जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

हातपात पनि भयो, अब हुन बाँकी के छ र ?


हामीले भर्खरै मात्र लोकतन्त्रको अभ्यास गरेको भए पनि के भयो र ? हामीले संसदिय व्यवश्थाको पुरापुर अनुभव लिइरहेकै छौ । संसद भित्र जति बबण्डर हुनु पथ्र्यो, हाम्रा नेताहरुले त्यो भन्दा बढि नै गरेका होलान् । संसदिय व्यवश्थाको सबै भन्दा ठुलो हतियार चुनावलाई मानिन्छ । प्रधानमन्त्रीको चुनाव सत्रौ पटक गरेर यसको पनि अभ्यास र अनुभव लिइरहेकै छौ । रातारात बैठक, सहमती अनि अरु अरु पक्रिया पनि चलिरहेकै छन् । हुन बाँकी यति थियो कि संसद भवन भित्र कुटाकुट भएको थिएन, अब त्यसको पनि अभ्यास पुरा भएको छ । बजेट भाषण गर्न उठेका सुरेन्द्र पाण्डेलाई माओवादी सभाषदहरुले हात नै हाले । बजेटको ब्रिफकेस नै तोडियो । हिजो हुने भनिएको बजेट भाषण बिथोलियो र, आकस्मिक रुपमा संसद अधिवेशन टुङयाईयो ।
हाम्रा नेताहरु मिल्दैनन् भन्ने त जगजाहेर नै छ । तर यसरी खुल्लमखुल्ला मुक्का हानाहानमा नै उत्रेलान् भनेर चाँही सोचिएको थिएन । हाम्रा नेताहरु यो कुरामा चै हामीले भने भन्दा बढ्ता नै रहेछन् ।
कहाँ बिग्रियो कुरा ?
हाम्रा नेताहरु गोप्य बैठक भन्दै कहाँ कहाँ जमघट जमाउँथे । ति बैठकमा के हुन्थ्यो थाहा भएन । तर अहिले आएर थाहा पाए अनुसार माओवादीले राष्ट्रपतीले बाधा अड्काउ फुकाएर ल्याउने बजेटमा हामी प्रतिपक्षमा बस्ने छौ भनेर जवाफ दिएको थियो रे । अर्थमन्त्री सुरेन्द्र पाण्डे भन्छन् , “सामान्य बिरोध होला भन्ने ठानेका थियौ तर अति नै भयो । “
बजेट प्रक्रियामा साना दलहरुको बिरोध त थियो नै । अन्तमा माओवादी पनि त्यही कित्तामा उभियो । सबैको बिरोधको कारण बजेट प्रक्रिया नै थियो ।
अब के हुन्छ ?
१) संसदको बैठक सकिएको छ यसैले संसद नचलेको अवश्था भनेर अध्यादेशबाट बजेट ल्याइने छ ।
२) संसद अधिवेशन बन्द भए पछि प्रधानमन्त्रीको चुनाव पनि नहुने भयो । यसबाट सबै भन्दा बढि लाभ कामचलाउ प्रधानमन्त्री माधव कुमार नेपाललाई हुने भयो ।
३) माओवादीको यो कदम पछि सहमतीको प्रयास पक्कै पनि पर धकेलिने छ । र, यसबाट राजनीतिक संकट अझै गहिरिने पक्का छ ।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।