जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

किताब छैन मैले कसरी पढ्नु ? [request by a school boy]

-सन्दिप कार्की, मोरङ्ग-
सुर्यको दिनको उज्यालोमा सानो दियोको उज्यालो हराउँनु प्राकृतिक कुरा हो । यसरी नै देशको मुल कानुन संविधान बन्ने कुरा नै अनिश्चित भएको समयमा अरु वर्गविशेषका कुराहरु, बिषयहरु र समस्याहरु अत्यन्त झिनामसिना लाग्नु एकहदमा स्वभाविक पनि होला । तर खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भने जस्तो साना भनि हेपिएका बिषयले पनि भोग्नेलाई पारेको अफ्ठ्यारो पिडितलाई मात्र थाहा हुँदोरहेछ । देशलाई अफ्ठ्यारो भयो भनेर कराइरहेको आवाजमा भलै ति अन्य बिषयबाट पिडितको आवाज एकदम सानो होस् तर याद गर्नुपर्ने कुरा यो छ कि त्यो सानो आवाज भित्र पनि ठुलो भनिएको आवाजमा जस्तै निराशा हुनसक्छन्, चेतना हुनसक्छन्, आक्रोस या प्रलाप हुन सक्छन् । मेरो आवाज त्यस्तै भएको छ, जस्तो दिनको उज्यालोमा दियो प्रकाश हुन्छ ।


खासमा म, कक्षा दशमा सरकारी विद्यालयमा अध्ययनरत पिडित विद्यार्थी हुँ । मैले कक्षा दशमा अध्ययन गर्न सुरु गरेको दुई महिना हुन लाग्यो तर अहिलेसम्म मसँग कक्षा दशका लागि आवश्यक सम्पुर्ण पाठ्यपुस्तक छैन । निजी विद्यालयमा विद्यालय भित्रै पाठ्यपुस्तक विक्री भए भनेर पुस्तक विक्रेताले विरोध गरेको मैले सुनेको छु । तर यसको विपरित दैनिकजसो म पाठ्यपुस्तक पाउँने आशामा करिब एक र आधा घण्टाको यात्रा गर्दछु । विडम्बना त यो छ कि मैले मेरा पाठ्यपुस्तक त्यती गर्दा पनि पाउँन सकिरहेको छैन । बिना पाठ्यपुस्तक विद्यालय जानु र दिएका गृहकार्य गर्न नसक्नुको कारण म भित्र उब्जिने मानसिक द्धन्द्ध मैले कसरी सामना गर्न सक्छु ? यो मानसिक स्थितीमा म कसरी अब्बल नम्बर ल्याएर पास गर्न सक्छु ? किताब नभएकै कारण मेरो अध्ययन डामाडोल भएको स्थितीमा मैले कहाँ गएर गुनासो गर्ने ?

यो यसपालीको मात्र घटना होइन । हरेक बर्ष यस्तै हुन्छ । त्रैमासिक परिक्षा सुरु हुनु भन्दा पहिले सबै पाठ्यपुस्तक हात पार्नु सरकारी विद्यालय पढ्ने मोफसलका विद्यार्थीका लागि पुरा नहुने सपना भएको छ । अर्धबार्षिक परिक्षा आइपुग्न लाग्दापनि पुस्तक पुरा गर्न गा¥हो हुन्छ । एसएलसीमा किन विद्यार्थी कम पास हुन्छन् ? किन सरकारी विद्यालयमा पढाई खस्कदो छ ? भनेर लाखौं खर्च गरेर हुने गोष्ठी र बैठकमा किताब समयमा नै विद्यार्थीको हातमा नपुगेको बारेमा छलफल हुन्छ कि हुदैन, मलाई थाहा छैन । तर हामीलाई सँधै एउटै बिषयले पोल्ने गर्दछ, किताब छैन मैले कसरी पढ्नु ?

भन्नलाई त हामी भविष्यका कर्णधार हौ । अनि त्यही भविष्यमा हामी निजी र सरकारी विद्यालय पढ्ने सबैलाई एउटै तराजुमा जोखिन्छ, अनि हामी कसरी समान हुन सक्छौ ? एउटा कक्षाबाट अर्कोमा उक्लने बार्षिक परिक्षा सकिने साथ ब्रिजकोर्स पढ्ने शहरिया विद्यार्थी र आधाबर्षसम्म पुरा किताबको आशामा हरेक दिन पुस्तक पसल चाहार्ने हामी मोफसलका विद्यार्थीहरु कसरी एउटै प्रतिस्पर्धा गर्न सक्छौं ? राजधानी तथा सुगम स्थानका र हामी जस्ता दुरदराजका सबैलाई एउटै तराजुमा राखेर थोकमा जोख्नु कतिको न्यायपुर्ण छ ? प्रश्न सबैका लागि हो ।

म भर्खर सोह्र बर्ष पुगेको छु । मेरो पनि भविष्यका लागि आफ्नै सपनाहरु छन् । र, ति सपनाहरु पुरा गर्ने मेरो आफ्नै खाकाहरु छन् । तर खोइ मसँग त्यसका लागि आवश्यक पुर्वाधारहरु ? म देख्दैछु, मेरो पुर्वाधारहरु क्रमशः साघुरिदै छन् अनि मेरो खाका र मेरो गन्तव्य विस्तारै खाडी क्षेत्रको मरुभुमितिर सोझिदैछ । मेरो बुबाआमा सबै जना भन्नुहुन्छ, बेला बेला भेटिने गरेका स्थानिय बुज्रुक नेताहरु पनि भन्नुहुन्छ, शिक्षाको उज्यालो घामले जीवनको अन्धकार हटाउँछ । तर खोई बुझिदिएको, मसँग पढ्ने किताब छैन, मैले कसरी पढ्नु ?



5 comments:

kranti said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

its nepal, you have to adopt.never do lamantation but start to do fight for your right. you have to have your all right.

Stha Pramesh said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Aru k nai vana sak6u ra yo sunder nepal ko chor neta haru vayapa6i
baabu Facebook pad ramro gyan din6

जीवन सघंर्ष said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

संघर्ष हो जीवन ।

rekha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

you can win dont leave your study. remember, the person who survive in extreme period can win the world.

razila said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

thukka government of nepal.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।