जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

लौ ! हाम्रा मन्त्रीज्यू त विदेशमा समातिएछन् त !!

पर्यटन तथा नागरिक उड्डयन लोकेन्द्र विष्ट हिजो दिउँसो जर्मनीको एक सम्मेलन (ट्राभल र पर्यटनसँग सम्बन्धित आइटिबी बर्लिन)मा भाग लिन जर्मनी उडेका थिए । तर आज एकाएक विदेशमा समातिएको खबर आईरहेको छ । नागिरकन्युजका अनुसार उनी पत्नी सहित कतारमा समातिएका हुन् रे । फेरि कान्तिपुर भन्छ उनी युएइको अबुधावीमा समातिएका हुन् । ठ्याक्कै कहाँ समातिएका रहेछन् पछि पक्कै पत्ता लाग्ला नै ।

यसै त सभासदको रातो पासपोर्टमा सभासदको फोटो उप्काएर आफ्नो टाँस्दै विदेश उड्दै गरेका भेटिएका बेला मन्त्री पनि भिषा कै कारण समातिनु चै अचम्मै हो । तर अहिले सम्म जानकारीमा आए अनुसार उनी पक्राउ पर्नुको कारण भने अनौठो भएको थाहा भएको छ ।


कुटनीतिक भाषामा भन्ने हो भने मन्त्री बिष्टज्यूको भिषामा समस्या आए पछि संयुक्त अरब इमिरेट्स (युएई)को अवुधावी अन्तर्राष्ट्रिय विमानस्थमा प्रहरीले नियन्त्रणमा लिएको हो रे । ठुला देशका मन्त्री भए कुरै बेग्लै हुन्थ्यो, देश सानो भएकाले मन्त्री पनि सानै । कसैले चिनेनछन् बरालाई । रातभर अबुधाबीको अध्यागमन प्रहरीले हिरासत लिएछन् ।

बरु भिषामा समस्या भनेको चै के रैछ ? हामी सर्वसाधारणलाई भिषामा आउँने समस्या के थाहा है ! बुझ्ने गरि सोझो भाषामा भन्ने हो भने भिषा नै नभई मन्त्रीज्यू जर्मनी तिर लाग्नु भाको रे । उहाँसँग त जर्मनीको भिषै पो रहेनछ । मन्त्री हुँ पुगीहाल्छु नि भनेर त हिड्नु पक्कै भएको थिएन होला ।

उहाँले रातभरमा कतिपल्टमात्र म नेपालको मन्त्री हुँ भनेर सुनाउँनु भयो होला । तर के मान्थे । कही मन्त्री जस्तो मान्छेले पनि भिषा नलिइ हिड्छ ? कर्मचारीले सबै मिलाउँदैनन् ? अनेक प्रश्न गरे होलान् । बिचरा ति अबुधाबीका प्रहरीलाई के थाहा ! आफ्नै देशाँ जस्तो सोचे होलान् । ति मन्त्री त नेपालका पो थिए त ।

हुन त हाम्रा देशको थिती तिनलाई के थाहा र ? तर थिती मिलाएर काम गर्ने भए एसियाकै बुढो देश विकाशमा निकै माथि हुनु पर्ने अनुमान त तिनको पनि हुनु पर्ने ।



3 comments:

prdip said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

gati chhade pachhi pardainan ta, herera janu parne,

बद्री गौतम said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हरे बुद्दि ।

मेनुका said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हा हा हा । कारण पनि कस्तो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।