जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

बन्दको अध्यारो इन्टरनेटमा पनि

नेपालमा प्राविधिक गडबडि बाहेकको समयमा इन्टरनेट सेवा बन्द भएको हिजो सम्म एउटा मात्र इतिहास थियो । तर आज देखि त्यो रहेन । आफ्नो माग पुरा गर्न बन्द आवहान गर्ने कुचलन अब इन्टरनेटमा पनि सुरु भयो । आफु अथवा आफ्नो संगठनमा अन्याय भएको भन्दै एउटा संगठनले आज दिनको १ देखि २ बजे सम्म इन्टरनेट सेवा बन्द गरेको थियो । एडिएसएल देखि बाहेकका इन्टरनेट बन्द गरेको त्यो संगठनले भोली देखि बन्दको समय बढाउँदै लैजाने सगर्व घोषणा गरेको छ । त्यो बन्दको समयमा तपाईले पनि इन्टरनेट चलाउँनु भएको थियो भने तपाईले खोल्न चाहनु भएको साइट नखुली यस्तो सन्देश आएको हुनु पर्छ ।(तस्विरमा हेर्नुहोस् ।)




नेपालको अन्तरिम संविधानमा इन्टरनेट, टेलिफोन, रेडियो, टेलिभिजन केहि पनि बन्द गर्न नपाईने व्यवश्था गरिएको छ । यसरी गैरसंवैधानिक रुपमा बन्द गर्ने संगठन हो, आइएसपीहरुको संगठन इस्पान । उसले कलवाइपास लगायतका गैरकानुनी काममा बिना प्रमाण आरोपको भरमा व्यावसायीलाई कारवाही गरेको भन्दै विरोध जनाएको बताएको छ । (हेर्नुहोस् प्रेस विज्ञप्ती ।)

ठिक छ, उनीहरु मारमा परेका होलान् । यो कानुनी उपचारको कुरा हो । यसका लागि कानुनले तय गरेका विकल्पहरु छन् । तर एक्कासी अन्याय भयो भन्दैमा गरिएको बन्दले हामी उपभोक्तालाई चै के न्याय गरेको छ त ? उनीहरु कै दावी अनुसार उनीहरु अन्यायमा परेका पनि होलान्। तर के त्यसो भन्दैमा इन्टरनेट जस्तो अत्यावश्यक सेवालाई गैर संवैधानिक रुपमा बन्द गरी विरोधमा उत्रन पाइन्छ ? के इन्टरनेट भनेको तरकारी पसल वा चिया बेच्ने पसल जस्तो हो र- मन लागे बन्द गर्ने, मन नलागे खोल्ने ? दुनियाँमा कतै नहुने इन्टरनेटै बन्द गरी विरोधमा उत्रने यस्तो अनौठो सल्लाह आइएसपीहरुको संगठन आइस्पानलाई कसले दियो ? जसले जे सल्लाह दिए पनि लागू गर्ने पदाधिकारी कस्ता ?
यो संविधानले व्यवस्था गरेको सूचनाको अधिकारको हनन् हो। यो लाखौँ उपभोक्ताहरुलाई व्यवसायीले देखाएको चरम गैरजिम्मेवारीपनाको नमूना हो। पानी, विद्युत र टेलिफोन सेवा जस्तै इन्टरनेट सेवा भनेको पनि अत्यावश्यक सेवा हो भन्ने यी व्यवसायीहरुले कहिले बुझ्ने ?




यदि इन्टरनेट साहुहरुले विरोध गर्न सक्छन् भने हामी इन्टरनेट उपभोक्ता पनि त्यसको विरोध गर्न सक्छौँ, आउनुस् इन्टरनेट साहुहरुले गरेको हाम्रो सूचनाको अधिकारको हननको विरोध गरौँ। पठाउनुस् विरोध इन्टरनेट साहुहरुको संगठनको इमेलमा info@ispan.net.np अथवा आइस्पानका निम्न पदाधिकारीलाई विरोध इमेल लेखौँ-
President
Mr. Binay Bohra
Vianet Comunictaions Pvt. Ltd
Pulchowk, Lalitpur
Tel.: +977-1-5546410
Fax: +977-1-5537318
Email: binay@vianet.com.np
General Secretary
Mr. Pawan Pradhan
Mitra Network Private Limited
Manbhawan, Lalitpur
Tel.: +977-1-5538180
Email: pawan@mitra.net.np
Secretary
Mr. Deepak Shrestha
Subisu Cable Network Pvt. Ltd.
Baluwatar, Kathamndu
Tel.: +977-1-4429616/4429617
Fax: +977-1-4430572/4240165
Email: deepak@subisu.net.np
अथवा फोन गरौँ 5530313 वा फ्याक्स गरौँ 5520131 मा। यदि आज हामी चुप बस्यौँ भने भोलि कुनै पनि बहानामा यिनीहरुले पूरै इन्टरनेटलाई आफ्नो कब्जामा लिनेछन्। 
उनीहरुको घोषणा उनीहरुकै भाषामा यहाँ हेरौं (click)

3 comments:

Subidha Luitel said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

internet nachalda ta bijok vayo hae

खगेन दहाल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

prayog sabai field ma garnu parchha.communism le pani ta yasai vanchha hola haina?

Kn Gyawali said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

tyo bhanda ke sew chahiyo ra tapailai

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।