जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

भान्सामा औषधी- गाजरको नालीबेली

स्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य पुन सुधार्नका लागि मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि एक पटक बिग्रिसकेको स्वास्थ्य स्थिती पुर्ववत अवश्थामा आउँने सम्भावना कमै रहन्छ । तर दैनिक जीवनमा नियमित थोरै मात्र ध्यान दिन सके स्वास्थ्य बिग्रन पाउँदैन र, निकै सबल बन्न सक्छ । यसका लागि त्यती धेरै समय तथा पैसा खर्च पनि गरिरहनु पर्दैन । हाम्रै भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको सुरक्षित प्रयोगबाट पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ । यही कुरालाई मध्य नजर गर्दै पानीफोटोले हरेक सोमबार नियमित रुपमा यस्ता खानेकुराहरुको बारेमा छलफल गर्छ ।
आजको लागि छलफलको बिषय छ, गाजर ।




गाजरको सेवन स्तन क्यान्सरको सुरुवाती चरणमा लाभप्रद हुन्छ । गाजरमा रेटोनाइड अम्ल पाइन्छ । वैज्ञानिकहरुका अनुसार महिलाको स्तन क्यान्सरको कारक कोशिकामा हुने प्रारम्भिक परिवर्तनलाई यो अम्लले रोक्न सक्छ । यो अम्ल भिटामिन ए सँगै निस्कन्छ । कोशिकाको विकास, विस्तार र जीवनलाई प्रभावित गर्ने रसायन हाम्रो छालालाई पुन युवा बनाउँनमा काम आउँन सक्छ । यो रसायनको एउटा सानो मात्रा एन्टिरिंकल (चाउरी हटाउँने) क्रिममा समेत उपयोग हुन्छ । वैज्ञानिकहरुका अनुसार यो अनुसन्धानको लक्ष्य यो तथा यस्तै प्रकारका अन्य रसायनको सहयोगको क्यान्सरको उपचार खोज्नु हो । मुख्य वैज्ञानिक फिलाडेल्फियाका फाक्स केस क्यान्सर सेन्टरका डा. सेड्रा फर्नान्डेसका अनुसार यदि क्यान्सर बढी मात्रामा वृद्धि भएको छ भने रेटोनोइक अम्लको माध्यमले त्यसको विकास क्रमलाई परिवर्तन गर्न सकिदैन । उनी के भन्छन् भने रेटोनोइक अम्ल क्यान्सरको प्रारम्भिक चरणमा सफल छ र यसले यो कोशिकाको वृद्धि हुने प्रक्रियालाई उल्ट्याउँन सक्छ ।


यसका साथै गाजरलाई एन्टीअक्सिडेन्ट यौगिक र भिटामिन ए क्यारोटिन्सको मुख्य स्रोतका रुपमा पनि हेरिन्छ । यसमा भएको पदार्थले मुटु समन्धी रोग घटाउँनुका अतिरिक्त आँखाको राम्रो दृष्टि ल्याउँने कार्यमा पनि सहयोग गर्छ । मुख्यतया गाजरको प्रयोगले रतन्धो हुन दिदैन । मधुमेहका रोगीका लागि पनि गाजर लाभप्रद हुन्छ ।



इतिहास
गाजरलाई हजारौं बर्ष पहिले देखि खानमा उपयोग गरिदै आएको विश्वास गरिन्छ । सर्वप्रथम यसको प्रयोग मध्य एसियामा भएको मानिन्छ । तर त्यसबेला प्रयोग हुने गाजर अहिलेको भन्दा भिन्न थियो । अहिले हामीले प्रयोग गर्ने गाजर अफगानिस्तानबाट सुरु भएको हो । त्यसपछि यसलाई भुमध्यरेखिय क्षेत्रहरुमा रोप्ने र प्रयोग गर्ने चलनको सुरुवात भयो । प्राचीन ग्रिक र रोमन सभ्यतामा यसलाई औषधीको रुपमा प्रयोग गरिन्थ्यो । युरोपमा भने गाजरको इतिहास त्यती पुरानो छैन । युरोपको पुनजागरणकाल भन्दा अगाडीसम्म गाजरको प्रयोग नभएर त्यस पछि मात्र गाजरको प्रयोगमा व्यापकता आएको हो । ब्रिटिशको उपनिवेश पछि गाजरको प्रयोग विश्वव्यापी भयो । अहिले, अमेरिका, फ्रान्स, इङ्गल्याण्ड, पोल्याण्ड, चिन र जापान गाजरका मुख्य उत्पादक मुलुक हुन् ।



कसरी छान्ने र संग्रह गर्ने
गाजर आकार मिलेको, चिल्लो तथा तुलनात्मक रुपमा सिधा र चम्किलो हुनु पर्छ । जति गाढा सुन्तला रगंको गाजर हुन्छ, त्यसमा त्यती नै ज्यादा क्यारोटिन पाईन्छ । गाजरलाई फ्रिजमा संग्रह गर्दा प्लास्टिकको झोलामा हावा नछिर्ने गरि राखेर फ्रिजको ज्यादा चिसो हुने भागमा राख्नु पर्छ । पात छ भने पातलाई हटाउँनु पर्छ । यसरी राख्दा गाजर दुइ हप्तासम्म ताजा हुने गर्छ । गाजरलाई अन्य फलफुल जस्तै स्याउ, आरु, आलु तथा अन्य इथिलिन उत्पादन गर्ने फलफुलका प्रजातीसँग राख्न हुदैन । यी फलफुलहरुको कारणले गाजरको स्वाद तितो हुने गर्छ ।

गाजरका स्वादिला परिकार बनाउँन सिक्न यहाँ क्लिक गर्नुहोस्

स्रोतहरु
  • Baybutt RC, Hu L, Molteni A. Vitamin A deficiency injures lung and liver parenchyma and impairs function of rat type II pneumocytes. J Nutr. 2000 May;130(5):1159-65. 2000. PMID:10801913.
  • Ensminger AH, Esminger M. K. J. e. al. Food for Health: A Nutrition Encyclopedia. Clovis, California: Pegus Press; 1986 1986. PMID:15210.
  • Gaziano JM, Manson JE, Branch LG, et al. A prospective study of consumption of carotenoids in fruits and vegetables and decreased cardiovascular mortality in the elderly. Ann. Epidemiol. 1995; 5:255-260 1995.
  • Harris RA, Key TJ, Silcocks PB, et al. A case-controlled study of dietary carotene in men with lung cancer and in men with other epithelial cancers. Nutrition and Cancer(1991)15:63-68 1991.
  • Kobaek-Larsen M, Christensen LP, Vach W, Ritskes-Hoitinga J, Brandt K. Inhibitory Effects of Feeding with Carrots or (-)-Falcarinol on Development of Azoxymethane-Induced Preneoplastic Lesions in the Rat Colon. J Agric Food Chem. 2005 Mar 9;53(5):1823-1827. 2005. PMID:15740080.
  • Kritchevsky SB. beta-Carotene, carotenoids and the prevention of coronary heart disease. J Nutr 1999 Jan;129(1):5-8 1999.
  • Li T, Molteni A, Latkovich P, Castellani W, Baybutt RC. Vitamin A depletion induced by cigarette smoke is associated with the development of emphysema in rats. J Nutr. 2003 Aug;133(8):2629-34. 2003. PMID:12888649.
  • Michaud DS, Feskanich D, Rimm EB, et al. Intake of specific carotenoids and risk of lung cancer in 2 prospective US cohorts. Am J Clin Nutr(2000)Oct;72(4):990-7 2000.
  • Suzuki K, Ito Y, Nakamura S et al. Relationship between serum carotenoids and hyperglycemia: a population- based cross-sectional study. J Epidemiol 2002 Sep;12(5):357-66 2002.
  • Wald NJ, Thompson SG, Densem JW, et al. Serum beta-carotene and subsequent risk of cancer: results from the BUPA study. British Journal of Cancer(1988)57:428-33 1988.
  • Wood, Rebecca. The Whole Foods Encyclopedia. New York, NY: Prentice-Hall Press; 1988 1988. PMID:15220.
  • Ylonen K, Alfthan G, Groop, L et al. Dietary intakes and plasma concentrations of carotenoids and tocopherols in relation to glucose metabolism in subjects at high risk of type 2 diabetes: the Botnia Dietary Study. Am J Clin Nutr. 2003 Jun; 77(6):1434-41 2003.

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।