जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

धनलक्ष्मी बेच्ने पक्राउ, विज्ञापन खेल्नेमाथि उजुरी, बजाउँने टिभीहरु चै ?

सरकारको सूचना पछि पनि अटेर गरेर बजाइएको विज्ञापन ।
आखिर सत्य कति दिन लुक्छ र ? छताछुल्ल भई छाड्यो । सरकारले नबजाउनु भनेर निर्देशन जारी गर्दा पनि टेलिभिजनहरुले बजाईरहे । प्रभाव, ठगले संसारलाई मुर्ख बनाउँदै पैसा कमाइरह्यो । अब भने यो सिलसिला बन्द भएको छ । हिजो मात्र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ अनि ठगीको अभियोगमा कारबाही गर्ने भएको छ।

यसका साथै ठगीको विज्ञापनमा खेलेको भनि नायक निखिल उप्रेती र उषा पौडेल माथि पनि सीडीओ कार्यालयमा उजुरी परेको छ । यसअघि यस्तै उजुरी रियल जुसको प्रचार गरेको भन्दै राजेश हमालविरुद्ध पनि परेको थियो। हमालविरुद्ध कुनै कारबाही भएको थिएन। यसैले अहिले निखिल र उषाविरुद्ध पनि कारवाही होला भन्न सकिन्न । तर झड्का त लाग्छ नै । भोली देखि झमेलामा पर्ने डरले कलाकारहरु यस्ता विज्ञापनमा नखेल्लान् । उनीहरुलाई यही पनि गतिलो सबक हुन सक्छ । तर सरकारले नबजा भन्दाभन्दै पनि बजाउँने टिभीहरु माथि चै के हुने ?


आफुलाई कानुनी राज भन्दा माथि सम्झने त्यस्ता टेलिभिजन च्यानलहरु पनि कारवाहीको दायरामा आउँनै पर्ने हो । तर शक्तिको अगाडि सबै नतमस्तक हुन्छन् । यो नियम टेलिभिजनहरुको यो कर्तुतमा लागु हुन्छ हुन्न, त्यो आउँने समयले देखाउँने छ ।
Photobucket

यसको रिपोर्ट भिडियोमा हेर्न भित्र आउँनुहोस्





पुर्ण समाचार यस्तो छ 
प्रहरीको अपराध महाशाखाले धनलक्ष्मी कवच नेपाल प्रमुख हृदयजङ शाहीसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका अन्यमा अजय तामाङ, विकास अग्रवाल, सुनिल श्रेष्ठ, सागर श्रेष्ठ र जितेन महर्जन छन् । विभिन्न सञ्चारमाध्यमबाट भ्रामक विज्ञापन दिएर सर्वसाधारणलाई ठगी गरेको गुनासो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगे पनि प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालले कवचबारे बुझ्न र कानुनअनुसार कारबाही गर्न अपराध महाशाखालाई पत्र पठाएका थिए ।

पक्राउ परेका हृदयजङ शाही यसअघि नेपाली बजारमा आएको शिवशक्ति कवचका नेपाल प्रमुख थिए । उक्त कवच बिक्री गर्दाताका समेत पक्राउ परेका उनी ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । यससम्बन्धी मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ । चान्दिया टे्रडिङको नाममा सञ्चालित यो कवच सरकारले डेढ वर्षअघि नेपालमा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको शिवशक्ति कवच बमबम भोलेको अर्को रूप भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले शिवशक्ति कवचका नामबाट त्यतिबेला ६ करोड २२ लाख रुपैयाँ उठाएका थिए । ८० लाख रुपैयाँ राजस्व छली गरेको समेत प्रहरीले बताएको छ ।


यसको रिपोर्ट भिडियोमा हेर्न भित्र आउँनुहोस्



प्रहरीले ग्राहक बनेर पक्रियो
प्रहरीले टेलिभिजनमा आएको विज्ञापनका आधारमा रक्षा कवचको अर्डर गरेर डेलिभरी मागेको थियो । "उनीहरूले हामीलाई आज बिहान डेलिभरी दिन भोटाहिटी बोलाएपछि महर्जन र श्रेष्ठलाई पक्राउ गरेका थियौं," महाशाखाका डीएसपी राजकुमार लम्सालले भने, "उनीहरूकै सूचनाका आधारमा अन्य चार जनालाई पक्राउ गर्न सकियो ।" प्रहरीले उनीहरूको साथबाट २५ वटा धनलक्ष्मी कवच, चारवटा शिवशक्ति कवच, एउटा नवदुर्गा कवच र १ लाख रुपैयाँ नगद बरामद गरेको छ ।

उनीहरू सबैलाई ठगी मुद्दामा कारबाही चलाइने प्रहरीले बताएको छ । झन्डै डेढ वर्षअघिदेखि धनलक्ष्मी कवचको व्यापार नेपालमा गर्न थालेका उनीहरूले एउटा कवचको ५ हजार ७ सय ६० रुपैयाँमा लिँदै आएका थिए । उक्त कवचको प्रचारप्रसारमा प्रयोग भएका सबै पात्र र सूचना गलत भएको प्रहरीले जनाएको छ ।

आफुलाई बचाउँन प्रेस विज्ञप्ती पनि निकाले । 
Photobucket
असार १५ को कान्तिपुरमा प्रकाशित सप्तऋषी संस्थानको विज्ञप्ती 



7 comments:

ammar_thapa2003@yahoo.com said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मन्त्र ले धन पाउने भए कस्ले पो गर्छ र दुख यो सरासर झुट हो ।

Raju Bhandari said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Dhery ramro kam gare6 yarr.,

Koirala Harihar said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

झन्डै झन्डै मैले पनि किनेको यार...............

Nepalifilmmaker Innepal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तेस्लाइ पनि कारवाही गर्नु पर्छ भन्ने मेरो मन्यता छ ।

Bina Karki said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कारबाही हुनै पर्छ यदी दोशी छन् भने । फ्री जोर्नालिजम भनेको यस्तो हैन ।

Rajib Khatry said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हो वास्तबमा यो चै मेरो मनकै कुरा आयो हो नि टी भी च्यानलहरुलाई पनि कारबाही हुनु पर्छ जस जसले प्रशारण गरेका छन्

Gokul Sharma said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो झुठो आस्वासन दिने प्रचार प्रसरलाइ कडा कारबाही गर्न पर्छ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।