जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

नेपालमा यत्तिका छन्, लोकतन्त्र र विकासका नमुना

-अर्पण खरेल, झापा-
भारतका लोकप्रिय नेता जवाहरलाल नेहरुलाई एक सज्जनले आक्रोशित शैलीमा सोधे, तिम्रो लोकतन्त्रले के दियो ? उत्तरमा उनले भनेका थिए, एउटा देशको शीर्ष नेतालाई यसरी प्रश्न गर्ने अधिकार तपाईलाई कसले दियो ? त्यस घटनाको स्मरण गर्दा देशमा लोकतन्त्रको आभास हुन सकेन भनेर हामीले मुर्मुरिनु व्यर्थ छ ।
धर्म निरपेक्ष भएपनि अधिकांश जनता हिन्दु रहेको यस देशमा गीताको सही अनुसरण गरिरहेका देशका अगुवालाई आचारहिन, कर्तव्यविमुख भन्दै गाली गर्न हामी अभ्यस्त भइसक्यौं । यसै ग्रन्थलाई एकपल्ट पल्टाएर नियालने हो भने खोट हामी जनतामा पनि देखिन्छ ।
यसमा बुझिने सरल भाषामा लेखिएको छ, कर्म गर, फलको आशा नगर । अर्थात्, मतदान तिम्रो कर्म हो, मत दिएर आफ्नो कर्म पूरा गर तर किन फलरुपी विकास निर्माणको कामको आशा गर्छौ ? नगर । यसलाई खर्लप्पै निलेका पण्डित पुरोहित त मौका मिल्ने साथ नेताहरुलाई गाली गर्छन् । सामान्य मानिसले त्यस्तो मर्म कसरी बुझ्ने ?



विकसित मुलुकहरुको सूचीमा पर्ने छाँट यस देशमा नदेखिए पनि निराश बनिहाल्नुपर्ने स्थिती भने छैन । चित्त बुझाउँने प्रशस्त ठाउँहरु छन् । हिजो हिलाम्मे भई छ्यास्स बाली उम्रिने खेतहरु आज कालोपत्रे भएका छन् । सबै मान्छेको एउटै रुची हुदैन, त्यसैले ग्राबेल, खाल्टो, पिच आदि अलग अलग रुची भएका व्यक्तिहरुका लागि एउटै मार्गमा सबैखाले सुबिधा उपलब्ध छन् । हिजोका स्याल कराउँने, कोइली गाउँने, बन्यजन्तु बस्ने घनाजंगल आज ससाना बस्तीमा परिणत हुँदैछन् । ठिंग उभिएर प्रयोगहीन भएका रुखहरु थुप्रैका लागि जिवनयापनका स्रोत बनेका छन् । यी तमाम् लक्षणहरु विकासका ज्वलन्त उदाहरण होइनन् र ?



मान्छे असन्तोषी प्राणी हो भन्ने भनाई त्यतीखेर सार्थक लाग्छ, पत्रपत्रिका, रेडियो, टेलिभिजनमा लोडसेडिङबारे अनेकौं कुरा सुनिन्छ । देशका नेतालाई गरिएको तथानाम गाली र आरोप सुनिन्छ । टुकीको सहारामा कतिबर्ष हाम्रा पुर्खाले गुजारा चलाए । आज हामीले एकै सातामा घण्टौं बिजुलीको उपभोग गर्न पाएका छौ, यो विकास होइन ?


6 comments:

milan angbuhang said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

its funny but it prove that we nepali people can make fun in times of sorrow. This is our greatness.

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

भनेपछि नेपाल पनि खुब विकाश भएछ, मेरो नाम जस्तै ।

आशाराम said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बोल्न पाएकै छ, त्यो भन्दा बढि लोकतन्त्र किन चाहियो ?

नुमा गदाल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मैले त रुसको कुकुर र भारतको कुकुरको कथा सम्झिएँ ।

दिपक बिष्ट said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

के थियो कथा नुमाजी ?

नुमा गदाल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ए रुसको कुकुर चै खान मात्र पाउँने रे भुक्न नपाएर टेन्सनमा अनि भारतको चै भुक्न मात्र पाउँने रे खान नपाएर हैरान ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।