ठुलो बलिदान पछि प्राप्त भएको हो संविधानसभा । धेरैको रगत बगेको मात्र होइन, धेरैका सपना र भविष्य पनि जोडिएका छन् संविधानसभासँग । लहडका भरमा संविधानसभाको म्याद थप्दिन भन्न कहाँ पाईन्छ र ? संविधानसभाको म्याद नथपे विकल्प के ? नयाँ जनादेशमा जाने ? नयाँ जनादेशबाट आएका दलहरु चै आकाशबाट झरेका हुन्छन् र ? ति पनि यीनै दलहरु हुन्छन् । त्यसैले देशलाई शुन्यतामा राखेर कुनै पनि बहानामा म्याद नथप्ने कुरा गर्नु भनेको दलाल मानसिकताको उपज भन्दा केहि होइन । म्याद थप्दिन भन्ने धेरैको बहाना जे भएपनि वास्तविकता ओपन सेक्रेट नै छ । माधवकुमार नेपालले त प्रधानमन्त्री भएका बेला मन खोलेर संविधानसभा प्रति तितो पोखेका थिए (भिडियोमा हेर्न भित्र आउँनुहोस्) । यसैले विकल्प रहित संविधानसभाको म्याद नथप्ने कुरा हुनै सक्दैन । आलटाल गरेर समयखेर फाल्नु चै बदमासी हो । आउँनुहोस् यही जेठमा संविधान आउँछ भनेर सपना देखाउँने र सिन्को भाच्न पनि साइत हेर्ने सबैलाई गाली गरौं । मनमा जति तितो छ, यहाँ सभ्य भाषामा पोख्नुहोस् ।
यीनीहरुले हाम्रा कुरा कहिलै सुनेका छैनन् । एककानले सुनेर अर्कोले उडाए सँधै । यसो भन्दैमा हामी किन चुप लागेर बस्ने । गाली कम भएको हो कि । यसैले गाली सुरु गरौं । यति गर्न त हामीलाई कसले रोक्न सक्छ र ?
देशको प्रधानमन्त्री भएको मान्छे, संविधान बनाउँछु र देशमा शान्ति ल्याउँछु भनेर सपथ खाएर प्रधानमन्त्री भएको मान्छे, यी माधवकुमार नेपाल । कसरी लाज पचाएर बोलेका छन् । यीनको भित्री रहस्य के हो ? हामीले त्यती बेला सोचे जस्तै सामान्य कुरा पक्कै होइन यो ।
यहाँ क्लिक गर्नुहोस्
यीनीहरुले हाम्रा कुरा कहिलै सुनेका छैनन् । एककानले सुनेर अर्कोले उडाए सँधै । यसो भन्दैमा हामी किन चुप लागेर बस्ने । गाली कम भएको हो कि । यसैले गाली सुरु गरौं । यति गर्न त हामीलाई कसले रोक्न सक्छ र ?
देशको प्रधानमन्त्री भएको मान्छे, संविधान बनाउँछु र देशमा शान्ति ल्याउँछु भनेर सपथ खाएर प्रधानमन्त्री भएको मान्छे, यी माधवकुमार नेपाल । कसरी लाज पचाएर बोलेका छन् । यीनको भित्री रहस्य के हो ? हामीले त्यती बेला सोचे जस्तै सामान्य कुरा पक्कै होइन यो ।
यहाँ क्लिक गर्नुहोस्
12 comments:
यति धेरै नकारात्मक पनि होईन । अलिकति आषा बाढौं । गर्न सकिने कुरा के छन्, आ-आफ्ना स्थानबाट सम्पन्न गरौं । सकेसम्म बुझ पचाएर, आफैँलाई ढाँटेर कुरा नगरौं, शायद नेपाल त्यती घिनलाग्दो छैन होला ।
गाली गरेर किन समय खर्च गरिरहनु ? मान्छे भए पो गाली गर्नु । यी नेता यस्तै हुन् । यी कहिले पनि सुध्रिदैनन् ।
नेता चोर देश छोड
नेपाल सतिले सरापेको देश हो साथी । त्यसैले भलो गर्ने पनि राम्रो हुदैन । त्यत्रा नेतामा राम्रा पनि त प्रशस्त छन् तर हामी नराम्रा मात्र देख्छौ । गच्छ्ेदार, देउवा, केपी ओली जस्तालाई लगेर चौबाटोमा टांग्न सकिएको दिन देखि नेपाल स्वर्णयुगमा प्रवेश गर्छ ।
गाली गरेर किन समय खर्च गरिरहनु ? मान्छे भए पो गाली गर्नु । यी नेता यस्तै हुन् । यी कहिले पनि सुध्रिदैनन् ।
f*** you all savasad
आफैलाई बिर्षेर एक पटक गाली गर्न मन छ । तर के गर्नु गति छाडे भनेर आफुले पनि गति छाड्न मिलेन । होइन, नबन्ने कारण पो किन भन्दा, सरकारको कारण, सत्ताको कारण । माओवादीले सहमतीमा सरकार बनाउँ भन्दा साला गिरिजाले मानेन । कांग्रेसी त उस्तै यो भाले न पोथीको एमालेले पो गर्दा । थपक्क माओवादीको कुरा मानेको भए, न सरकार ढल्थ्यो न यस्तो हुन्थ्यो । लोकतन्त्रको सबैभन्दा फोहोरी खेलमा यीनिहरु लागे । सरकार ढाल्न र बनाउँनमा । अहिले फेरि माओवादीले गर्दा भन्छन् । खातेहरुलाई लाज नै छैन ।
चोरहरु, खाली भत्ता खान पल्किएकाहरु । संविधान बन्यो भने जागिर जान्छ भनेर अड्को थाप्छन् । सबैलाई फासी दिनु पर्ने ।
गाली गर्ने ? पहिले यो बुझौं न
संविधान किन लेखिएन ?
आवरणमा जे भनिए पनि संविधान लेखनको मुख्य बाधा सत्ता नै हुन पुग्यो । सत्ता परिचालनमा सहयात्री दलहरुलाई समर्थक र अरुलाई बिरोधीका रुपमा चित्रण गर्नु नै संविधान नलेखिने मुख्य कारण हो ।
किन यस्तो भयो ?
गिरिजाको पालामा या भनौं माओवादीले सबैभन्दा धेरै जनमत प्राप्त गरे पछि माओवादी केहि ठुलो बनिन थाल्यो । विद्रोहीले त्यती धेरै मत ल्याउँनु भनेको उसको जनयुद्धले आधिकारिकता पाउँनु पनि थियो । र, यसले परिवर्तनको चाहना पनि प्रकट गथ्र्यो । तर कांग्रेस, एमाले लगायतका दलहरुले यसलाई एउटा राजनीतिक आँधीका रपमा बुझ्ने प्रयास गरे । जसले गर्दा ठुलो दल प्रति ति दलहरु उत्तरदायी हुन चाहेनन् । यसले गर्दा माओवादीलाई सरकार बनाउँन नदिने या बनिगए पनि टिक्न नदिने उपाय स्वरुप दुइतिहाइको नियमबाट साधारण बहुमतमा पुगे । जुन पार्टीहरु बिच दुरी बढाउँन सहयोगी हुने निश्चित थियो ।
कसले गर्दा यस्तो भयो ?
ठुलो दल भएपनि माओवादीले अरुलाई विश्वासमा लिन सकेन । भने अरु दलहरु थप परिवर्तनमा विश्वास गर्न सकेनन् । जति प्राप्त भयो त्यती नै पनि अरु दलले आशा गरेका वा चाहेका थिएनन् । गिरिजाबाबु भलै पहिलो राष्ट्रपति हुन चाहे तर उनले कहिलै गणतन्त्र नेपाल भनेर उच्चारण गरेनन् । बरु राजालाई स्पेश दिने कुरा गर्न थाले । जसबाट माओवादीलाई २०४७ सालकै संविधान दोहोरिनेमा थप शंका भयो । र, उ जसरी भएपनि आफ्नो अनुसारको संविधान बनाउँन क्रियाशिल भयो भने अरु दलहरु उसलाई रोक्ने बहानामा मुद्धाविहिन हुन पुगे । जसका कारण संविधान लेखिन सकेन ।
गाली गर्ने हो त ?
कति बजेट सकियो, त्यसको स्पष्ट लेखा नेपालसरकारसँग पनि नहोला । तर बजेट भन्दा पनि ठुलो कुरा म्याद भित्रमा संविधान नलेखेर नेताहरुले सपना तुसारापात गरिदिए । यसैले गाली मात्र यसको समाधान होइन । बरु कसका कारण यस्तो स्थिती हुन पुग्यो यसको कारण दलगत स्वार्थ भन्दा माथि उठेर गर्न जरुरी छ ।
अन्तमा,
संविधानसभाबाट नै संविधान बन्नु पर्छ । माधवकुमार नेपालले भने जस्तो आयोगबाट बन्नु दुर्भाग्यपुर्ण छ । बिना मुद्धाका राजनीतिक पार्टीलाई सामाजिक बहिस्कार गरिनु पर्छ ।
केशवजीसँग म पुर्ण सहमत छु । गाली पक्कै पनि समाधान होइन । तर मनको कुण्ठा त हट्छ नि । यसैले भद्र भएर गाली बहिस्कार गर्नु पर्छ । न कि झापड र बेइज्जती ।
garchhau !!!!! Haina garnu paryo ,, yo fataha harulai !!!!
Sambidhan nabanaunay ra sambidhan banauna khojda khutta halnay sabai neta ra savasad lai bato ma leyayera dhunga lay hannu par6 nepal ko sab jantaharu milayra.....
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।