जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

नेपालको जित अब गणितमा मात्र सिमित

झण्डा हल्लाउँने मौकै पाइएन । फोटो सुफल काफ्ले
सामान्यतया, एक रोपनी बाँझो खेत एक हल गोरुले एक घण्टामा जोत्न सक्छ । यसमा गणितिय ऐकिक नियम लगाउँने हो भने एक रोपनी खेत एक मिनेटमा पनि जोत्न सकिन्छ, जसका लागि साठी हल गोरुको आवश्यकता पर्दछ । तर के साठी हल गोरु एक रोपनी खेतमा अँटेर जोत्न सक्लान् त ? नेपालको विश्वकप यात्रा यस्तै मोडमा आइपुगेको छ ।


जोर्डनसँगको खेल हुनुपुर्व बेलायती प्रशिक्षक ग्राहम रोबर्टले खेलाडी र दर्शकको मनोबल उच्च राख्न जति नै कडा प्रतिक्रिया दिए पनि सबै पानीमा गएको छ । नेपाल खेल अन्त्यको सिठी बज्नु अगाडीसम्ममा नौ गोल खान पुग्यो र खातामा एक गोल गर्न पाएन । यसैले विश्वकप यात्रामा पुनः सहभागी हुन नेपालले जोर्डनलाई शुन्यमा राखी दश गोल गर्नुपर्ने हुन्छ । जुन माथिको ऐकिक नियम सरह छ ।
नेपाल र जोर्डनको खेलको भिडियो हेर्नुहोस्


खेलमा हारजित त हुन्छ नै । तर नेपालको यो हार, नेपालको फुटबलमा भएका कमजोरीहरुको पाठ हो । यसलाई मन नलागेपनि सबैले पढ्नै पर्छ । खास गरि खेललाई राजनीतिमा मुछ्नेहरु र खेलको नाममा लाखौ पैसा चलाउँनेहरुले जवाफ दिने बेला भएको हो । तर नैतिकताको खडेरी भएको यो देशमा त्यो पनि दिवास्वप्न नै हुनेछ ।

To view other video click here

7 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जित्नका लागि अभ्यासको आवश्यकता पर्दछ । नेपालले कतिवटा अभ्यास खेल खेल्यो र, जित्नलाई ?

माया राउत said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हाम्रो गरिबीको ऐना हो नौ गोल । अमेरिकालाई कसैले नौ गोल लगाएको थाहा छ ?

आकाश श्रेष्ठ said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बिचरा, नेपाली खेलाडीहरुले गोल छुन पनि राम्रोसँग पाएनन् । नेपालीको कद नै फुटबल खेल्नका लागि होइन, जस्तो लाग्छ मलाई त । अरु नै खेलका बारेमा सोच्नु ठिक होला । फुटबलको बजेट क्रिकेटमा हालौँ, नेपालको क्रिकेटमा बरु भविष्य उज्जवल छ । नभए यस्ता नौ गोल नेपालले अझै धेरै बोक्नु पर्छ ।

रोहित प्रसाई said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ठुलै धक्का ।

जीवन बोहोरा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपालको फुटबल, नेपाल भित्र मात्रै ठिक छ ।

मुना सिंह said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

खेलाडीको केही दोष छैन । खेल खेल्न समय र अवश्था नै मिलेको छैन । त्यही कारणले नेपालको यत्रो हार भयो ।

सलोन पौड्याल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कति बजेट थियो, डुब्यो मात्र ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।