जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

गौतम बुद्धलाई यसरी नै हो त मान्ने ?


आज २५५५औं बुद्ध जयन्ती । नेपालमा मात्र होइन, विश्वभरी नै शान्तिको कामना गर्दै र बुद्धको पुजा गर्दै यो जयन्ती मनाइयो । बौद्ध धर्मालम्बि तथा बुद्धलाई मान्नेहरुले गुम्बा तथा बिहारमा गएर बुद्धको मूर्ति अगाडी दिप बालेर शुभकामना तथा शुभेच्छाहरु प्रकट गरे । नेपालमा बुद्ध जयन्तीको दिन पारेर शान्तिको क्षेत्रमा काम गरेकोमा दुई जापानी नागरिकलाई सम्मान गर्ने कार्यक्रम पनि गरियो । यसरी नै विश्वभरी आजको दिनमा शान्तिको कामना र बुद्धको पुजा भईरह्यो । तर कमैले मात्र सोचे होलान्, बुद्धले के चाहेका थिए भनेर । कमैले मात्र सोचे होलान्, बुद्धलाई मान्ने यसरी नै हो त ? धुप, दियो बालेर या उनको मूर्तिको पुजा गरेर ।




गौतम बुद्ध नेपालको हालको लुम्बिनीको राजपरिवारमा जन्मिएका थिए । दरवारको सुखसयल त्यागेर ज्ञानको खोजीमा निस्किए पछि उनले बुद्धत्व प्राप्त गरे, शान्ति र अहिंसाको चेतनाबाट । बुद्धको मुख्य सन्देश नै शान्ति र अहिंसा हो । तर वर्तमान समयमा यी दुई चेतनाहरुलाई यति अमुर्त र जटिल बनाइएको छ कि यसको बारेमा विवाद र छलफल समानान्तर हुने गर्छन् । तर पनि शान्ति सबैको साझा चाहना हो ।

वास्तवमा गौतम बुद्धलाई पुजा गर्नु उनीप्रतिको आश्था वा सम्मान त होला । तर  बुद्धको सन्देशले उनको मूर्ति पुजाको कहि पनि वकालत गरेको छैन । अझ गौतम बुद्धले त स्पस्ट भाषामा भनेका छन्, कसैको कुरालाई तत्कालै विश्वास नगर, प्रयोग गर अनि मात्र विश्वास गर । उनको यही शब्दबाट थाहा हुन्छ, उनी हामीबाट शान्ति र अहिंसाको प्रयोग चाहान्छन् न कि उनको पुजा र प्रशंसा । गौतम बुद्धलाई साच्चै मान्ने हो भने उनको पुजा होइन, अनुसरण गर्नु जरुरी छ । स्मरण रहोस्, गौतम बुद्ध स्वयम्मा मूर्ति पुजाका बिरोधी हुन् । उनले सँधै मूर्तिबाट मोक्षप्राप्त नहुने धारणा राख्थे । तर दुर्भाग्य, संसारमा आज उनकै धेरै मूर्ति छन् ।

बर्ष भरि हिंसामा मात्र बाँचेका हाम्रो लागि एकदिन अहिंसाको तर्क गर्नु सजिलो काम हो । हामीले यसलाई अझ सजिलो पारेका छौ, गौतम बुद्धलाई भगवान मानेर । गौतम बुद्धका वचनलाई भगवानको वचन बनायौं । भगवान अर्थात भेट्न नसकिने अजेय, अमर कुरा । भगवानले गर्न सक्ने हामी पक्कै पनि गर्न सक्दैनौ । किनकि हामी न अजेय हौ, न अमर । यसैले बुद्ध वचनलाई भगवानको वचन मानिदिएर त्यसको पुजा गर्न थाल्यौ । यदि बुद्धलाई हामी विचकै मानव र उनको विचारलाई मानवहरुको मार्गदर्शक मानिदिएको भए हामी पनि साहस गथ्र्यौ । अनुयायीलाई पनि आँट आउँथ्यो, उनको पथमा हिड्नलाई । तर सबै भन्दा सजिलो विकल्प छ, उनलाई भगवान मानिदिने र पुजामा लगेर उनको वचनप्रति खाली नतमस्तक मात्र हुने । हामीलाई लाग्छ, उनी भगवान थिए र गरे । हामी मान्छे हौ, दैनिक जीवनमा अनेक अफ्ठ्यारा पर्छन् र हामी उनको जस्तो सक्दैनौ । हामी यही चुक्यौ कि ।



अन्त्यमा,
बुद्धलाई भगवान मानेर खाली उनको पुजामा र प्रशंसामा अझ भजनमा भनौं, रमाएर बस्नु उनी प्रतिको अनादर हो । एक पटक आफैलाई सोधौं, के हामीले उनको वचनलाई व्यवहारमा परिणत गर्ने अलिकति पनि सोचेका छौ । अनि के बुद्धलाई मान्ने यसरी नै हो त ?


3 comments:

रवि कुसुम said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पक्कै पनि बुद्ध मूर्तिपुजाका बिरोधी थिए । तर उनलाई भजाएर खाने र कमाउँने मेलो बनाउँने पण्डितहरुको कारणले उनी मात्र होइन, उनका विचार र सिद्धान्त पनि मूर्तिमा नै कैद हुदैछ ।

लेखकको शान्ति अमुर्त कुरा बनाइयो भन्ने आसयसँग म सहमत छु । सम्पती र शक्तिको आडमा शान्तिको परिभाषा पनि फेरिएको छ । जसले लाखौंका संख्यामा सेना विदेशमा पठाउँछ र, जसका लागि संसारका कुनै पनि देश सार्वभौम छैनन्, त्यस्ता मानिसहरुलाई शान्तिको पुजारी मानिन्छ । बाराक ओबामाले पाएको नोबेल शान्ति पुरस्कारलाई हेरौं ।

यसैले बुद्धलाई भगवान बनाइयो । र उनका व्यवहारिक विचारलाई भगवानले मात्र गर्न सक्ने बनाइयो ।

केदार नाथ खरेल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

भगवान त्यो हो जो ज्योति स्वरुप हुनुहुन्छ । जो हामी जस्तो आमा बुवाको कोखबाट जन्म लिंदैन। अब हेर्नुहोस धार्मिक किताबमा के लेखिएको छ- "न उहाँको आमा-बुबा छन् ,न उहाँको कोही मालिक तथा स्वामी छ (शविताश्वतारा उपनिषद् ९/६)
गौतम बुद्ध हामी जस्तै मानवबाट पैदा हुनुभएको हो यसैले पैदा हुने भगवान कसरी हुन्छन् ? हो हामीले वहाँको सन्देशलाई मान्नु पर्छ तर भगवानको रुपमा होइन एक मार्गदर्शकको रुपमा मात्र । स्वयं गौतम बुद्धले म भगवान हुँ र मेरो पूजा गर्नु भनेर भनेको कतै प्रमाण दिन सक्नु हुन्छ ? छ भने प्रमाण पेश गर्नुहोस् ।

Muhammad Ibrahim said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

(२) "न उहाँको आमा-बुबा छन् ,न उहाँको कोही मालिक तथा स्वामी छ (शविताश्वतारा उपनिषद् ९/६) जब भगवानको कुनै आमा बुवा हुँदैन भन्ने धार्मिक किताबले प्रमाण दिन्छ भने वहाँ कसरी भगवान हुनुभयो ?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।