जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

सभासदलाई खुला पत्र

-हिमालचन्द्र बराल-

सभासदज्यूहरु,
Photobucket
यसरी देश र जनताको भलाईको कसम खाँदा
 हामी कति खुसी थियौं । तर आज  !
तपाईहरुले देशलाई गतिहिन र अनिर्णयको बन्दी बनाए पनि समयको गति रोक्न सक्ने कुरो भएन । फलस्वरुप जेठ १४ शान्ति र संविधान निर्माणको सवालमा चरम नैराश्य र अन्योल बोकेर आउँने निश्चित छ । तर तपाईहरुमा शान्ति र संविधान प्राप्तिको जनअभिलाषा सम्बोधन गर्न नसकेकोमा रत्तिभर पश्चाताप र लज्जाभाव देखिएको छैन । उल्टै तीन बर्षमा विश्वमा कही पनि संविधान बनेको छैन भन्ने कुतर्क गरेर समय अपुग भयो भन्दै गैरजिम्मेवारीपन प्रदर्शन गरिदै छ । आखिर बितेका तीन बर्षमा के चाहिं गर्नुभयो जसले गर्दा जनता तपाईहरु प्रति आक्रोशित नहोऊन् । जनताको रगतपसिनाबाट सिञ्चित राज्यकोषबाट भत्ता मात्र पचाउँनुहोस् । सहमती, सहकार्य र एकताको मूल्यमान्यताको खिल्ली उडाउँदै मेरो गोरुको बाह्रै टक्का भने झै आआफ्नै स्वार्थपुर्ण हठ र अर्थहिन अडानको आगोमा राजनीतिलाई झोस्नुभयो । तपाईहरुका अनैतिक क्रियाकलापहरुले संविधानसभाको गरिमालाई अपमानित गरेको छ । अब फेरि कुन मुखले संविधानसभाको म्याद पुनः १ बर्ष थप गर्ने प्रस्ताव गर्दै हुनुहुन्छ ?





एक नागरिकका हैसियतले तपाईहरु आफुले निभाएको भूमिकाको आत्ममूल्यांकन गर्नुस् त ? के तपाईहरुले इमानदारीसाथ जनादेशको पालना गर्नुभयो ? के जनताले अपार आशा र भरोसाका साथ तपाईहरुलाई दिएको अमूल्य मतप्रति न्याय गर्नुभयो अनि इतिहासले सुम्पेको मातृभुमिप्रतिको अभिभारा पुरा गर्ने कार्यमा खरो उत्रन सक्नुभयो ? राजनीतिलाई तपाईहरुले आफूले गरेको लगानी उठाउँने व्यापारको रुप दिएर बदनाम गर्नुभएको छ । जब कुनै पनि देशको राजनीतिको लगाम पथभ्रस्ट र स्वार्थी नेताहरुका हातमा पुग्छ, तब त्यो देशको भविष्य अन्यौलको घना अन्धकारमा भौतारिन विवश हुन्छ । सायद यतिखेर नेपाल र नेपाली जनता त्यही पीडादायी नियति भोगिरहेका छन् । देश, जनता र समयको मागलाई प्राथमिकता दिनुको साटो तपाईहरुले आफू र आफ्नो पार्टी मात्रको सोच र स्वार्थको मोहजालमा डुब्दै देशलाई गतिरोधको भड्खालोमा जाकेर सबैलाई निराश बनाउँनु भएको छ ।

सबैलाई याद रहोस्, यो देश कुनै जुवाघर होइन । यहाँ कुनै व्यक्तिबिशेषलाई आफ्नो उच्च महत्वाकांक्षा पूर्तिका लागि सिंगो देशको अस्तित्व र जनताको भविष्यलाई समेत दाउमा लगाउँने केही विशेषाधिकार छैन । त्यसैले तपाईहरुका लागि केवल एउटा मार्ग खुला छ, विगतमा आफूले गरेको कर्तुत, नालायकीपन र जनमतमाथिको धोकाधडीप्रति आत्मालोचनासहित जनतासामू माफी मागेर थपिएको अवधिमा हरहालतमा शान्ति र संविधान निर्माणको काम फत्ते गरेरै छाड्ने प्रण गर्दै अन्तिम अवसरका लागि अनुरोध गर्ने । अन्यथा, तथाकथित बहुमतका बलमा ऐतिहासिक भूलप्रति प्रायश्चित नगरि संविधानसभाको म्याद थप्ने अर्को भूल गरेमा जनताले त्यसको अनुमोदन गर्नेछैनन् । कृपया नबिर्सनुुस्, एउटा भूललाई अर्को भूलले कहिलै पनि सच्याउँन सक्दैन ।
सचेत नेपाली नागरिक




3 comments:

ishwor kumar said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

well supper khula patra ganess ji

रोहित पौडैल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

प्रजातन्त्रमा जनताको म्यान्डेटविरुद्ध कसैलाई १ दिन मात्र पनि शासन गर्ने अधिकार हुदैन । ०६७ जेठ १४ गते थपिएको संविधानसभाको म्यादले प्रजातन्त्रको खिल्ली उडाएको छ । तर पनि संविधानको आशामा जनता चुप रहे तर २ बर्षको म्यान्डेट पाएको संविधानसभाले ३ बर्षमा पनि जिम्मेवारी पुरा गर्न सकेन । त्यसैले यसलाई विघटन गर्नुको विकल्प छैन । त्यसैले प्रजातन्त्रको सर्वमान्य सिद्धान्त कुल्चिएर थपिएको १ बर्ष म्याद सदुपयोग गर्न नसकेको दलहरुले आत्मालोचना गर्दै १ बर्षको तलब फिर्ता गर्नुपर्छ । संविधान बनाउँने काममा असफल भइसकेको सभालाई ब्युँताउँने काम गर्नु हुदैन, नयाँ जनादेशमा जान पुनः संविधानसभाको निर्वाचन हुनुपर्छ । तर त्योभन्दा पहिले राष्ट्रिय सहमतिको सरकार र सेना समायोजन तथा पुनस्र्थापनाको काम हुनुपर्छ ।

०६२६३ को आन्दोलनपछि स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको जस्तो राष्ट्रिय सहमतिको सरकार बन्न आवश्यक छ । यसको विघटन संविधान बनेर घोषणा भई पुनः संसदको निर्वाचनपछि मात्र हुनुपर्छ । सरकार बनाउँने खेलले संविधान बनाउँने काम कति प्रताडित भयो, हामीले देखेको कुरा हो । तर सरकारको नेतृत्व गर्न चाहने व्यक्तिले अरु कारण नदेखाई असफलताको बोझ बोक्न तयार हुनुपर्छ र तत्पश्चात् राजनीतिक पदबाट सन्यास लिने अग्रिम घोषणा गर्नुपर्छ । पठाउँने दलले पनि त्यसको जिम्मेवारी लिनुपर्छ । सेना समायोजन र पुनस्र्थापना निर्वाचन अगाडि नै आवश्यक छ । त्यो हुन नसकेकाले नै देश अहिलेको स्थितीमा छ । उत्पादनमूलक जनशक्ति शिविरमा थुनेर राख्दा मुलुकलाई घाटा छ । माओवादीका योग्य लडाकु समायोजन र बाँकीलाई पुनस्र्थापना गर्न सबै राजी हुनुपर्छ । यी काम सकेर संविधानसभाको निर्वाचनमा जानुपर्छ । यसमा ६०१ सदस्यको आवश्यकता छैन । २४० क्षेत्रबाट प्रथम हुने र ६० समानुपातिक र केहि विज्ञहरु गरेर ३०० सदस्य भए पुग्छ । यसमा लाग्ने खर्च १ सभासदले फिर्ता गरेको एक बर्षको तलब मात्रको रकम र ३०१ सभासद कटौतिबाट काफी हुने छ ।

रीता said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

@रोहित पौडैल
तपाईले संविधानका बारेमा केहि सोच्नु भएकोमा धन्यवाद । तर तपाईको सोचले नेपाललाई कहाँ लैजान सक्छ ? कहिले सोच्नु भएको छ ? यस्ता बेकम्मा कुरालाई तिलाञ्जली दिनुहोस् । अनि मात्र नया नेपाल सम्भव छ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।