जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

२०६७ मा जसलाई देशले गुमायो


जीवनको एउटा मात्र सत्य हो, मृत्यु । भागेर कँही पनि जान नसकिने र जुनसुकै अवश्थामा पनि उही नियम लाग्ने संसारको एउटा मात्र नियम हो, मृत्युको नियम । मृत्यु प्राकृतिक कुरा हो । यसैले सबै मृत्यु महत्वको बिषय बन्न सक्दैनन् । न त सबै मृत्युले सार्वजनिक चासोको बिषय नै बन्न पाउँछन् । त्यस्ता केहि मात्र मृत्यु हुन्छन् जसले सार्वजनिक महत्व बोकेको हुन्छ । ति पक्कै पनि कर्मशिल उच्च मानवको मात्र मृत्युको बिषय हुन्छ । यस्तै कर्मशिल मानिसहरुलाई गुमाएको छ २०६७ सालमा नेपालले पनि । ति पुन्य आत्मालाई एक पटक सम्झौं ढल्न लागेको २०६७ सालको फर्किएर हेर्ने क्रमसँगै 





सन्तनेता किसुनजी
जीवनकालमा कोहीबाट सन्त नेता त कोहीबाट अरु नै नकारात्मक उपाधी पाएका कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको मृत्युले महत्व पायो । देशका दुई पटक प्रधानमन्त्री भइसकेका र करिब दुई दशक नेपाली कांग्रेसका् सभापति भएका सन्तनेता किसुनजीको सम्पतीको नाममा एउटा बाकस, एउटा पानी खाने सुराई र एउटा छाता मात्र थिाये । प्रधानमन्त्री निवासबाट बाहिरिदा उनको बस्ने घरसम्म थिएन । यसकारण उनको लोभ रहित जीवनचर्याको कारणले नै उनको मृत्युले महत्व पाएको हो ।

डायमन शमशेर
यही बर्ष ऐतिहासिक उपन्यासकार डायमन शमशेरको मृत्यु पनि समाजलाई तरगिंत गर्ने घटना भयो । सातवटा ऐतिहासिक उपन्यास लेखेका डायमन्डको सबैभन्दा महत्वपुर्ण कृति हो सेतोबाघ । जंगवहादुर राणाका छोराहरुको जीवन घटनाको रोमाञ्चक वर्णन भएको सेतोबाघ अंग्रेजी लगायत १० वटा भाषामा अनुवाद भइसकेको छ । त्यही सेतोबाघको रोयल्टीले नै आफुलाई समृद्ध बनाएको राणा बताउँथे । 

आनन्दीदेवी
मधेसको राजनीतिमा आनन्दीदेवी सबैभन्दा बिकाउ नाम हो । मधेसवादी राजनीतिमा महत्वपुर्ण भुमिका खेल्ने गजेन्द्रनारायण सिंहको मृत्यु पछि उनकी श्रीमती आनन्दीदेवीलाई थपना राखेर धेरै गुट उपगुटले राजनीति गरे । धेरैले सभासद र मन्त्रीको पद हाशिल गरे । यद्यपी गएको फागुन ३० गते उनको मृत्यु हुँदा तिनै दलका नेता कार्यकर्ता उपस्थित भएनन् ।

गौरीशंकर खड्का
झापा क्षेत्र नं. २ बाट संविधानसभामा निर्वाचित भएका गौरीशंकर खड्काको यही बर्ष निधन भयो । उनी माओवादी भित्र राजेन्द्र उपनामबाट परिचित थिए । उनले त्रि.वि. बाट इतिहासमा स्नातकोत्तर गरेका थिए । उनी जनमोर्चाको केन्द्रिय सदस्य हुँदै ०६० सालमा माओवादीको केन्द्रिय सदस्य भएका थिए ।

गंगा बहादुर थापा
अन्तराष्ट्रिय खेलकुदमा नेपाललाई चिनाउँने पहिलो धावक गंगा बहादुर थापाको ८४ बर्षको उमेरमा निधन भयो । उनी सन् १९६४ मा जापानको टोकियो ओलम्पिकमा सहभागी भएका थिए ।

शान्ति मास्के
चलचित्र सन्तानको सुटिङ गर्दा ढुगांमा छाती ठोकिएर मुटु रोगी बने पनि २५ बर्ष निरन्तर रजतपटमा रहेकी अभिनेत्री शान्ति मास्केले यो बर्ष संसार छोडिन् । उनको मृत्युसँगै उनको कलाको प्रशंसा र उनको चर्चा अकाशियो ।




गोपाल भुटानी
 इलाममा जन्मेर चार बर्षमा भारत पुगेका भुटानीको गुरुबाट सापट लिएको भुटानी नामका कारण नै नेपाली नागरिकता पाउँन सकेनन् । उनको मृत्युसँगै उनको नेपाली नागरिक बन्ने सपनाको ठुलो चर्चा चल्यो ।

कुमार कान्छा
गायक कुमार कान्छाको गत माघमा भारतको मुम्बइमा उपचारको क्रममा मृत्यु भयो । २० बर्ष अघि चिनोबाट पाश्र्व गायन सुरु गरेका कान्छाले करिब १ सय नेपाली चलचित्रमा स्वर दिएका थिए । 


0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।