जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

ज्ञानेन्द्र शाह र जेठ १५ को लागि मात्र होइन गणतन्त्र


फाइल फोटो

हिजो तेस्रो गणतन्त्र दिवस धुमधामका साथ मनाइयो । समाचारका हरेक माध्यमबाट हिजो जोडतोडका साथ प्रसारण गरिएको मुख्य समाचार यही थियो । मतलब नेपाल गणतन्त्र भएको हिजो तेस्रो बर्ष पुरा भएको छ । तर यो कागजी मात्र बन्यो । व्यवहारतः हामी नेपाली नागरिकले यसको अलिकति पनि महसुस गर्न पाइएको छैन । नेताहरुको हानाहान र तानातानको कारण गणतन्त्र भनेको एउटा श्रीपेच फ्याकेर अरु श्रीपेचहरु थप्नु जस्तो मात्र भएको छ । गणतन्त्रका कारण गद्दी छाडेका पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारले मात्र महसुस गरेका होलान् । हामी नागरिकले त कसरी थाहा पाउँने जेठ १५ बाहेकका दिनमा पनि नेपाल गणतन्त्र नै हुन्छ भन्ने ?




गणतन्त्रमा आइयो । एकदम ठुलो राजनीतिक परिवर्तन सम्भव भयो, हजारौंको बलिदान र त्यागको बलमा । रगतसँग साटेको गणतन्त्र पक्कै पनि कमजोर त छैन नै । तर त्यती ओजनदार पनि बन्न सकिरहेको छैन । गणतन्त्र अर्थात नागरिकबाट नागरिकमा शासन । नागरिकको हैसियत गणतन्त्रमा जस्तो प्रस्ट र सम्मानजनक अरु व्यवश्थामा छैन । यो ध्रुवसत्य हो । यसैले आफु शक्तिशाली भएको महसुस त गर्नु पर्छ नै । तर आफु अधिकार सम्पन्न भएको र शक्तिशाली भएको बहानामा दादागिरी प्रदर्शन गर्ने चलन चलेको छ हाम्रो देशमा । शक्तिशाली हुनु भनेको ठुलो दायित्व पाउँनु र जिम्मेदारी बढ्नु पनि हो भन्ने सोचाइ नआई गणतन्त्र बलियो हुन गार्हो छ । तर दिनदिनै हुने बन्द र हड्ताल भने अर्के सकेंत गर्छ ।

गणतन्त्रलाई संस्थागत गर्न आचरणमा सुधार अति आवश्यक छ । जेठ १५ पर्खेर एकदिन सैनिकमञ्चमा परेड खेलाउँदैमा अनि भाषण, शुभकामना र व्यक्तव्य बाजी गर्दैमा गणतन्त्रको अभिभारा कसैले पनि पुरा गर्न सक्दैन । गणतन्त्रको सफलता यति मात्र होइन ।



पहिले त जनता भन्नै छाड्नु पर्ने हुन्छ । जनता अर्थात नेताको आसेपासे या पछ्यौटे । जहाँ विभेद छ । यसको साटो नागरिक भनौ जहाँ सबैले समान सम्मान र आदरको महसुस गर्न सक्छन् । नागरिक शब्दमा कहि विभेद छैन । यो त सानो उदाहरण हो, जनतालाई नागरिक भन्ने बित्तिकै गणतन्त्र संस्थागत र बलियो हुने होइन । तर यस्तै साना कुराले पनि बिशेष महत्व राख्दछ । यसैले साना देखि ठुला धेरै कुरा बदल्नु छ । हामीले धेरै कुरा बदल्न सकेका छौ । यो पनि सक्छौ । आउँनुहोस्, हातेमालो गरौं ।

जय गणतन्त्र नेपाल ।

Republic nepal has many potential of tourism. But, we have to make better hotels and visiting place.

6 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अहिलेको स्थितीमा गणतन्त्र पाउँनु नै सबैथोक होइन रैछ। यसलाई सम्हाल्नु छ । पापी आँखाबाट बचाउँनु छ । मेरो प्यारो नेपाल ।

रमीता said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यी नेताले देश बिगारे ।

विनोद आचार्य said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

गणतन्त्र भनेको चै के रे ? ए, राजा हटाएर नयाँ राजा ल्याउनु हो । ल ल भैगो

आरती said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हिम्मत हार्नु हुदैन । गणतन्त्र संस्थागत भइसक्यो । अब फुल्नु पर्छ ।

Ob Kc said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

lagayau ganatantrabadiho la6arpato,euta sabidhan 3 barsa samma pani banauna nasaknele ganatantrako dhak dinchau, timiharulai chunab jitayera janatale tesai pathayeko hoina sambidhan banaunakolagi ho, tara timiharule aafno haisiyet dekhai
Hai, 3 barsa samma satta ra vattako lu6a chudima samaye khera faleu,ajhai kati samaye falne hau tara ajhai
pani ganatantrabadi vandai kurlinalai laj 6ina thukka nakacharaho...........

Ganesh Shah said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ज्ञानेन्द्र शाह र जेठ १५ शिर्षकको बिचार मन पर्यो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।