठाउँन खोजेको बिषय होइन ।
तर दुई स्थानमा कोरिदै गरेका चित्रहरु र उपस्थित भिडले यो प्रश्न उठाउँन मन लाग्यो कि आखिर कलाकार हुन पनि सुकिलो मुकिलै हुनु पर्ने रहेछ । कलाकार त कलाकार नै हन्छ नि, तर उसको महत्व स्थापना गर्न उसको पहिरन, कमाई सबै कुराले असर पार्दो रहेछ ।

धुलाम्मे भएर चित्र कोरिरहेका ति मान्छेको खुब माया लागिरहेको मात्र हो । 

3 comments:

सनातन चौतारी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

काठमाण्डौंको न्युरोड and पाटन कृष्ण मन्दिर परिसरमा The difference between Nepali and may b Japanese art. dhulo sadak ma chitra banaune ra morden style bata
picture banaune khas vinata dhekiena maile. chitra uttaki ramra thea, tara newroad ko nepali dal/vat khana ko lai picture banaudi thio ki but ti japanese haru hobby le teso gareka thia holan.

मन्दिरा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हो । कलाकार भन्नाले अमुर्त कुरा हुँदैन । तर कलाकारको कला मान्ने हो । विकशित मुलुकहरुमा कलाकार व्यक्तिगतरुपमा नराम्रो भएपनि कलालाई सँधै सम्मान गरिन्छ । तर हाम्रो देशमा कलाकारले लगाएको लुगा खाएको खाना र बोलेको कुराले असर पार्छ । हाम्रो संकुचित मानसिकताको उपज मात्र हो यो ।

वास्तवमा नेपाल जस्ता गरिव देशका कलाकारहरु पनि गरिव हुन्छन् । यसैले कलाकारलाइ कलाको आधारमा मात्र सम्मान नगरिदा राम्रा कलाकारहरु पनि अपमानित हुने अवश्था छ ।

Asmi Gm said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

yeap ! this is true.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।