जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

जापानको दुख माथी दुख, आणविक भट्टीबाट विकिरण चुहावट

भन्नलाई त भन्छन्, आपत बाजा बजाएर आउँदैन र, जब आउँछ, एउटालाई अर्को आपतले पछ्याइरहन्छ । जापानको घटनाले साँच्चै हो जस्तै भएको छ । हिजो मात्रै भुकम्प र सुनामीले त्यती आपत भइरहेका बेला जापानमा अर्को आपतले सुरुवाती झड्का दिएको छ । आज एउटा आणविक भट्टीेमा विष्फोट भएको छ । आज शनिबार भएको त्यो विष्फोटको कारणले त्यहाँ भारी मात्रामा धुँवा देखिएको छ । अधिकारीहरु हिजोको सुनामीले भट्टीको चिस्याउँने प्रणाली नष्ट भएको हुन सक्ने आशकां गरिरहेका छन् जसका कारण यो विष्फोट भएको हुन सक्छ । तर त्यही उपकरणको असरले यो विष्फोट भए नभएको चाँहि थाहा भइसकेको छैन रे । जापानमा त्यस क्षेत्र वरिपरि पाँचवटा साना ठुला आणविक भट्टी छन् । त्यसले अझ कुन स्थिती ल्याउला भन्न गा¥हो छ ।

यसबाट चार जना कामदार घाइते भएका छन् । जापानी च्यानलहरुले घर भत्किदाको दृष्य देखाइरहेका बेला त्यो घरको फलामको फ्रेम मात्र ठडिएको देखिएको छ । अहिले धमाधम सो क्षेत्रको दश किलोमिटर वरिपरीका बासिन्दालाई अन्यत्र सारिदैछ ।

यसैबीच जापानी सरकारका उच्च अधिकारीले परमाणु ऊर्जा प्लान्टमा भएको विस्फोटबाट बाहिर विकिरण चुहिएको पुष्टि गरेका छन्। यसबाट हुनसक्ने क्षतिको बारेमा केही बताइएको छैन। जापानको एनएचके टेलिभिजनले विकिरणबाट बच्न अपनाउनु पर्ने सुरक्षा व्यवस्थासम्बन्धी सामाग्री प्रसार गरिरहेको बीबीसीले जनाएको छ।


हिजोको भुकम्प र सुनामीले यति ठुलो असर पारेको छ कि आज यसको २४ घण्टा पछाडी पनि कति क्षती भएको हो त्यसको जानकारी प्राप्त भएको छैन । सबै सडकहरु हिलोले पुरिएका र भत्किएका देखिएका छन् ।

अहिलेसम्म ४१३ जनाको शव प्राप्त भइसकेको बताइएको छ भने ७८४ जनाको स्थिती अज्ञात रहेको छ । जापानी प्रहरीले बताए अनुसार २०० देखि ३०० शवहरु सेन्डाइको किनारामा भेटिएका छन् । स्थानिय सञ्चार माध्यमहरु १३०० को मृत्यु भएको बताइरहेका छन् ।

जापान प्रशान्त महासागरको 'अग्नीको घेरा' क्षेत्र भित्र पर्दछ । जहाँ विश्वका ९० प्रतिशत भुकम्प जाने गर्दछ ।

1 comments:

Ran Bahadur Saru said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

आपत बिपतमा हामी सबैले सधाउनु पर्छ । नेपालीले गर्न सक्ने सहानुभूती हो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।