जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

यस्तो रह्यो २०६७ मा नेपालको अन्तराष्ट्रिय छवि

संक्रमणकालिन राजनीतिको प्रत्यक्ष असर नेपालको छविमा पनि परेको छ । २०६७ सालमा प्रकाशित अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतिवेदनहरु हेर्ने हो भने नेपालको स्थिती नाजुक रहेको छ । अझ छिमेकी मुलुक भारतले नेपाललाई असफल राष्ट्रका रुपमा चित्रित गरेको केबल विकिलिक्सबाट सार्वजानिक भए पछि हाम्रो अन्तराष्ट्रिय छविको बिषयले थप संवेदनशिलता पाएको छ । अमेरिकी राजदुत सुसन राइसले भारतबाट २००९ जुलाई ७ मा पठाएको केबलबाट सो कुरा उद्धृत गरिएको थियो । अवश्था भारतले चित्रित गरे जस्तो नाजुक पनि छैन किनभने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार शिक्षा, स्वास्थ्य र जीवनस्तरमा भएको विकासका कारण नेपाल ४० बर्षमा मानव विकासका क्षेत्रमा चाँडो प्रगति गर्ने १० मुलुक भित्र परेको छ । यसका अतिरिक्त २०६७ मा प्रकाशित अन्य केहि अन्तराष्ट्रिय प्रतिवेदनमा नेपालको स्थिती यस्तो छ




मानव अधिकारमा नेपालको स्थिती दयनिय
अन्तराष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले २०१० मा प्रकाशित गरेको बार्षिक प्रतिवेदन अनुसार नेपालमा मानवअधिकारको स्थिती दयनिय रहेको देखाएको छ । सो प्रतिवेदनमा भनिएको छ नेपालमा हिंसात्मक घटनामा वृद्धि हुँदै गएको र घटनाका दोषीहरुलाई आवश्यक कारवाही नभएकोले सामाजिक असुरक्षा बढ्दै गएको छ । प्रतिवेदनमा नेपालको तराई क्षेत्रमा १ सय भन्दा बढि सशस्त्र समुह सक्रिय रहेको र खासगरि उनीहरुले पहाडी मुलका मानिसहरुलाई अपहरण गर्नुका साथै सार्वजनिक सम्पतिमा आक्रमण गर्दै आएको कुरा उल्लेख छ ।

दक्षिण एसियामा सबै भन्दा बढि भ्रष्ट्राचार
अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदनमा विश्वका १ सय ७८ देशमा नेपाल १ सय ४६ औ स्थानमा रहेको छ । नेपाल गतबर्ष १ सय ८० देशमा १ सय ४३ औ स्थानमा थियो । माधव नेपाल सरकारको समयमा प्रकाशित भएको सो प्रतिवेदनमा नेपाल दक्षिण एसियाकै सबैभन्दा बढि भ्रष्ट्राचार हुने देशमा परेको हो । नेपाल भन्दा केहि कम भ्रष्ट्राचार हुने दक्षिण एसियाका मुलुकमा पाकिस्तान र बंगलादेश रहेका छन् ।

व्यावसायिक आधारमा पनि पछाडि नै
कुनै पनि व्यवसाय खोल्न, चलाउँन र बन्द गर्ने सुविधाका आधारमा विश्व वैक र आइएफसीले तयार पारेको प्रतिवेदनमा नेपाल १ सय ८३ देशमा ११६ औ स्थानमा छ । नेपालको पछिल्लो ५ बर्ष देखि यसमा कुनै सुधार नभएको पनि सो प्रतिवेदनले देखाएको छ । नेपालमा नयाँ व्यावसाय खोल्न औसत ३१ दिन लाग्ने सो प्रतिवेदनले जनाएको छ । यसैगरी सम्पती दर्तामा भने नेपाल निकै अगाडी छ । २५ औ स्थानमा रहेको नेपालमा दर्ता गर्न ५ दिन लाग्ने बताइएको छ । अन्तराष्ट्रिय व्यापारको स्थितीमा नेपाल १६४ औ स्थानमा छ । नेपालबाट सामान निर्यात गर्न औसत ४१ दिन लाग्ने गरेको छ भने आयात गर्न औसत ३५ दिन लाग्छ ।

सुचना प्रविधीमा बामे सर्दै
नेपाल सुचना प्रविधीको विकास परिसुचकमा १ सय ४२ औ स्थानमा परेको छ । विकास परिसुचकमा नेपालभन्दा पछाडी ८ वटा देशमात्र छन् । अन्तराष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आइटीयु)ले २०१० मा प्रकाशित गरेको प्रतिवेदनबाट सो तथ्य बाहिर आएको हो । सो प्रतिवेदन अनुसार नेपालमा सुचना प्रविधीको स्तर दक्षिण एसियामा सबै भन्दा कम छ ।



रेमिट्यान्समा सबै भन्दा उत्कृष्ट
विश्व बैकले गरेको अध्ययनका आधारमा सन् २०१० मा नेपालमा भित्रिने रेमिटान्स करिब २ खर्ब ६२ अर्ब पुग्ने अनुमान गरेको थियो । सन् २००९ मा २ खर्ब २३ अर्ब रेमिटान्स भित्रिएको थियो । यसका आधारमा नेपाल उत्कृष्ट पाँचमा परेको छ । रेमिटान्सकै कारणले मानव विकास प्रतिवेदनमा नेपाल द्रुत गतिमा मानव विकास भएको देशमा परेको छ ।

सबै भन्दा लोकतान्त्रिक र समावेशी मुलुक
आफुलाई लोकतन्त्रका महारथी भन्ने मुलुक भारत र अमेरिकालाई पनि पछि पारेको छ नेपालले । अन्तराष्ट्रिय महिला दिवसका अवसरमा सार्वजनिक गरेको तथ्याकं अनुसार राजनीतिमा महिला सहभागिताको आधारमा नेपाल विश्वमा १८ औ स्थानमा छ । जसमा विश्वमै लोकतन्त्रको वकालत गर्ने अमेरिका ७२ औ र आफुलाई सबै भन्दा ठुलो लोकतान्त्रिक मुलुक भएको दाबी गर्ने भारत ९८ औ स्थानमा छन् । राजनीतिमा महिला सहभागिताको दृष्टिकोणले नेपाल दक्षिण एसियामा पहिलो स्थानमा छ । यो प्रतिवेदन अन्तराष्ट्रिय संगठन इन्टर पार्लियामेन्ट्री युनियन (आइपीयु) ले सार्वजनिक गरेको हो ।


0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।