जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

रुवाउँने प्याजको फाइदा थाहा पाऔं


Photobucket

प्याजको गन्ध कतिलाई मन पर्दैन सोधिरहनु नपर्ला । गाडीमा वा कतै कसैको मुखबाट ह्वास्स निस्कने प्याजको गन्ध सबैका लागि अप्रिय नै हुन्छ । 'मुला खाई वन पस' भने जत्तिको निषेध प्याजमा नगरिने भएपनि खाएपछि गन्धको कारण प्राय प्याजलाई सार्वजनिक क्षेत्रमा अघोषित निषेध नै छ भने पनि फरक पर्दैन । खाएपछि मात्र नभएर खानलाई प्याज काट्नु पनि पीडादायक नै हुन्छ । अत प्याजको संसर्गसँग खासगरि नयाँ पुस्ताका युवायुवतीमा एउटा दुरी नै छ । काट्दा रुवाउँने र खाँदा दुर्गन्ध फैलाउँने प्याजका पनि धेरै फाईदा छन् भन्ने धेरैलाई थाहा नभएको हुन सक्छ । आज सोमबारको स्वास्थ्य चर्चामा प्याज-चर्चा पढौं ।





-डा. अनिमेष शाह-


संसारमा प्रयोग हुने तरकारीहरूमध्ये सबैभन्दा बढी प्रयोग हुने तरकारी प्याज नै हो विश्वमा हरेक वर्ष २० अर्ब पाउण्ड भन्दा बढी प्याज उत्पादन हुने गरेको यो तरकारी हरेक मौसममा सुलभ तरिकाले उपलब्ध हुन्छ । यो धेरै गुणले भरिएको खाद्यबस्तु हो । अझ भनौँ भने  स्वास्थ्यको लागि औषधि नै मान्न सकिन्छ यसलाई । धनी होस् या गरिब - जसले पनि आफ्नो आफ्नो तरिकले बनाएर खाने गर्दछ प्याज यसबाट विभिन्न महँगा खालको खाद्यबस्तुबाट पाइने पौष्टिक तत्वहरू पाउन सकिन्छ

यो सेतो, रातो पहेँलो गरी तीन रङमा पाइन्छ सेतो प्याज सबैभन्दा उत्तम मानिन्छ भने रातो प्याज मध्यम पहेँलो प्याजलाई साधारण मानिन्छ  

प्याजबाट एक किसिमको गन्ध आउँछ यसमा हुने गन्धक तत्वका कारण आउने यो गन्धले गर्दा यसलाई मन नपराउने मानिसहरू पनि छन् तर यो गन्ध मानिसका लागि अति उपयोगी भन्ने कुरा भने बिर्सनुहुन्न प्याजको गन्धले दिमागलाई सन्तुलित पार्दछ  भर्खर उखेलेको प्याजको गन्ध हिस्टेरिया वा दिमागी असन्तुलन भएका व्यक्तिहरूलाई धेरै नै उपयोगी हुन्छ 

भर्खर उखेलेको हरियो प्याजमा 'एम' नामक एक किसिमको विद्युतीय किरण हुन्छ त्यसलाई भर्खर निस्केको सुर्यको किरणसँग दाँज्न सकिन्छ 'एम' नामको यो विद्युतीय किरण प्याजमा उखेलेपछि तीन घण्टासम्म मात्र यसमा रहन्छ, त्यसपछि हराएर जान्छ  

प्याजलाई काट्दा आँखा पिरो भई आँसु आउन थाल्छ प्याजमा हुने अल्काइल डाई, ट्राई सल्फाइड  कार्बनिक कम्पाउण्डले गर्दा यसो हुने गरेको हो यसका साथै यसमा थायो प्रोपेनल सल्फर अक्साइडका रूपमा एक किसिमको गन्ध आउने तेल पनि हुन्छ यो तेलले आँखाको आँसु निकाल्ने ग्रन्थीलाई उत्तेजित पारिदिन्छ प्याज काट्दा यो तेल बाफका रूपमा आँखाभित्र गई आँखालाई पिरो बनाउँछ आँखाबाट आँसु आउँछ प्याजलाई पानीमा डुबाएर काट्यो भने यसबाट बाफ निस्कन पाउँदैन आँखा पनि पिरो हुँदैन  

प्याजलाई खासगरी हरियो तरकारीका रूपमा खाइन्छ तर यसको जमिनमुनिको भाग नबिग्रिने हुनाले यो प्रायः हरेक महिना बजारमा उपलब्ध हुन्छ अरू तरकारीको अभाव भएको बेला अथवा केही पनि तरकारी नपाइएको अवश्थामा पनि बजारमा प्याज पाइने हुनाले प्रायः धेरैजसो घरमा 'प्याज आलु', 'आलु प्याज' भन्दै तरकारी बनाउने गरिन्छ प्याजलाई विभिन्न तरिकाले बनाएर खाने चलन तरकारी, अचार, सलाद आदिका साथै अरू तरकारी वा परिकारसँग मिसाएर काँचै वा पकाएर वा अन्य परिकारसँग मिसाएर पनि प्याज खाने गरिन्छ  

प्याजमा प्रोटिन, चिल्लो पदार्थ, खनिज, रेशा, कार्बोहाइड्रेट, क्याल्सियमफोस्फरस, फलाम, भिटामिन सी आदि विभिन्न पौष्टिक तत्वहरू पाइन्छन् माछा, मासु  जस्ता पौष्टिक तत्व  प्रशस्त भएको तर महँगो तरकारी किनेर खान नसक्ने व्यक्तिहरूले प्याजबाटै धेरै फाइदा प्राप्त गर्न सकिन्छ  

धेरैजसो तरकारीहरूमा करिब ४७ प्रतिशतदेखि ६० प्रतिशतसम्म खेर जाने पदार्थ हुन्छन् तरकारीको खेर जाने पदार्थमा अलिकति लिग्निन् धेरै मात्रामा सेल्युलोज हुने भएकोले यिनीहरू स्वादहीन, खस्रा पचाउन नसकने हुन्छन् । यिनीहरूलाई खान नहुने वा खेर जाने पदार्थ भनिन्छ प्याजमा खेर जाने पदार्थ भनेको बोक्रा जरा हो यो जम्मा ३० प्रतिशत हुन्छ  

प्याजको बोक्रालाई विभिन्न सजाउने वस्तुमा पनि प्रयोग गर्न सकिन्छ तर यो चलन नगण्य रूपमा मात्र प्याज दिनदिनै सेवन गरेको खण्डमा शरीरमा फुर्ति बढ्छ, पाचन शक्ति वृद्धि हुन्छ, हात खुट्टा कठ्याङग्रिने, न्रि्रा नलाग्ने जस्ता समस्याबाट राहत पाउन सकिन्छ यसबाहेक पनि प्याजलाई अरू विभिन्न किसिमबाट उपयोग गर्न सकिन्छ औषधिका रूपमा प्याज विशेष गरेर हैजा फैलिने मौसम बर्षायाममा यसको प्राथमिक उपचारका रूपमा प्याज बाबरी -पुदिना) पिसेर त्यसको रस दुई-दुई घण्टाको फरक पारी खुवाएमा बान्ता रोकिन्छ बिरामीलाई निद्रा पनि लाग्छ साथै विस्तारै झाडा पनि टाढिएर जान्छ  

कसैलाई फलामको कमी भएमा, शिशुहरुमा बाधा भएमा प्याज प्रशस्त खुवाए यी समस्याबाट मुक्ति पाउन सकिन्छ प्याजको रस अदुवाको रस बराबर मिसाएर खाएमा बान्ता रोकिन्छ प्याजको रस दुई तीन थोपा कानमा राखेमा कान दुखेको पनि निको हुन्छ शरीरमा रगतको कमी भयो भने रक्तअल्पता हुन्छ शरीरमा रगत बढाउनका लागि भिटामिन बी फलाम बढी भएका खानाहरू खानमा बढी जोड दिनु पर्दछ फलाम पाइने तत्वमध्ये प्याज पनि एक हो वायुविकार भएका व्यक्तिहरूले काँचो प्याज दिनहुँ केही मात्रामा खाने बानी बसालेमा फाइदा गर्छ  

श्रृङ्गार प्रसाधनका रूपमा प्याज कुर्कुच्चा फुटेको भने एउटा प्याजलाई पिसेर त्यसको रसबाट फुटेको ठाउँमा नियमित मालिस गरेमा फुटेको हराउँछ प्याजको रस एक भाग, मह दुई भाग मिसाएर ठूलो चम्चाले एक चम्चा दिनहुँ सेवन गरेमा शरीरको छाला राम्रो हुन्छ अन्त्यमा एउटा रमाइलो उपयोग - प्याजको रसबाट कागजमा अक्षर लेखेमा तत्कालै त्यो देखिँदैन तर त्यो कागजलाई पानीमा भिजाएमा अक्षर प्रस्टसँग देखिन्छ  


2 comments:

गौरब निरौला said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

प्याज जति नै फाइदा भए पनि गनाउँन छोड्ने होइन ।

रमन चापागाँई said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

चुइगम चपाएर प्याज काट्दा आँखाबाट आँसु आउँदैन । मैले प्रयोग गरेको छु ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।