जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

बबरमहलमा बम बिष्फोटको प्रारम्भिक प्रतिवेदन र अभियुक्तहरु सार्वजनिक

यो तस्विरका ७ जनाहरु बबरमहल बम बिष्फोटका अभियुक्तहरु हुन् । यसमा रहेका ६ जनालाई भने प्रहरीले पक्राउ गरिसकेको छ । तर बीचमा रहेका मुख्य अभियुक्त देवराज लामा भने अझै फरार छन् । गत सोमबार तिन जनाको ज्यान जाने गरि बबरमहलमा भएको बम बिष्फोटमा जिम्मेवारहरु प्रहरीले एक साता नबित्दै पत्ता लगाएको हो । उसले पत्रकार सम्मेलन गरेर ६ जना अभियक्त सहित घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको प्रतिवेदन हेर्न भित्र आउँनुहोस् 

घटना विवरण
मिति २०६८।११।१५ गते का.जि.का.म.न.पा.वडा नं.११ बबरमहल स्थित नेपाल आयल निगमको प्रवेश द्वारमा अं.१३:१० बजेको समयमा बम विष्फोटन हुँदा ३ जनाको मृत्यु हुनको साथै ७ जना घाईते भएको । घटनाको जिम्मेवारी संयुक्त जातिय मुक्ति मोर्चा विश्वक्रान्ति समूहले लिएको । प्रारम्भीक अनुसन्धानमा खुले अनुसार बिष्फोटनमा HIGH EXPLOSIVE DETONATION WITH DELAY MECHANISM IMPROVISED IN METAL PIPE को प्रयोग भएको पाईएको ।

अनुसन्धानमा खुलेका कुराहरु:-
१) संयुक्त जातिय मूक्ति मोर्चाका प्रवक्ता विश्वक्रान्ति, प्रेम तामाङ्ग, सुरेश तामाङ्ग, सागर लामाको प्रत्यक्ष संलग्नतामा घटनाको केही हप्ता पहिले काठमाण्डौंको कपनमा बसी काठमाण्डौं उपत्यकाका केही स्थानहरुलाई चयन गरी बिष्फोटन गराउने योजना तय गरेको ।

२) आफ्नो मोर्चालाई आम जनसमुदाय बिच परिचित बनाउन एवं आर्थिक संकलनमा समेत सहयोग पुग्ने उद्देश्यका साथ बम बिष्फोटन गराउने निर्णय।

३) Explosion Site Selection गर्दा बर्तमान समस्या (ईन्धनको अभाव) लाई केन्द्रबिन्दुमा राखेर Public Sympathy & Publicity Stunt को रुपमा नेपाल आयल निगमको कार्यालय परिसर छनौट गरीएको ।

४) बिष्फोटनको योजना बनेपछि मिति २०६८।१०।२४ गते देखि नै Site Selection गर्न बुद्धि बहादुर गोले सक्रिय रहेका ।

५) बुद्धि बहादुर गोलेको सिनामंगल स्थित डेरा कोठामा नै बिष्फोटमा संलग्न व्यक्तिहरु भेला जम्मा भई योजनालाई मूर्त रुप दिन छलफल गर्ने एवं बम बनाउने कार्य सम्पन्न गरेको ।

६) घटनाको दिन बिहान ०९:०० बजे देखि नै सुरेश लामा, सागर तामाङ्ग, प्रेम तामाङ्ग मिलेर वानेश्वर, अनामनगर क्षेत्र एवं राधा कम्प्लेक्समा भेला जम्मा भई घटनास्थलको निरन्तर रुपमा रेकी गरेको ।

७) घटनाको दिन Time Delay Mechanism सहितको Explosive Device बिष्फेट हुनु भन्दा करीब आधा घण्टा पहिले नै Blast Site मा Plant गरेको ।

पक्राउ मानिसहरु
१) नाम : भिम बहादुर तामाङ
उपनाम : विश्वद्विप
पेशा : केन्द्रिय सदस्य, सं.जा.मु.मो.
उमेर : ३५ वर्ष
ठेगाना : ओखरपौवा ६ ठूलोचित्रे, नुवाकोट
जिम्मेवारी : घटनाको योजनाकार एवं नुवाकोटमा २०६६ सालमा पाण्डु लामालाई कर्तव्य गरी मारेको मुद्धामा फरार अभियुक्त

२) नाम : निमा दोर्जे तामाङ
उपनाम: आबिष्कार तामाङ
उमेर : ३० वर्ष
ठेगाना : गोस्वारा २, दर्गा, रामेछाप हाल थापागाउँ चोक, नयाँ बानेश्वर, काठमाण्डौं
जिम्मेवारी : घटनाको योजनाकार तथा बिगतमा सं.जा.मु.मो. द्वारा गराईएका बिष्फोटनमा संलग्न

३) नाम : बुद्धि बहादुर गोले
पेशा : बबिता वास गार्मेन्ट, शान्तिनगरमा काम गर्ने
उमेर : ६० वर्ष
ठेगाना : हेटौडा पदमपोखरी ४, मकवानपुर हाल शान्तिनगर, काठमाण्डौं
जिम्मेवारी घटनाको योजनाकार तथा स्थान छनौट गर्ने, बम बनाउने सामाग्री जुटाउने एवं योजनालाई अन्तिम रुप दिने व्यक्ति

४) नाम : प्रेम तामाङ्ग
उपनाम : प्रितम
पेशा : केन्द्रिय सदस्य, सं.जा.मु.मो.
उमेर : २८ वर्ष
ठेगाना: छत्रे ७, दमदमी, धादिङ्ग
जिम्मेवार : बम बनाउने, बम राख्ने तथा रेकी गर्ने

५) नाम : सागर लामा
उपनाम : रमेश
पेशा : केन्द्रिय सदस्य, सं.जा.मु.मो. तथा सहचालक
उमेर : २० वर्ष
ठेगाना : नौबिसे ८ धुसेली धादिङ्ग
जिम्मेवारी : बम बनाउने, बम राख्ने तथा रेकी गर्ने

६) नाम : सुरेश लामा
पेशा : बबिता वास गार्मेन्ट, शान्तिनगरमा काम गर्ने
उमेर २० वर्ष
ठेगाना : तसरपुर ६, धादिङ हाल शान्तिनगर, काठमाण्डौं
जिम्मेवारी : बम बनाउने, बम राख्ने तथा रेकी गर्ने









फरार मानिसहरुः
१) देवराज लामा "विश्वक्रान्ति" अध्यक्ष, सं.जा.मु.मो. (मूख्य योजनाकार)

२) संयुक्त जातिय मूक्ति मोर्चाका अन्य सदस्यहरु तथा सहयोगीहरु

बरामद सामानहरुः

  • जिलेटिन १० लोला
  • बम बनाउन प्रयोग हुने प्रेसर कुकर १ थान
  • बम बनाउन प्रयोग हुने जि आई पाईपको टुक्राहरु
  • बिष्फेट गराउन प्रयोग हुने तारहरु
  • संयुक्त जातिय मुक्ति मोर्चाको अवधारणा पत्रहरु


मोर्चाले गराएका विष्फोटका घटना

  • मिति २०६६।०८।१३ गते धादिङ्गको नौबिसे गा.बि.स.कार्यालयमा बम बिष्फोट।
  • मिति २०६६।०९।०४ गते धादिङ्गको छत्रेदेउराली स्थित भञ्ज्याङ्गपोखरीमा बम राखेको।
  • मिति २०६६।१०।०७ गते धादिङ्गको नौबिसे ८ स्थित त्रिभुवन राजपथमा बम बिष्फोट।
  • मिति २०६६।११।१० गते नौबिसे ४ कानाकोटमा बिष्फोटन।
  • मिति २०६६।१२।२८ गते छत्रेदेउराली गा.बि.स.मा बम राखेको।
  • मिति २०६७।०२।१६ गते नौबिसे गा.बि.स.मा बिष्फोटक पदार्थ राखेको।
  • मिति २०६७।०४।०४ गते तसर्पु ९ दामेचौर धादिङ्गमा गाडिमा तोडफोड तथा लुटपाट।
  • मिति २०६७।०५।२० गते थाक्रे धादिङ्गमा टि्रपरमा आगजनी।
  • मिति २०६८।११।१२ गते एनसेल धादिङ्गको टावरमा बम बिष्फोटन


अपराध : कर्तव्य ज्यान तथा बिष्फोटक पदार्थ सम्बद्ध ऐन अनुसारको अपराध।

कानुनी कारवाहीः पक्राउ अभियुक्तहरुलाई थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाण्डौं पठाईएको।

2 comments:

मुकेश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपालको कानुन यस्तै छ अनि हामी पनि उस्तै छौ । भोली यीनीहरु ठुला नेता बनेर नआउँलान् भन्न सकिन्न । यसैले अहिले त्यति गाली गरिहाल्न नहोला ।

बलराम पाण्डे said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मु***हरुलाई तातो तेलमा नांगेझार पार्नु पर्ने अनि आउँथ्यो जातिय मुक्ति ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।