जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

के म अन्ना हजारे भन्दा कम छु र ?

“अन्ना हजारे एक्लैले तह लाउँन सक्छन् इन्डियामा भएको भष्ट्राचारलाई ।”
“गाली मात्रैले बदल्न सक्दैन देशलाई, नागरिकको चेतनाले बदल्छ देश । अन्ना हजारे त्यही चेतनाको भौतिक उपस्थिती हुन् ।”
“अन्ना हजारे हामी तिमीसँगै छौ ।”
“तिमी नयाँ इन्डियाका महात्मा गान्धी हौ ।”
“हजारे तिमी अघि लाग, हामी पछि पछि छौं ।”
फेसबुकमा भारतिय मित्रहरुले आफ्नो स्टाटसमा यस्ता धेरै तारिफ लेखे । ट्विटरमा ट्विट गरे । इन्टरनेटको ठुलो कोठामा हजारेले ठुलै प्रसिद्धी कमाए । त्यही तारिफको पुलमा नेपाली साथीहरुले पनि थप्न थाले ।
“नेपाललाई चाहिएको छ अन्ना हजारे ।”
“हजारे तिमी नेपाल पनि आउ ।”
“देशमा म एउटा हजारे खोजिरहेछु ।”
कसैले गीत शैलिमा त कसैले कवितामा । जस्ले जे जान्यो त्यही भाकामा अनि जहाँ मिल्यो त्यही तारिफका पुष्पगुच्छा तयार भए । अन्ना हजारे, हजारे अन्ना, अन्ना र हजारे विभिन्न नाममा । म आफु सोच्छु, के म अन्ना हजारे भन्दा कम छु र ?




एक पटक सोचौ त अन्ना हजारेले के गरे ? उनले कुनै चामत्कारिक कुरा गरेका होइनन् । क्षणभरमा देशलाई संसारकै नम्बर एक बनाउँने उपाय ल्याएका पनि होइनन् । उनले गरेको सामान्य कुरा हो । उनले असल नागरिक भएको जिम्मेवारी पुरा गरेका मात्र हुन् । शान्तपुर्वक देशमा व्याप्त कुसंस्कारको बिरोध मात्र न गरेका हुन् । देशमा कानुन बनाएर मात्र हुदैन, कसैलाई पनि अपराध गरेर जोगिन नपाउँने गरि कडा कानुन बनाउँनु पर्छ मात्र त भनेका हुन् । यी कुरा त्यती गा¥हो, अफ्ठ्यारो र गर्नै नसकिने कुरा हो त ? एक पटक ठंडा दिमागले सोच्नु होस् त । यो आग्रह सबैलाई हो । खास गरि हस्तक्षेपकारी भुमिकामा रहेका व्याक्तिहरुलाई हो, जो भएको दिमागको उपयोग गर्न चाहदैनन् तर पनि उच्च पदमा छन् ।

यति सामान्य कुरा गरे पनि किन अन्ना हजारे सबैका आदर्श बने ? प्रश्न जति सरल छ, जवाफ त्यती न सरल । हो, उनले सामान्य कुरा गरेका हुन् । यसो हो भने किन हामी पुन अन्ना हजारेलाई मात्र गुहारिरहेका छौ त ? अन्ना आउ, अन्ना दि गे्रट । अन्ना अनि अन्ना र फेरि अन्ना । उनको तारिफ मात्र गरेर उनले थालेको काम अगाडी बढ्ने हो र ? हामी भित्र पनि त त्यस्ता आग्रह, आक्रोश र प्रतिक्रिया जन्मन्छन् । वास्तवमा हामी हरेकमा हरेक सानाठुला कुरामा प्रतिक्रिया जन्मन्छन् । तर पनि हामी एकैछिनमा विचार बदल्छौ । हामी एकले गरेर के हुन्छ ? हाम्रो दिमागमा त्यही आउँछ । र, हामी सबै कुरा चुपचाप सहन्छौ । धेरै गरेको भनेको चिया पसलमा, फेसबुकमा या ट्विटरमा गनगन गर्छौ । अनि यसरी जन्मन्छन् त अरु हजारेहरु ? एक अन्ना कहाँ कहाँ मात्र पुगेर भ्याउँलान् र ।

हामी सहन्छौ, सहन्छौ अनि सहदा सहदा सबै कुरा बिग्रिसकेको हुन्छ । तब बिरोध गर्र्न हामी बन्दमा उत्रन्छौ । हाम्रो संस्कार नै यस्तै छ । तर हामीमा आएका आक्रोशहरु पोख्नलाई बन्द नै गर्न पर्दैन । र, कुनै बिशेष चाड नै पर्खनु पनि पर्दैन । प्रतिक्रिया भनेको टिका थापे जस्तो हो र, कात्र्तिकको विजयादशमी पर्खिनलाई ? सभ्य ढङ्गले जुनसुकै बेला हामी आफ्ना प्रतिक्रिया राख्न सक्छौ । मैले यसो भनिरहदा बन्दको विकल्पमा गरिने सभ्य आन्दोलन के हुन्छ भनेर कसैले प्रश्न सोध्न सक्छ । तर के हामी त्यती असभ्य छौ र मैले यसको उत्तर दिनु पर्छ ? यसैले सामान्य नागरिकले बोक्ने भावना बोकेर त्यसलाई शान्तिपुर्वक प्रतिक्रिया जनाउँनु भयो भने प्रमाणित हुन्छ, तपाई भित्र पनि छ अन्ना हजारेको जति तागत ।(kontera, sign up, hotel, blog, tourism)



म भित्र छ अन्ना हजारेको तागत । अन्नामा जे छ, उनमा जस्तो प्रतिक्रिया आउँछ, हाम्रो मनमा पनि आउँछ । महगींले उनलाई पनि छुन्छ, हामीलाई पनि छुन्छ । विनाकारण सरकार ढलेको देख्दा तिनलाई जस्तो विचार आउँछ, हामीलाई पनि त्यस्तै विचार आउँछ । भ्रष्ट्राचारको बिरोध उनले गर्छन्, हामी पनि त गर्छौ । उनमा हामीमा भन्दा अलग त्यस्तो चामत्कारिक गुण केहि छैन । तरपनि उनी महान् छन् । अत हामी उनले गरेको काम किन गर्न सक्दैनौं ? यसैले सोचौं । आफैसँग भनौं । के म अन्ना हजारे भन्दा कम छु र ?


1 comments:

janak khatri said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

rest in peace

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।