जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

मन्त्री जेपी गुप्ताको भष्ट्राचार प्रमाणित : डेढ बर्ष कैद र ८४ लाख जरिवाना

अपडेट : जेपी गुप्ताले राजिनामा घोषणा गरेका छन् । उनलाई डिल्लीबजार कारागार लगियो ।
भष्ट्राचारको अभियोगमा ५ बर्षदेखि मुद्दा खेपिरहेका सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताको मुद्दा सर्वोच्चले आज फैसला गरेको छ । फैसलामा सर्वोच्च अदालतले उनीमाथिको अभियोग प्रमाणित गर्दै उनलाई डेढ बर्ष कैद र ८४ लाख जरिवाना असुल्ने र त्यति नै बराबरको सम्पत्ति जफत गर्ने आदेश गरेको छ । सर्वोच्चले यस्तो फैसला गर्ने बित्तिकै मन्त्री गुप्ताले आत्मसमर्पण गरिसकेका छन् । यसरी आत्मसमर्पण गर्दा सजायमा २५ प्रतिशत डिस्काउन्ट हुने व्यवश्था छ । यसो हुँदा गुप्ताले डेढ बर्ष कैद र पुरै ८४ लाख जरिवाना भने तिर्नु नपर्ने देखिएको छ ।

गुप्ताको अकुत सम्पति कसरी बढेको थियो ? तस्विरमा हेर्नुस्
अख्तियारले दायर गरेको अभियोग पत्रबाट
फैसलाको अंश
अब, विशेष अदालतको फैसला मिलेको छ, छैन र प्रतिवादीलाई सजाय हुनु पर्ने हो होइन भन्ने निर्णय दिनु पर्ने हुन आएको अन्तिम प्रश्नका सम्बन्धमा विचार गर्नु पर्ने हुन आएको छ । पहिलो र दोस्रो प्रश्नका सन्दर्भमा माथि प्रकरण प्रकरणमा सम्बद्ध कानूनी व्यवस्था,
प्रतिपादित सिद्धान्त र तथ्य एवम् प्रमाणहरुका सम्बन्धमा गरिएको विश्लेषण समेतको आधार कारणबाट प्रतिवादी जयप्रकाश प्रसाद गुप्तालाई सफाई दिएको विशेष अदालत काठमाण्डौंको मिति २०६४।२।२८ को फैसला नमिली त्रुटिपूर्ण देखिन आएकोले सो फैसला उल्टी भई निज प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताले रु.८४,०९,९२८.०७ बराबरकोचलअचल सम्पत्ति गैरकानूनी घढ रुपमा आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (१) बमोजिमकोकसूर गरेको ठहर्छ । सो ठहर्नालेस्रोत पूष्टि हुन नसकेको उक्त चल अचल सम्पत्ति र सोबाट वढे वढाएको सम्पत्ति समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) तथा दफा ४७ वमोजिम जफत भई दफा २०(२) अनुसार विगो वमोजिम रु.८४,०९,९२८।०७ जरिवाना र छ महिना कैद तथा प्रतिवादीले संसद सदस्य र मन्त्री जस्तो जिम्मेवारी पूर्ण पदमा रहेको अवस्थामा सो कसूर गरेको हुँदा दफा २४ वमोजिम थप एक वर्ष कैद समेत जम्मा एक वर्ष छ महिना (१.६) कैद भई विभिन्न वैंकवाट निकाली लुकाई छिपाई राखेको रकम रु.५३,६१,३६५। प्रतिवादीको स्रोत खुलेको अन्य सम्पत्ति समेतवाट भराउने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।

तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भएवमोजिम विशेष अदालतको फैसला उल्टी भई प्रत्यर्थी प्रतिवादी जयप्रकाश प्रसाद गुप्तालाई. एक वर्ष छ महिना (१।६) कैद हुने ठहर भएकोले निजलाई ठहर भएको उक्त कैद सजायमा निज हिरासतमा बसको दिन कटाई बांकी कैदको
लगत कसी कानून वमोजिम असूल गर्नु गराउनु भनी प्रस्तुत फैसलाको प्रतिलिपि सहित काठमाडौं जिल्ला अदालतमा लगत दिनु ............................................................१

विशेष अदालत काठमाडौंको फैसला उल्टी भई प्रत्यर्थी प्रतिवादी जयप्रकाश प्रसाद गुप्तालाई रु.८४,०९,९२८।०७ जरिवाना हुने ठहर भएको हुंदा निजलाई लागेको उक्त जरिवानाको लगत कसी असूल उपर गरी सर्वसञ्चित कोषमा दाखिला गर्न जेथा जमानतको
विवरण सहित काठमाडौं जिल्ला अदालतमा लगत दिनु ..........................................२

विशेष अदालतको फैसला उल्टी भै प्रत्यर्थी प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताले निज तथा निजको श्रीमती सरस्वती पुरी (गुप्ता) का नाउंका वैंक खाताबाट निकाली लुकाई छिपाई राखेको रु.५३,६१,३६५।–प्रतिवादीको श्रोत खुलेको अन्य सम्पत्ति समेतवाट भरी भराउ
हुने ठहरी पैmसला भएकोले सो रकम निजको श्रोत खुलेको अन्य सम्पत्ति एवं सोबाट नपुग भएमा जेथा जमानत दिएको सम्पत्ति समेतवाट कानून वमोजिम जफत गरी सर्वसञ्चित कोषमा दाखिल गर्न काठमाडौं जिल्ला अदालतमा लगत दिनु.....................................३

विशेष अदालतको फैसला उल्टी भई माथि इन्साफ खण्डमा लेखिए वमोजिम निम्न लिखित प्रतिवादीहरुका नाममा रहेका निम्न वमोजिमको सम्पत्ति र सोबाट बढेबढाएको द्धण्ड सम्पत्ति समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) र दफा ४७ अनुसार जफत हुने ठहर भएकोले कानून वमोजिम जफत, लिलाम तथा विक्री गरी सर्वसञ्चित कोषमा दाखिल गर्न काठमाण्डौं जिल्ला अदालतमा लगत दिनु.............................................४
(क) प्रतिवादी सरस्वती पुरी (गुप्ता) का नाममा नेपाल बंगलादेश बैंक लि.को खाता नं. ००८८२१ एस.मा रहेको नगद मौज्दात रु.३६,७०३।५८,
(ख) प्रतिवादी सरस्वती पुरी (गुप्ता) का नामको (आरोपपत्रको तालिका नं. १२ को क्र.सं.६ मा उल्लेख भएको) वैंक अफ काठमाण्डौंको खाता नं.४६०९ मा रहेको रु.४,५८,०५५।,
(ग) प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताका नाउंको स्टाण्डर्ड चार्टर्ड बैंकको खाता नं. १८००९३७७७०१ मा रहेको नगद मौज्दात रु.२,०५,४१३।६८ मध्ये रु.९०,७८८।,
(घ) प्रतिवादी जयप्रकाश प्रसाद गुप्ताका नाउंमा दर्ता रहेको (आरोपपत्रको तालिका नं. १२ को क्र.सं.४ र ५ मा उल्लेख भएको) बा. ३ च ७७३९ को ल्याण्डरोभर जीप–१ र बा.अ.ञ.९६०२ को निशान सन्नी कार–१ समेत मूल्य रु. २४,६३०१६। बराबरका गाडि थान–२ ।
प्रत्यर्थी प्रतिवादी जयप्रकाश प्रसाद गुप्तालाई प्रस्तुत फैसला बमोजिम लागेकोकैद, जरिवाना र निजले बैंकबाट निकाली लुकाई छिपाई राखेको ठहर भएको रकम समेत निजको स्रोत खुलेको अन्य सम्पत्ति तथा सोबाट नपुगे जेथा जमानतबाट जफत, असुल उपर र भरी भराउ भई प्रस्तुत फैसला पूर्ण रुपमा कार्यान्वयन भएपछि विशेष अदालतबाट रोक्का रहेको बांकी सम्पत्ति फुकुवा गरी पाऊं भनी प्रतिवादीको कानूनका म्यादभित्र दरखास्त परे नियमानुसार फुकुवा गर्न सम्बन्धित कार्यालयमा लेखी पठाउनु भनी विशेष अदालत काठमाडौंमा लेखी पठाउनु...........५

माथि ठहर खण्डमा उल्लेख भए बमोजिम विशेष अदालतको फैसला उल्टी भई प्रतिवादीलाई सजाय हुने ठहरी फैसला भएको र विशेष अदालतमा फैसला गर्ने न्यायाधीशहरुले मिसिल संलग्न प्रमाणको मूल्यांकनमा गम्भीर लापरवाही र त्रुटि गरी जसरी भए पनि
प्रतिवादीलाई सफाई दिने भावनाबाट ग्रसित भई प्रतिवादीले बयानमा जिकीर लिए भन्दा बढी तथा बयानमा जिकीर नै नलिएका शिर्षकहरुबाट पारिश्रमिक आयलाई मान्यता दिएको, बैदेशिक भ्रमणभत्ताको रकमलाई पनि दोहोरो हिसाव गरी आयलाई मान्यता प्रदान गरेको, बैदेशिक भ्रमणभत्ता बापत आय दिएको रकममध्येबाट बचत हुने ७० प्रतिशतको गणना गर्दा समेत २१ प्रतिवादीलाई लाभ पुग्ने गरी अंक कायम गरेको, जग्गा भाडाबाट आय प्राप्त भएको भनी प्रतिबादीले बयानमा जिकीर लिए भन्दा बढी आयलाई मान्यता दिएको समेतबाट न्याय सम्पादनको कार्यमा विचलित भएको प्रष्ट देखिएको हुंदा प्रचलित कानून बमोजिम आवश्यक कारवाहीको लागि यो फैसलाको प्रतिलिपि सहित न्याय परिषद् सचिवालयमा लेखी पठाउनु.....................................................................६
प्रस्तुत मुद्दाको दायरीको लगत कटटा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ...............७ (स्रोत तथा डाउनलोड गर्न)

2 comments:

Shree krishna said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

je hos ramrai bhayo .syal lai kal ayo bhane shahar bazar tie najikai ayer karaun6a .thik tystsi bhsyo .jp gupta lai bichara krantikari bhastachari .

विशालको ब्लग said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

wa wa... kasto ramailo surrender garnesath 25% discount... screwed Nepal

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।