केहि समय अगाडी मात्र नेपालका तीन मधेसी नेताहरुले भारतभुमीमा पुगेर आफ्ना प्रभुका अमृत वचन सुनेर नेपाल फर्किए । खुल्लम्खुल्ला ति नेताहरु भन्छन् नेपालको भावी राजनीति र रणनीतिका बिषयमा छलफल गर्न गएका थियौं । सबैलाई थाहा भएको कुरा हो, ति नेताहरुले तराईमा सशस्त्र युद्ध(?) गरिरहेका समुहसँग पनि भेटघाट गरेका थिए । आफ्नो देशको बिषयमा अरु देशबाट रणनीति तयार गरेर नेपाल फर्किने बित्तिकै तराईका बसहरुमा बम पड्किन थालेका पनि थिए । त्यो घटनासँगै आफुलाई मधेसको भाग्यविधाता ठान्ने ति नेताहरुले संविधानसभा भगं गर्नु पर्ने र नयाँ चुनाव गर्नु पर्ने भनेको पनि सुनिन थालिएको थियो । यसै बिच अब पुन अर्को बहस र आन्दोलन थपिएको छ तराई मधेसमा । यो बिषय उठान पनि प्रभुबाट नै बक्स भएको हो भन्ने कुरामा कुनै द्धिविधा छैन । तराईको पहिचान हटाएर के गर्न चाहान्छन् ति नेता यो भनि रहन आवश्यक छैन, जगजाहेर छ । तर यो आन्दोलनले पहिचानको लडाईलाई नयाँ उचाई दिनेमा भने कोसेढुगां सावित हुने छ । के हो त, तराईमा सुरु भएको नयाँ आन्दोलनको बिषय ?
कुनै विशेष दिनको साइत पारेर मन्दिरमा गई आफ्ना मन नपरेका बानी या कुलतलाई भगवान समक्ष चढाएर अब देखि छाड्छु भनेर प्रण गर्ने चलन नेपालमा पहिले देखि नै चलेकै हो । यसको सिको गर्दै भर्खर मात्र भारतबाट आफ्ना प्रभुको आशिर्वाद लिएर फर्किएका मधेसी दलका नेताहरुले प्रभुलाई आफ्नो भाषा नै चढाउँन चाहेका छन् । सद्भावना (महतो), तमलोपा, फोरम नेपाल र लोकतान्त्रिक लगायतका दलहरुले तराईमा व्यापक रुपमा बोलिने मैथिली, अवधी, भोजपुरी, थारु लगायतका भाषा भारतमा चढाउँन लागेका हुन् । यसको बदलामा उनीहरुले तराईमा हिन्दी भाषाको विस्तार गर्न लागेका छन् । ति दलहरुले राष्ट्रिय जनगणना २०६८ मा मातृभाषा हिन्दी लेखाउँन आफ्ना कार्यकताहरुलाई निर्देशन दिएका छन् । तर मैथिली साहित्य परिषद्का सहसचिव श्यामसुन्दर यादवका अनुसार नेपालमा कुनै पनि समुदायको मातृभाषा हिन्दी छैन । स्मरण रहोस् ०५८ को जनगणनामा ०.४७ प्रतिशतको मात्र भाषा हिन्दी थियो भने २७.९३ प्रतिशत नागरिक मैथिली, भोजपुरी, अवधी र थारु बोल्दछन् ।
मधेसवादी दलहरुको आधार क्षेत्र भनिने सिरहा र सप्तरीमा हेर्ने हो भने ०५८ को जनगणना अनुसार१३ लाख ६३ हजार ७ सयमा ३ हजार २ सयले मात्र हिन्दी भाषा प्रयोग गर्छन् ।
मिथिलाञ्चल क्षेत्रमा मैथिली भाषाको प्रभाव व्यापक छ । ऐतिहासिक साहित्य अनुसार मैथिली भाषाको जन्म सातौं शताब्दिमा नै भएको हो । हाल यस्को आफ्नै लिपी र व्याकरण छ ।
यदि हिन्दी भाषालाई मातृभाषा कै रुपमा यसको वकालत भए रहनसहन, भाषासंस्कृति र भोजनमा समेत अधिपत्य जमाएर यहाँको स्थानिय पहिचान माथी नै खतरा निम्तिन सक्छ । र, अन्तमा नेपालको भुमी भारतको उपनिवेश बन्ने स्थिती देखा पर्छ ।
यसकारण तथ्याकं तथा ऐतिहासिक दृष्टिकोणबाट पनि मैथिली भाषा तराईको पहिचान बनेको छ । तराईका जनताको हितमा राजनीति गर्ने भनिएका दलहरुबाट हिन्दी भाषाको मुद्दा उठाउँनु भनेको तिनीहरुको भित्री चरित्र पर्दाफास हुनु हो । यसबाट थाहा हुन्छ, आफुलाई मधेसवादी दलहरु भन्न रुचाउँने दलहरुको ग्य्राण्ड डिजाइन ।
जुनसुकै हालतमा भए पनि नेपालका भुमीपुत्रहरुले बोल्ने भाषालाई विस्थापन गरेर हिन्दीलाई मातृभाषाको स्थान दिनु हुदैन । आखिर हामीले बुझ्नु पर्छ, हाम्रो भाषा नै हाम्रो पहिचान हो ।
अन्त्यमा, आफ्नो भाषा जोगाउँन र हिन्दी भाषाको अतिक्रमणबाट बचाउँन क्रियाशिल तथा जनगणनामा हिन्दीलाई मातृभाषाको दर्जा दिलाउँनु हुदैन भनेर आन्दोलनको घोषणा गरेको मैथिली साहित्य परिषद् प्रति ऐक्यबद्धता जनाउँदछु ।
तपाईको पनि समर्थन छ नि होइन ?
1 comments:
jabasamma rashtrama sarkar kamjor ani dalharu kursiko lagi hanathap garchhan tyaha teshro tatwale bidhwansha machchaera faida ta lutne bhai halyo ni. Madhab Nepal ko sarkarma tiniharulai samel garauda kahi bumb patkiena tara ahile Indiako ra uska gulami garne dalharule naruchaieko sarkar chha tysaile yasto arajak badiraheko chha. Tara hamro kura kasle sunne ra????
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।