जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
Showing posts with label स्वास्थ्य चर्चा. Show all posts
Showing posts with label स्वास्थ्य चर्चा. Show all posts

'मुटुरोगबाट बँच्न घरबाटै सुरु गरौं'

थाहा पाउँनु भयो कि भएन, आज विश्व मुटु दिवस हो । दिनभर मिडियाहरुले यो समाचारलाई प्रमुखता दिएका थिए । पक्कै पनि तपाईले थाहा पाउँनु भयो । यद्यपी समाचार नसुन्ने वा वेवास्ता गर्नेहरुका लागि एक झलक । 'एक विश्व एकघर, एक मुटु' भन्ने नाराका साथ विश्वभर आज मुटु दिवस मनाईयो । नेपालमा भने 'मुटुरोगबाट बँच्न घरबाटै सुरु गरौं' भन्ने नारा पनि थप गरिएको थियो ।  विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार मुटु तथा मुटुजन्य रोगका कारण प्रतिवर्ष विश्वमा १ करोड ७३ लाख मानिसको अकालमा ज्यान जाने गरेको छ । अल्पविकसित तथा अविकसित मुलुहरुमा यो तथ्याङ्क उच्च रहेको संगठनको भनाइ छ । नेपालमा पनि मुटु रोगीहरु असाध्यै रहेको अनुमान गरिन्छ तर ठ्याक्कै तथ्याकं त सायदै छ ।

च्याउ खान अनुभव र विश्वास होइन, ज्ञान चाहिन्छ

च्याउ अति नै पौष्टिकतत्वयुक्त र स्वास्थ्यबद्धक खाद्ययवस्तुका रुपमा चिनिने गर्छ । बर्षाको मौसममा नेपालका वन, पाखा तथा खाली चउरहरुमा समेत च्याउहरु प्रशस्त उम्रने गर्दछन् । प्राकृतिक रुपमा उम्रने च्याउहरु कतिपय अति पौष्टिकतत्वपाइने र खानमा पनि स्वादिला हुन्छन् भने कतिपय त्यतिकै मात्रामा बिषालु पनि । लगभग उस्तै रंग तथा आकारमा पाइने हुनाले च्याउका धेरै प्रजातीहरुमा खानयोग्य र बिषालु छुट्याउँन गा¥हो पनि हुन्छ । कुन च्याउ खानयोग्य र कुन बिषालु हुन्छन् भन्ने छुट्याउँन मानिसहरु परम्परागत ज्ञानको प्रयोग गर्छन् । तर कतिपय अवश्थामा यो क्रम भंग हुन्छ र मानिसहरु अकालमा मृत्युको शिकार बन्छन् । यसैले यो बर्षाको समयमा च्याउको बारेमा केहि जानकारी साटासाट गरौं

रुवाउँने प्याजको फाइदा थाहा पाऔं


Photobucket

प्याजको गन्ध कतिलाई मन पर्दैन सोधिरहनु नपर्ला । गाडीमा वा कतै कसैको मुखबाट ह्वास्स निस्कने प्याजको गन्ध सबैका लागि अप्रिय नै हुन्छ । 'मुला खाई वन पस' भने जत्तिको निषेध प्याजमा नगरिने भएपनि खाएपछि गन्धको कारण प्राय प्याजलाई सार्वजनिक क्षेत्रमा अघोषित निषेध नै छ भने पनि फरक पर्दैन । खाएपछि मात्र नभएर खानलाई प्याज काट्नु पनि पीडादायक नै हुन्छ । अत प्याजको संसर्गसँग खासगरि नयाँ पुस्ताका युवायुवतीमा एउटा दुरी नै छ । काट्दा रुवाउँने र खाँदा दुर्गन्ध फैलाउँने प्याजका पनि धेरै फाईदा छन् भन्ने धेरैलाई थाहा नभएको हुन सक्छ । आज सोमबारको स्वास्थ्य चर्चामा प्याज-चर्चा पढौं ।

भान्सामा औषधी- बेसारको नालीबेली


Photobucket

स्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य पुनस् सुधार्नका लागि मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि एक पटक बिग्रिसकेको स्वास्थ्य स्थिती पुर्ववत अवश्थामा आउँने सम्भावना कमै रहन्छ । तर दैनिक जीवनमा नियमित थोरै मात्र ध्यान दिन सके स्वास्थ्य बिग्रन पाउँदैन र, निकै सबल बन्न सक्छ । यसका लागि त्यती धेरै समय तथा पैसा खर्च पनि गरिरहनु पर्दैन । हाम्रै भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको सुरक्षित प्रयोगबाट पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ । यही कुरालाई मध्य नजर गर्दै पानीफोटोले हरेक सोमबार नियमित रुपमा यस्ता खानेकुराहरुको बारेमा छलफल गर्छ ।

आजको लागि छलफलको बिषय छ, बेसार ।

भान्सामा औषधी- अदुवाको नालीबेली

स्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य पुनस् सुधार्नका लागि मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि एक पटक बिग्रिसकेको स्वास्थ्य स्थिती पुर्ववत अवश्थामा आउँने सम्भावना कमै रहन्छ । तर दैनिक जीवनमा नियमित थोरै मात्र ध्यान दिन सके स्वास्थ्य बिग्रन पाउँदैन र, निकै सबल बन्न सक्छ । यसका लागि त्यती धेरै समय तथा पैसा खर्च पनि गरिरहनु पर्दैन । हाम्रै भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको सुरक्षित प्रयोगबाट पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ । यही कुरालाई मध्य नजर गर्दै पानीफोटोले हरेक सोमबार नियमित रुपमा यस्ता खानेकुराहरुको बारेमा छलफल गर्छ ।
आजको लागि छलफलको बिषय छ, अदुवा ।

भान्सामा औषधी- लसुनको नालीबेली


paniphoto health 01 स्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य पुन: सुधार्नका लागि मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि एक पटक बिग्रिसकेको स्वास्थ्य स्थिती पुर्ववत अवश्थामा आउँने सम्भावना कमै रहन्छ । तर दैनिक जीवनमा नियमित थोरै मात्र ध्यान दिन सके स्वास्थ्य बिग्रन पाउँदैन र, निकै सबल बन्न सक्छ । यसका लागि त्यती धेरै समय तथा पैसा खर्च पनि गरिरहनु पर्दैन । हाम्रै भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको सुरक्षित प्रयोगबाट पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ । यही कुरालाई मध्य नजर गर्दै पानीफोटोले हरेक सोमबार नियमित रुपमा यस्ता खानेकुराहरुको बारेमा छलफल गर्छ ।
आजको लागि छलफलको बिषय छ, लसुन ।

भान्सामा औषधी- गाजरको नालीबेली

स्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य पुन सुधार्नका लागि मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि एक पटक बिग्रिसकेको स्वास्थ्य स्थिती पुर्ववत अवश्थामा आउँने सम्भावना कमै रहन्छ । तर दैनिक जीवनमा नियमित थोरै मात्र ध्यान दिन सके स्वास्थ्य बिग्रन पाउँदैन र, निकै सबल बन्न सक्छ । यसका लागि त्यती धेरै समय तथा पैसा खर्च पनि गरिरहनु पर्दैन । हाम्रै भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको सुरक्षित प्रयोगबाट पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ । यही कुरालाई मध्य नजर गर्दै पानीफोटोले हरेक सोमबार नियमित रुपमा यस्ता खानेकुराहरुको बारेमा छलफल गर्छ ।
आजको लागि छलफलको बिषय छ, गाजर ।


भान्सामा औषधी-टमाटरको नालीबेली


स्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य सुधार्न मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि पुर्ववत अवश्थामा आउँने सम्भावना कमै रहन्छ । यदि दैनिक जीवनमा थोरै मात्र ध्यान दिन सके स्वास्थ्य निकै सबल बन्न सक्छ । यसका लागि त्यती धेरै समय तथा खर्च पनि गरिरहनु पर्दैन । हामै्र भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको प्रयोगबाट पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ । यही कुरालाई मध्य नजर गर्दै नियमित रुपमा यस्ता वस्तुहरुको बारेमा छलफल गरिनेछ ।
आजको लागि छलफलको बिषय छ, टमाटर

एक दिन भए पनि मदिरा नपिउने हो कि !


जानकारीको लागि फोटोमा click गर्नुहोस् ।

मदिरापान नेपालको मुख्य सामाजिक समस्या हो भन्दा पनि फरक नपर्ला । बिभिन्न धार्मिक बहाना बनाएर होस् या ‘त्यसै खा’को हो र, पिर परेर पो खा’को त’ या ‘यसो साथीभाइसँगको भेटघाटमा’ भन्दै मदिरा पिएर टिल्ल हुनेको संख्या निकै ठुलो छ । प्रसाद मानेर खाएको भएपनि अथवा मोजमज्जा गर्न वा पिर भुलाउँन मदिराले गर्ने हानीमा रत्तिभर थपघट छैन । मदिरापानको कारणले मर्नेको संख्या पनि निकै ठुलो छ हाम्रो देशमा । यसैले यसलाई सके सम्म बर्जित गर्नु हामी सबैको हितमा देखिन्छ । किनकी हाम्रै छिमेक र परिवारमा पनि धेरैले अनेक कष्ट पाएका छन् मदिरापानको कारणले ।