जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

हुँदा—हुँदा भुटानले पनि हेप्न थाल्यो यार

ओरालो लागेको हरिणको चाल जस्तो भइसक्यो नेपालको हालत पनि, जसले पनि पेल्न थाल्यो अब त । एउटा छिमेकी देश छ भारत कहिले हाम्रो सीमामा अतिक्रमण गर्छ (कालापानीको घाउ अझै ताजै छ ।), कहिले हाम्रो सत्तामा (देश नै कब्जा गर्न उसको सेना सीमाना कटेको घटना पनि कहाँ पुरानो भएको छ र ?) । जतासुकै हालीमुहाली गर्ने उसको सपना पुरा नहुने जस्तो लाग्यो कि सात समुद्र पारीका देशमा आफ्नै छिमेकी देश हाम्रो नेपाललाई असफल मुलुक भइसक्यो भनेर कुरा लगाउँछ । रोटी र बेटीको सम्बन्ध भने पनि उसको नेपालमा ढलीमली अति नै छ । लौ यसमा त नेपाल बानी परिसक्यो रे, र केही पनि नबोलेको भनेर मान्न सकिएला । अब त हुँदा—हुँदा कहाँको संसारकै कमजोर मध्येको देश भुटानले पनि हाम्रै देशमा आएर हामीलाई हेप्न थाल्यो यार ।



भाषाका कुरा बेग्लै हो अनि राष्ट्रियताको कुरा अलग । यी अलग अलग दुई बिषयवस्तुलाई एक ठाउँमा राखेर हेर्न थालियो भने संसारमा युद्धका लागि भाषा भन्दा अर्को मुद्दा निस्कने छैन । जहाँको भाषा त्यहीको नागरिकता भन्ने हो भने संसारको मुलकको सिमाना आजको जस्तो हुने छैन, यो पक्का हो । संसारको यही नियमलाई नकारेर जहाँको भाषा संस्कृती त्यहीको राष्ट्रियता भनेर आफ्ना देशका नेपाली भाषी नागरिकलाई आफ्नो देशबाट निकालेको निकै बर्ष भइसक्यो । अहिले आएर आफ्ना देशका नागरिक आफ्नै देश लैजा भन्दा हाम्रै अगाडी यी मेरा देशका नागरिक होइनन् सम्म भन्न थालिसक्यो भुटानको प्रधानमन्त्रीले ।

वास्तवमा भुटानी प्रधानमन्त्रीले हाम्रो अडानविहिनताको फाइदा उठाएको प्रस्ट देखिन्छ । नेपालका रहेका भुटानी शरणार्थीलाई भुटान फर्काउँन नेपालले पहल गरेको धेरै भइसक्यो तर अहिलेसम्म पनि नेपालले सो मुद्दामा आफ्नो अडान यही हो भनेर प्रस्तुत गर्न सकेको छैन ।

यसरी नेपालले आफ्नो विदेशका मुद्दा अथवा आन्तरिक मुद्दामा निश्चित अडान लिन नसकेको कारणले नै नेपालको विदेश नीति स्पस्ट हुन सकेको छैन । यस्तै अवश्था रहिरह्यो भने आज भुटानले हेपेको मात्र छ, भोली देखि नेपालले आन्तरिक मुद्दामा भुटानको हस्तक्षेप सहनु नपर्ला भन्न सकिन्न ।




यसैले जति सक्दो चाँडो नेपालले आफ्नो विदेश नीति तय गर्न जरुरी छ । नत्र नेपालको वैदेशिक हैसियत पशुपतिनाथले पनि बचाउँन सक्दैनन् ।


2 comments:

Bikram Baral said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nepali janatako ragat tattyo vane k hun6 vanna

Lokendra Thapa said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

gati chhade pachhi hepdaina ta?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।