जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

रामदेव हंगामा (फोटो र भिडियो सहित)

Photobucket
रामदेवको अनसनको प्रचारका लागि तयार पारिएको सामग्री
रामदेवले भ्रष्ट्राचार विरुद्ध गर्ने आन्दोलनको तयारी लामो समय देखि गर्दै आए । दैनिक ३ करोड मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष त्यसबारे योगसँगै जानकारी दिइरहे । दिल्लीको रामलिला मैदानमा करिब ४ वटा फुटबल मैदानको क्षेत्रफल ओगटेर समर्थक सहित हिजोबाट रामदेव आमरण अनसनमा थिए । तर अनसनको चौविस घण्टा नबित्दै प्रशासनले पुलिसको प्रयोग गरेर आन्दोलन बिथोलेको छ । पुलिसले अनसन बिथोलिरहदा रामदेव आफ्ना समर्थकलाई नडराउँन हौसला दिदै गरेका र उनी यताउता दौडिरहेको दृष्य भारतिय टिभी च्यानलहरुले देखाईरहेका छन् । हेरौं रामदेवको हंगामा फोटो र भिडियो सहित
रामदेव योगसँगै आफ्नो आन्दोलनको प्रचार गर्थे । उनले टिभी च्यानल तथा प्रविधिको भरपुर प्रयोग गरेका थिए ।


उनको समर्थनमा तीसहजार भन्दा बढि मानिसहरु अनसनस्थल रामलिला पुगेका थिए ।
Photobucket
पुलिसले बिथोल्नु अगाडीको अनसनस्थल (फोटो : एपी)
Photobucket
पुलिसले बिथोल्नु अगाडीको अनसनस्थल (फोटो : एपी)



Photobucket
अनसन स्थलमा राती रामदेव (फोटो : न्यूज२४)

तर अनसन २४ घण्टा पनि हुन पाएन । पुलिसले अनसनस्थलमा लाठीचार्ज गर्न थालेपछि रामदेव सबैलाई हौसला दिन यताउता दौडदै गरेको अवश्था । (भिडियो हेर्नुस्)

त्यसपछिको केहि तस्विरहरु
Photobucket
फोटो : एपी
Photobucket
पुलिस कारवाही पछिको रित्तो अनसनस्थल (फोटो : एपी)
नेपालमा असर
रामदेवलाई समर्थन गर्ने भन्दै नेपालमा पनि रामदेवका समर्थकहरुले नेपालमा भ्रष्ट्राचारको बिरोधका लागि पनि रिले अनसन गर्ने तयारी गरेको समाचार आइरहेको थियो । तर भारतमा रामदेवको अनसन बिथोलिए पछि यहाँको रिले अनसन नहुने सम्भावना बढेर गयो । यसबाट नेपालका टाउकेहरुको टाउको दुखाइ पनि बन्द हुने देखियो ।
Photobucket
रामदेव नेपाल आएका बेला झलनाथ खनाल उनीसँग योग सिक्दै





3 comments:

नियत यादव, कुवेत said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बाबाले अब दामी राजनीति गर्ने भए ।

निमेष said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

रामदेव एक्लैले भ्रष्ट्राचारीहरुसँग लड्न अफ्ठ्यारै हुन्छ । तर बाबासँग त्यो शक्ति छ ।

रामकृष्ण बराल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

रामदेव सर अर्काले चै नराम्रो मात्र गरेको देख्छन् । उनको ११ अर्ब सम्पतीको कर भने तिर्दैनन् ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।