नेपालीहरु गरिब छन् अनि नेपाल अरु विकशित देशहरुका लागि तल्लो स्तरका सस्तो कामदार उत्पादन गर्ने गर्छ । नेपालीहरु कामदार भएर संसारका सबै जसो देशहरुमा पुगेका छन् । तपाईले यस्तो सुन्नु भएको छ होला अथवा तपाईलाई मनमा यस्तै लाग्दो हो । तर यो आंशिक सत्य मात्र हो । नेपालीहरु खाली कामदारका रुपमा पैसा कमाउँन मात्र विदेशी भुमी टेक्ने होइनन् । अरु सभ्रान्त मुलुकका मानिसमा जस्तो आडम्बर अनि सोख नेपालीहरुमा पनि छ । र, यसका लागि नेपालीहरु कतिपय विकशित मुलुकमा परिचित हुदैछन् । नेपालका पैसा भित्र्याउँन विदेशी संस्था वा सेवा प्रदायकहरु लालायित हुन्छन् । अचम्ममा पर्नु भएको होला । "गफै त हो नी सम्धी "भन्नु हुदैछ भने तपाई मुर्ख बन्नु हुदैछ । वास्तविकता यस्तो हो ।
भर्खरै मात्र थाहा भए अनुसार नेपालीहरु आफ्ना सोख पुरा गराउँन विदेश हानिदा रहेछन् । नेपालका क्यासिनोमा नेपालीको कडाईको प्रसगं चलिरहदा नेपालीहरु क्यासिनोको प्यास मेट्न सिंगापुरसम्म जानेको गरेको तथ्य प्रकाशमा आएको छ । नेपालका सचिवहरु क्यासिनोको बारेमा जानकारी लिन सिंगापुर गए पछि यो तथ्य खुलेको हो । सिंगापुरको प्रसिद्ध होटल मेरिना बेस स्ट्याण्ड को स्रोतले जनाए अनुसार यो बर्ष चौध हजार सात सय सात नेपालीहरु सो होटलको क्यासिनोमा प्रवेश गरेका थिए । यसबाट थाहा हुन्छ, नेपालीहरु कसरी क्यासिनोको आदी बन्दै गइरहेका छन् । यसैले नेपाली मुद्रा विदेश पठाउँनु भन्दा नेपालमा नै क्यासिनोमा प्रवेश पाउँनु पर्छ भन्ने आवाज पनि उठिरहेका छन् । गरिबीले गाँजिरहेको यो मुलुकमा यस्ता प्रसगंहरु आउँनु र यस्ता बिषयको वकालत गर्नु मुखलाई माड छैन, ..... लाई घ्यु भने जस्तो हुदैन र ?
अब सोच्ने पालो तपाईको । के आर्थिक स्वतन्त्रताको यो अवगुण हो या होइन ? गरिब देश भनिए पनि यहाँका नागरिकहरुको यो विलाशितालाई रोक्नु हुन्छ या हुन्न ? विदेशका क्यासिनोमा उडाएका पैसा यही जफत गरेर देश निमार्णमा लगाउँनु के मानव अधिकारको हनन हुन्छ होला ? यो बाटोमा राष्ट्रलाई अगाडी बढाउँन हाम्रो पनि दायित्व हुन्छ कि सरकारको मात्र ? उत्तर दिन एक पटक गम्भिर त हुनै पर्ला नि होइन ?

0 comments:
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।