जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

प्रधानमन्त्रीज्यू यस्तो किन भयो ? स्पष्टिकरण दिनुहोस्

अपडेट: दुई देशको नागरिकता र तिब्बती शरणार्थी परिचयपत्र विवादमा परेका डा.(?) ल्हारक्याल लामा अब चै जाकिने भए आफैले खनेको खाल्डोमा । उनको नागरिकता, राहदानी र शरणार्थी परिचयपत्रको बारे बयान दिन भनेर संसदको राज्य व्यवश्था समितीले प्रधानमन्त्री झलनाथ खनाललाई बोलाएको छ । उनको यो विवादका बारेमा अब अख्तियारले पनि अनुसन्धान गर्ने बताएको छ । जति विवाद बढ्दो छ, उनको नयाँ नयाँ कर्तुत पनि खुल्दैछ । उनले अमेरिकामा बौद्ध धर्मको कार्यक्रममा गएको बेला एक अमेरिकी महिलाको पचास हजार अमेरिकी डलर चोरेको आरोप लागेको कुरा पनि अहिले चर्चामा छ । उनका अरु-अरु आरोपका बारेमा जान्न भित्र आउँनुहोस् ।





कहिले तिब्बती शरणार्थी, कहिले भारतीय नागरिक अहिले नेपालको राज्यमन्त्री
उनीसँग राष्ट्रियता भारतीय उल्लेख गरेर लिइएको ए २१२९८१२ नम्बरको भारतीय राहदानी छ, जसमा उनको नाम खेम्पो छिमे छिरिङ छ । उनले सन् १९६९ मा तिब्बती नागरिकको हैसियतमा भारतको मैसुरबाट लामा छिमे छिरिङ नाम राखी शरणार्थीको परिचयपत्र लिएका छन् । यतिले मात्र नपुगेर उनी हाल झलनाथको मन्त्रीमण्डलमा अर्थ राज्यमन्त्री छन्, जहाँ उनको नाम डा. ल्हारक्याल लामा छ । हुनलाई त उनीसँग नेपाली नागरिकता पनि छ र, नेपाली राहदानी पनि । तर उनले कुन जिल्लाबाट नागरिकता लिए भन्ने आजसम्म पुष्टि भएको छैन । उनका विरुद्धमा ६ बर्ष अगाडी देखि नै गुह मन्त्रालयमा उजुरी छ । तिनै अर्थ राज्यमन्त्री डा.(?) ल्हारक्याल लामाको विस्तृत विवरण


साच्चै भन्दा झलनाथका दिन बिग्रेका हुन् कि के हो, एक पछि अर्को गर्दै उनको मन्त्रीमण्डलका सदस्यहरु विवादमा तानिदैछन् । नक्कली भ्याट बिल प्रकरणबाट भएको विवादबाट अमेरिका गएर केहि उम्किएका भरतमोहन अधिकारी नेपाल फर्किसकेका छैनन् । उनकै राज्यमन्त्री राष्ट्रियताको विवादमा तानिएका छन् । अझ भनौं उनको भण्डाफोर भएको छ ।

उनीसँग भएको जस्तो तिब्बती शरणार्थी परिचयपत्र पाउँन तिब्बती नागरिक भएको हुनै पर्छ । हेर्नुस् उनीसँग भएको शरणार्थी परिचयपत्र
फोटो साभार : mysnasar.com

उनीसँग भएको भारतीय राहदानी
फोटो साभार: mysansar.com







राज्यमन्त्री लामाका अरु चलखेल यस्ता छन्
उनी आफ्नो नामका अगाडी डा. लेख्ने गर्छन् । यो कुनै एमबिबिएस अथवा पिएचडीबाट प्राप्त भएको होइन । उनले भारतको मैसोरस्थित एउटा बौद्ध अध्ययन केन्द्रबाट खेन्पो उपाधि मात्र पाएका हुन्। यो केन्द्र औपचारिक विश्वविद्यालय पनि हैन। खेन्पो उपाधि पाउनुलाई डक्टरेट गरे सरह मानिन्छ तर कसैले यसरी पीएचडी नै गरेसरह डाक्टर लेखेर हिँड्दैनन्। यस अर्थमा पनि उनको यो डा. वास्तविक होइन ।

उनले आफ्नो वेबसाइट (यहाँ क्लिक गर्नुस्) मा आफू हेलम्बुको सयभन्दा बढी निङमा गुम्बाहरुको आध्यात्मिक नेता भएको लेखेका छन्। हेलम्बुबासीहरुलाई सोधे हुन्छ, यो गलत हो। उनी एउटा पनि गुम्बाको प्रमुख छैनन्।

६ बर्ष अगाडी उनलाई दुई देशको राहदानी बोकेको आरोपमा उजुरी पर्दा उनी कांग्रेस निकट थिए । उनले कांग्रेसको शक्तिका कारण उन्मुक्ति पाएको बताईन्छ । त्यसबेला गृहले उनकै उपस्थितीमा यथार्थ बुझेर जानकारी दिन सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरे पनि उनी सम्पर्कमा नआएको भन्दै त्यसलाई एउटा कुनामा थन्काइयो ।

२०३४ ३५सालमा हेलम्बुमै गरिएको नाबालक दर्तामा त्यतिबेला उनको उमेर १२ बर्ष उल्लेख छ । प्रशासनका नायब सुब्बा रमेश घिमिरेका अनुसार त्यतिबेला प्रशासनले नाबालक नाम दर्ता रेकर्डको नाममा रेजा लगाएरमात्र नागरिकता दिने गरेको थियो । तर उनको नाममा रेजा लगाएको छैन । यसैले उनले हेलम्बुबाट नै नागरिकता लिएकोमा पनि शंका छ ।

दलाई लामाको नेपालस्थित दुतको हैसियतमा रहेको लुम्बिनी फाउन्डेसनसँग आबद्ध छन् । र, उनले दलाई लामासँगै बसेर खिचाएको फोटो आफ्नो वेभसाइटमा राखेका छन् । स्मरणरहोस् दलाई लामा स्वतन्त्र तिब्बतका नेता हुन् र, नेपाल स्वतन्त्र तिब्बतको बिरोधी मुलुक हो ।


असर के हुन्छ ?
लामालाई राज्यमन्त्री नियुक्त गरे पछि चिनले तिब्बत प्रति नेपालको धारणा धरमराएको हो कि भनि शंका जनाएको छ । उसले यसप्रती असन्तोष जाहेर गरिसकेको छ । यसलाई चिनले भारतलाई खुसी बनाउँने नीतिका रुपमा बुझ्न सक्ने सम्भावना देखाउँछ । यदि यस्तो हो भने नेपालप्रति चिनको धारणा परिवर्तन हुन सक्छ । जसबाट भारत र चीन बिचको सन्तुलनमा गडबडी आएर नेपाललाई नै घाटा हुने प्रस्ट छ ।


4 comments:

gopal khadka said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

kick him out from nepal. pareko ma behorula....

khum said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

a, perhaps it is of his obligation,
otherwise nobody used to have wish make weight of three pasport.....

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ए झलनाथजी बोलौ न हौ । तै जा स्पष्टिकरणमा म नान्न भन्न पाइन्छ र ?

अवन्तीका घिमिरे said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नहुने बेलामा नाती देखि मर्दै आउँछ भन्थे । झलनाथजीलाई ठ्याक्कै त्यस्तै हुँदैछ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।