जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

गर्मीमा पग्लिँदा वैँशहरु

-हरिहर शर्मा-

वैँशको उकालो चढ्दै गएका युवतीहरुलाई चैतमासमा पोइल जाऊँ–जाऊँ लाग्छ रे । यो भनाइले केटीहरुलाई मात्र छुँदैन । केटी पोइल जानु वा केटी केटासँग भाग्नु/लाग्नु भनेको केटाले केटीलाई भगाउनु पनि हो । अर्थात् चैतमासको फुङरुङ्ग र उखरमाउलो परिवेशमा वैँशको रन्को केटीहरुलाई मात्र चढ्दैन, केटाहरुलाई पनि चढ्छ । काठमाडौँका सडकमा यो चैतमासको वाफमा वैँशका प्रदर्शनी भइरहेका छन् । कुनै औपचारिक समारोह छैन, न औपचारिक निम्तो नै । न समयको पावन्दी छ, न दृश्यावलोकनमा रोकतोक नै । तातो छल्न भन्दै केटीहरु कपडाको साइज घटाउँदै छन्, यता विचरा केटाहरु दोहोरो तापको मारमा छन्–प्रकृतिको खुला तातो र वैँशको बन्द तातो !


चैतमासका सडकका वैँशालु प्रदर्शनले दूर्घटनाको सम्भावना बढाएका छन् । सडकमा हिड्दा वा गुड्दा व्यस्त बाटोमा चनाखो हुनुपर्ने आँखा र सन्तुलित हुनुपर्ने मन अन्यत्र दृश्यतिर लोभिएपछि दूर्घटना बढ्नु स्वभाविक हुन्छ । किन लोभिनु त यस्ता दृश्यमा भन्ने प्रश्न उठ्न सक्छ । जवाफ त्यति अप्राकृतिक छैन, लड्डुतिर नलोभिने को छ र ?



केटाहरुले जिस्काए हुन्थ्यो भन्ने चाहन्छन् सायद केटीहरु । नत्र शरीरका झ्याल ढोका यति विघ्न किन खुल्दा हुन् ? फेरि उनीहरु नै हुन्, केटाहरुले जिस्काउँदा रिसाउने र बाइस–सत्तरी नखरा पार्ने । यस्तो नखरा बुझिनसक्नुको छ । केटाहरु उस्तै धर्मात्मा ! केटीहरुको जिस्किने चाहना पूरा गरिहाल्ने– जिब्रो पड्काएर, सुसेलेर वा आँखा सन्काएर ।

शरीरका भित्री पाटपूर्जाहरुको शतप्रतिशत अवस्थिति झल्काउने खालका कपडामा केटीहरु सजिँदा केटाहरुमा पसिना कम र ¥याल बढी आउँछ । आधुनिकता र स्वतन्त्रता पर्याय बनेका छन्, खास फेसनको मामलामा । नौनीजस्ता भित्री कोमल अङ्ग स्वतन्त्र छाड्ने आधुनिक केटीहरुको पारा देख्दा भने केटाहरुमा पसिना बढी आउन थाल्छ, चिटचिट !

केटाहरुका आँखाहरु पनि त्यस्तै, कहाँकहाँ हेर्न भ्याउँछन् । हेराइ पनि कति चुस्त र दूरुस्त ! माथि कपालदेखि तल कुर्कुच्चासम्मको वृहत अवलोकन गर्ने काम क्षणभरमै पूरा हुन्छ । केटाहरु कपाल, आँखा, ओठ, छाती, पेट, कम्मर, हिप, खुट्टा आदि हेर्ने काम मात्र गर्दैनन्, आफ्नो ‘गच्छेअनुसार’ तिनको तुलनात्मक विश्लेषण गर्ने काम पनि गर्छन् । 

कतिको जीउ साँच्चै लोभलाग्दो हुन्छ; सडकमा देखाउँदै हिड्नु ठीक होला÷नहोला, देखाउन लायक हुन्छ । कतिपयको भने छातीभन्दा पेट ठूलो हुन्छ र उसैले लाएको हुन्छ नाइटोको खाल्डोसमेत देखिने टाइट लुगा । ठिटीहरुमा ‘एमटिभी’ र ‘जुम’को असर देखिन्छ भने भाउज्यू–आण्टीहरुमा ‘स्टार–प्लस’ र ‘जिटिभी’का सिरियलको भूत सवार छ ।

मःमः खाँदाको पच्चीस मिनेटमा पंक्तिकारले गरेको अनुसन्धानको नतिजा के छ भने, मःमःको डल्ला मुखमा हाल्न प्लेटतिर झुक्दा अगाडि आउने कपाल तह लगाउन केटीहरु हरेक मिनेटको चौथाइ समय दिन्छन् । मःमःको एक डल्ला चपाञ्जेल थुप्रै पटक कपाल मिलाउने काम हुन्छ । मःमः घिच्ने बेला त कपाल बाँध्नु नि,कही नभएका कपाल !

अनुसन्धानको अर्को फाइण्डिङ के पनि छ भने, कतिपय छिल्लिएका केटीहरु उभिँदा छातीमुनी हात बाँधेर यसरी उभिन्छन् ता कि उनीहरुको छातीको आयतन ज्यादा देखियोस् । केटीहरुको छाती केटाहरुका लागि भूकम्पको केन्द्र हो भन्ने जान्दाजान्दै, केटीहरु भूकम्पको रेक्टर स्केल बढाउन किन अतिरिक्त प्रयास गर्छन्, सोचनीय विषय छ । 

आजभोलिका मैयाहरुको हाँस्ने शैली विचित्रको छ । आधुनिक र सभ्य भनाउँदा युवतीहरु दाँत च्यापेर ओठ च्याती हाँस्छन्, हाँसो हो कि खिसी हो थाहा नहुने गरी । प्राइभेट ठाउँमा त ठीकै छ; सार्वजनिक स्थलमा समेत धेरै सङ्ख्यामा महिलाहरु जम्मा हुँदा आँखा चिम्लेर यसरी हाँस्छन् कि छेवैका अरुहरु हाँसेर रिसाउन भ्याइसकेका हुन्छन् !

प्रकृतिले बनाएको नारीपुरुष सम्बन्ध र आकर्षणको नियम विशिष्टको छ । यही नियमको कृपा हो कि आज सृष्टि गतिशील र सन्तुलित छ । अतः विद्यमान नारीपुरुष आकर्षणलाई गलत अथ्र्याउनु हुँदैन । तर आकर्षणको सृजना र व्यवस्थापन गर्ने क्रममा हुने हरकतहरु मर्यादित हुनुपर्छ । मर्यादा समाजका मान्यता र राष्ट्रका कानुनसापेक्ष हुन्छन् ।

कुन चाहिँ युवतीको चाहना र प्रयास नहोला कि उप्रति सबैको ध्यानाकर्षण होस् । तर ध्यान तान्नैका लागि मर्यादा, शोभा र चरित्रको अवमूल्यन गर्नुहुँदैन । यसबारे युवाहरु पनि सचेत र सफा हुनुपर्छ । फेरि पनि; देखाएपछि हेर्नेको गल्ती नमानिएला, पस्केपछि खानेको बाध्यता होला । मर्यादाका लागि युवतीहरु नै जिम्मेवार भएको राम्रो !


14 comments:

अमर थापा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

लौ ऐना पो देखियो त । राम्रो लेखका लागि पानीफोटोलाई र लेखकलाई धन्यवाद ।

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

म चेलीहरुलाई सादर अनुरोध गर्दछु । छोप्नु पर्ने सबै छोपौ र देखाउँनु पर्ने मात्र देखाउँ ।

ekraj said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राम्रो लेख

Manish Poudel said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Dheri din pachi ekdam fact kura ma mazza lay entertainment lina paya

Suresh Khanal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अझैपनि तेसो गर्छन् र केटाहरु? मलाईत युगै वितेसरी लागेको थियो । जे होस् धर्म छाडेरैनछन् ।

Hari Basaula said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

malai pani testai vako chha heheheh

Nilima Sharma said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अति नै तल्लोस्तरको लेख । यस व्लगको साप्ताहिक साहित्यका व्यंगात्मक लेबलमा लेख पोष्ट गरेपनि यसमा मात्र केटीहरुलाई हेर्ने दृष्टिकोण, व्यंग गर्ने शैली अत्यन्तै घटिया तथा छुद्र स्तरमा प्रयोग गरेका वाक्यांश हेर्दा लाग्छ की लेखकका स्त्री जातका मानिसहरुसंग कुनै सम्बन्ध नै छैन । अनि उनी २१ औं शताव्दीका मानव नै हैनन् ।

कलाकारहरु भन्ने गर्छन.. एउटा पूर्ण कलाकार हुन एउटै विधा तथा चरित्रमा मात्र अभिनय नगरी विभिन्न विधामा अभिनय गर्न सक्नु नै सच्चा कलाकारिता हो अनि त्यही नै कलाकारको धर्म पनि हो । त्यसैले त कलाकारहरु विविध चरित्रमा अभिनय गर्न चाहन्छन् । त्यस्तै प्रतिभावान लेखक तथा साहित्यकारहरु पनि एउटैै विधामा मात्र सिमित नरही विभिन्न विधामा उपस्थिति जनाउन रुचाउंछन् यहां यी सब कुरा उल्लेख गर्नको तात्पर्य के हो भने आजका पाठकहरु उपलव्ध सम्पूर्ण प्रकाशन तथा संचार माध्यमहरुमा पहुंच रहने गर्दछन् । लेखक, स्तम्भकार एवंग व्लगर सबैसंग एकप्रकारको सम्बन्ध स्थापित भएको हुन्छ र त्यही उंचाईमा पाठकहरुले लेखकहरुलाई स्थापित गरेका हुन्छन् ।

मैले पनि प्रत्येक दैनिक पत्रिकाहरु पढ्दा प्रायशः तपाई (हरिहर शर्मा) ले लेख्नुभएका लेखहरु पढ्ने गरेको छु । जुन समय सापेक्ष, सटिक हुने गरेको पाएको पनि छु र आफ्नै मनका भावनाहरु तपाईले व्यक्त गरिदिनुभएको हो जस्तो मलाई लाग्छ । तर तपाईले यो व्लगमा पोष्ट गर्नुभएको यो लेख पढ्दा लाग्छ सांच्चै तपाई पनि उही खेतमा फलेको मूला नै हुनु हुंदोरहेछ । तपाईको यो लेखको संकेत बढ्दो चेलीबेटी बेचबिखन र बलात्कारका घट्नाक्रमहरुलाई पनि हुन सक्छ । तर तपाईलाई यो पनि रामैसंग थाहा छ कि बलात्कृत तथा बेचबिखन हुने चेलीहरु शहरका अर्थात गाउंका सोझासाझा निरक्षर हुन्छन् न कि तपाईका भाषामा तातो छल्न कपडाको साईज घटाउने केटीहरु ।

पच्चीस मिनेटको समयमा मःमः पसलमा बसेर मःमः खांदा तपाईले केटीहरुसम्बन्धी गरेको अनुसन्धानको निचोड पढ्दा लाग्छ कि तपाईलाई कटीहरुको छाती तपाईलाई टेम्पट गराउने अंग मात्रै हो । के तपाईचाहि त्यो छाती नचुसीकनै भुईफु६ृा भएर जवान हुनुभएको हो । हो विशेष ठाउंमा, विशेष सम्बन्धमा स्त्री र पुरुषबीच हुने क्रियाकलापमा दुवै जातिका अंग प्रत्यंगको आफ्नै किसिमको महत्व छ । तर यसको मतलब यो होइन कि आफ्नै परिवारजन, साथी संगीको समेत वास्ता नगरी तपाईले सम्पूर्ण स्त्री जातिको खिल्ली उडाउने गरी अति घटिया स्तरमा व्यंग गरेको शैलीप्रति मेरो घोर आपत्ति छ । अब लाग्छ कि कुनै दिन कही कतै तपाईसंग जम्का भेट भैहाल्यो भने पनि तपाईको हेराईसंग सतर्क हुनु पर्नेछ। कतै तपाईंका हेराईहरुले तीनै विशेष अंगहरु नियालिरहेका त छैनन् ????? प्रत्येक केटीहरुले तपाईको हेराईलाई अबदेखि नियाल्नु पर्नेभो, हैन त ?? किनकि तपाईले नचिनेपनि अरुले त तपाईलाई त चिन्छन नि प्रत्यक्ष नभएपनि परोक्षरुपमा ।

हरिहर शर्मा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

निलिमाजी !
प्रतिक्रियास्वरुप मनका कुरा लेख्नुभएकोमा धेरै-धेरै धन्यवाद ! मेरो लेखाइलाई तपाईले तल्लोस्तरको भनी गर्नुभएको कमेण्ट पनि मलाई सहर्ष स्वीकार छ । किनकि लेखको (सकारात्मक वा नकारात्मक) मूल्याङ्कन गर्ने पूरा अधिकार पाठकलाई हुन्छ ।

'स्त्री जातका मानिसहरुसंग कुनै सम्बन्ध नै छैन । उनी २१ औं शताव्दीका मानव नै हैनन् ।' भनेर तपाईँले म (लेखक)माथि गर्नुभएको टिप्पणी अलिकति नमीठो लाग्यो । यसमा पनि मलाई गुनासो भने छैन, किनकि हरेक मान्छेले आफूले जानेकै कुरा भन्ने हो । स्त्री जातिसँग मेरो कुनै सम्बन्ध नै छैन भनेर तपाईँले गरेको अप्राकृतिक कुरा सुन्दा मलाई दुःख चाहिँ लाग्यो ।

दैनिक पत्रिकामा समेटिने मेरा विचारहलाई एप्रिसिएट गर्नुभएकोमा खुशी लाग्यो । paniphoto.com मा समेटिएको व्यङ्ग्य लेख पढेर मलाई तपाईँले अघोषित 'उही' ड्याङ्को भन्नुभएकोमा फेरि पनि मलाई कुनै आपत्ति छैन, तपाईँ आफ्नो तरिकाले आफ्नो दृष्टिकोण निर्माण गर्न स्वतन्त्र हुनुहुन्छ ।

मेरो नितान्त व्यङ्ग्य लेखलाई तपाईँले अतिशयोक्ति व्याख्या गर्नुभएको जस्तो लाग्यो । मैले उल्लेख गरेका विकृतिका कुनै पनि कुराहरुमा नारी हुनुकै कारणले तपाईँको सहमति छैन भने मेरो भन्नु केही छैन । विकृति निर्माण र प्रबर्द्धनमा आधुनिक महिलाहरु अग्रसर छन् भन्ने स्वीकार्नुहुन्छ भने मेरो व्यङ्ग्य गलत प्रवृतिका लागि मात्र हो । तपाईँले जनरलाईजेशन गरेर बुझ्नुभएछ, आखिर बुझाइ सापेक्ष विषय न हो ।

यसपल्टको लेखाइमा नारीको प्रसङ्ग उठाएँ, यसको मतलब पुरुष-विकृतिका प्रसङ्गहरु नभएका होइनन्-थुप्रै छन् । तिनीहरु पनि उजागर हुने सूचीमा छन् ।
अन्तमा फेरि पनि तपाईँको प्रतिक्रियाबाट मलाई ठूलो हौसला मिलेको छ, आगामी दिनमा अझै परिप्कवताका साथ कलम चलाउने र आफ्नो लेखाइमा देखिएका कमजोरी सुधार्ने । धन्यवाद !

Nilima Sharma said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

@हरिहर शर्मा
तपाईको लेखमा पाईने शव्द चयन अनि संयोजन, लेखन शैली, लेखमा झल्किने वाक्पटुताको म सांच्चैनै कायल छु । Paniphoto.com मा पोष्ट गरिएको तपाईको लेखमा दिईएको प्रतिक्रियाको सकारात्मक प्रतिक्रिया दिनुभएकोमा खुशी लाग्यो र जसका लागि तपाईलाई धन्यवाद नदिई रहन सकिन । नकारात्मक प्रतिक्रयाको गजबको सकारात्मक व्याख्या ।

"स्त्री जातका मानिसहरुसंग कुनै सम्बन्ध नै छैन । अनि उनी २१ औं शताव्दीका मानव नै हैनन् ।" भन्नुको मेरो तात्पर्य लेखमा स्त्रीजातिसंग सम्बन्धित प्रयोग भएका कतिपय शव्दावली अश्लील लागेर हो । जस्को आशय तपाईलाई अप्राकृतिक भन्न खोजेको होईन । यहां तपाईको बुझाईमा फरक पर्यो । म विश्वस्त छु कि, एकचोटी वाक्यांश पुनः दोहोर्याएर पढ्नुभयो भने तपाईलाई त्यस्तो लाग्नेछैन ।

हो समाजलाई अपाच्य हुने, आधुनिकताको नाममा नांगिनेहरुप्रति मेरो पनि विमति छ । विकृति निर्माण र प्रबद्र्धनमा समाजका प्रत्येक व्यक्तिको आचरणले खेलेको भुमिका उत्तरदायी हुन्छ यसमा आधुनिक महिलाहरु मात्र अग्रसर छन् भनि म कसरी स्वीकारौ ? तपाईले नितान्त व्यंग्य भन्नुभएको लेखप्रति मेरो प्रतिक्रिया अतिशयोक्ति व्याख्या नभई आलोचनात्मक प्रतिक्रिया मात्र हो भन्ने मलाई लाग्छ ।

खैर विषयलाई जति टिकाटिप्पणी गर्यो त्यतिनै बढ्ने हो । तपाईले आफ्नो लेख गलत प्रवृतिका लागि व्यंग्य मात्र हो भनेर भनिसक्नुभएपछि मैले पनि तपाईका कुराहरुलाई सकारात्मक रुपमा लिंदै आगामी दिनमा तपाईको जीवनमा उत्तरोत्तर प्रगति अनि देशकाल परिस्थितिका समय सापेक्ष विषयमा निरन्तर सशक्त लेखहरु पढ्न पाईयोस भनी कामना गर्दै आजलाई यत्तिनै ।

धन्यवाद ।

हरिहर शर्मा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

निलिमा जी !
धन्यवाद !

Ananta K.C. said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

साह्रै मन पर्‍यो हजुर ।
निक्कै मिठ्ठो लेख्नुहुँदो रैछ ।
मज्जा आयो ।
बेस्ट अफ लक ।
जय नेपाल ।

Ananta K.C. said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

निलिमाजी ,
सत्य तितो हुन्छ ।
म ती स्त्रीलाई आदर गर्छु जो आफ्नो मुल्यप्रति सचेत छन् ।
तर तपाईँ जति आक्रोशित हुनुभो त्यो अर्थहीन छ ।

Kamala Limbu said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Hi!

HariharJee,

To my surprise, found it absolutely beyond my expectation & different genre than rest of ur writings. Even didn't take it as a contemptible bcoz u always present the subject matter very impressive & proficient manner. I am not saying this…it is bcoz am ur regular reader & Fan but… it is bcoz I ever find ur each article a complete package.

Well, one more surprise, it is getting numbers of comment so better say it seems fusion of appreciation & critics. And u've accepted that it's just a satirical write-up on social snobbery. Now, must say the article becomes more interesting at all. It shows u are very popular among ur readers. I believe, this account would turn a milestone for ur writing career and will give another height. After all feedbacks are the things that help the authors to pave their path towards excellence.

The feedback of female readers add a charm to the article, I think it is spontaneous bcoz we females have first right to stand against any kind of such actions that are against our feminine autonomy even it may be a sarcastic comments or articles.

And most nice thing all about this is ur generous & positive response to the commentators that shows ur pretty good attitude of gratitude. Actually I am not finding the right words of admiration for you except these tiny words….".YOU ARE GREAT in both writing & by heart."

Keep writing & go on trying multiple genres.

Wishing you all the best!


Kamala Limbu, Dharan

हरिहर शर्मा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कमलाजी !
तपाईँको सन्तुलित विचारले मलाई खुशी र सन्तुष्ट तुल्याएको छ । साथै मैले लेख्दै आएका स-साना भोगाइहरुले आदरणीय पाठकबीचमा स्थान पाएका रहेछन् भन्ने बुझ्न मद्दत गरेको छ । आफ्नो लेखन-रहरलाई लेखन-दायित्वमा रुपान्तरण गर्ने मार्गमा तपाईहरुका अपेक्षा र सदिच्छाहरुले ठूलो भूमिका खेल्नेछन्, आउँदा दिनमा पनि यहाँहरुबाट उपयुक्त (प्रशंसा वा आलोचना) प्रतिक्रिया पाइरहनेछु । यही आशासहित विदा !
धन्यवाद !

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।