जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

कुखुराको टाउको बेचेर स्कुल चलाउँदै

आफ्नो लागि आफैले केहि गर्नु पर्छ । आफ्नो क्षेत्रका लागि आफैले नगरे अरु कसले गर्छ ? यही विचारलाई आत्मसाथ गर्दै आफ्नो ठाउँको विकाशका लागि नयाँ नयाँ तरिकाकामा गरिएका सामूहिक प्रयासहरु प्रशस्त छन् । गर्नलाई त हाम्रो देशमा शिक्षालाई मौलिक अधिकारमा लिपिबद्ध गरिएको धेरै नै भइसक्यो । तर यो कति कागजी मात्र छ भन्ने कुरा हामीले दैनिक जीवनमा महसुस गरिआएकै छौ । यद्यपी शिक्षाको आवश्यकता भने सबैले महसुस गर्न थालिसकेका छन् । यस्तै शिक्षाको लागि सरकारको मुख नताकि स्थानिय प्रयासमा स्याङ्जामा एक विद्यालय सञ्चालन गर्दै आएका छन् । विद्यालय सञ्चालनका लागि उनीहरुको मुख्य स्रोत हो, कुखुरा, हाँस, परेवा र बोकाको टाउको बिक्री ।



-दिवाकर भण्डारी-
विद्यालय चलाउँने तरिका धेरै हुन्छन् । कतै तरकारीलाई आम्दानीको स्रोत मानेर त कतै व्यक्ति वा संस्थामार्फत खर्च जुटाएर अनि कतै महायज्ञ सञ्चालन गरेर । तर स्याङ्जाको चित्रे भञ्ज्याङ गा.वि.स.मा रहेको एक विद्यालयमा भने मन्दिरमा देवीदेउतालाई चढाएको बलीको टाउको बेचेर विद्यालय सञ्चालन गर्दै आएका छन् ।

नजिकै रहेको बाल सुर्योदय प्रा.वि.मा सरकारी तहबाट आएको बजेटले मात्रै विद्यालयको खर्च धान्न नसकेपछि त्यहाँका स्थानिय वासिन्दाले यस्तो उपाय अपनाएका हुन् । विद्यालय नजिकै रहेको भैरवस्थान मन्दिरमा बलि चढाउँन ल्याएका बोका, कुखुरा, परेवा र हाँसका टाउका बेचेर आएको केहि आम्दानी विद्यालयलाई दिने गरेको मन्दिरका संरक्षक मनुभक्त शर्मा बताउँनुहुन्छ ।

उहाँका अनुसार २०५४ सालमा स्थापना भएको सो विद्यालयलाई द्धितिया, पञ्चमी, दशमी र पुर्णिमाका दिनका बलिका टाउका समितिले बेचि आधा पैसा विद्यालयलाई दिने गरिएको छ ।

मन्दिरमा आफ्नो मनोकांक्षा पुरा गरिदिएको भन्दै बलि चढाउँन आएकाले ल्याएको विभिन्न पशुपंक्षीका टाउका दर्शनार्थीले चढाएको भेटीले विद्यालय सञ्चालन गरिएको छ ।

सो मन्दिरमा दैनिक सय भन्दा बढि दर्शनार्थीहरुले बलि चढाउँने गर्छन् । सो बलि मध्ये कुखुरा, हाँस र परेवाको टाउको प्रतिगोटा २० रुपैया र बोकाको टाउको ८० देखि १०० रुपैयामा बेचिन्छ ।



यसरी प्राप्त रकमबाट दुइजना शिक्षक निजीस्रोतमा राखिएको छ ।
नेपाल एफ् एम् को सहयोगमा

5 comments:

गौरब निरौला said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

एकदम सकारात्मक खबर । खाली मान्छे मरेको र आतकंको समाचार कति सुन्नु ? बाँच्न डर लाग्ने भइसक्यो । ओसामा बिन लादेनको नयाँ नयाँ समाचार खोज्नु भन्दा यस्तो समाचारले समाजलाई फाइदा दिन्छ नि । धन्यवाद लेखका लागि ।

शान्ता अधिकारी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

गरे के नहुने रैछ र ? बलीको पैसाले स्कुल चल्नु त अति नै राम्रो हो नि ।

महेश कार्की said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तर जुनसुकै कुरामा गरिने बलीको म बिरोधी हुँ । बलीको साटो अर्को उपाय खोज्न मिल्दैन । पशु पनि त इश्वरका पुत्रपुत्री हुन् ।

Ishwor Baral said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

mahesh ji, I dont know god exist or not. But i am sure about that education is the matter which can change human to god.so stop commenting about good thing by giving the name of god.
thank you

manoj said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

great news.i appricate it

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।