जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

वादीलाई ट्याक्सीमा सहुलियत, कति सान्दर्भिक

वादी परिवार
-आस्था कालिका-
सरकारले भर्खरै पेश गरेको बजेटमा वादी जातिका युवायुवतीले ट्याक्सी चलाएर जीविका चलाउन् भन्ने उद्देष्यले उनीहरुले ल्याउँने ट्याक्सीमा भन्सार सुविधा छुट गरिदिने नियम ल्याएको छ । साथै ट्याक्सीमा खरिदका लागि सहुलियतपुर्ण ऋणसमेत व्यवश्था गर्ने घोषणा गरेको छ । यसो हेर्दा यो ठीक लागे पनि वादी जातिबारे जान्नेहरुलाई भने यसले हँसाउँनुसम्म हँसाएको छ ।


वादी भन्नासाथ आफ्नो जग्गा नभएकाले गीत गाएर वा अरुकोमा श्रम गरेर पेट पाल्ने जातिका रुपमा चिनिन्छ । प्रायः वादीको बाबुको समेत ठेगान नभएकाले उनीहरुले नागरिकतासमेत पाउँन सकेका छैनन् । जसको नागरिकतासमेत छैन, उसको घर, बिजुली र जग्गा हुने कुरै भएन । यही कारण वादी जाति चरम अभावमा बाँचिरहेको छ ।



नागरिकमा प्रकाशित युवकको यो कार्टुनले साँच्चै सत्य बोलिरहेछ । तर देख्छ के सरकारले ?


यस्तो अवश्थामा बिहान र बेलुका के खाउँ भन्ने चिन्ताले उनीलाई सताइरहेको हुन्छ । यस्तो अवश्थामा ट्याक्सी किन्ने आँट कहाँबाट आउँछ ? कर छुट दिइए पनि किस्ताबन्दीरुपमा तिर्नुपर्ने शुल्क उनीहरुले कसरी तिर्न सक्लान् ? ट्याक्सीले कमाउँछ भन्ने ग्यारेन्टी छ ? यस्ता प्रश्नको उत्तरबिना आएको घोषणाले सार्थकरुप लिने देखिन्न । अर्थात यो कार्यान्वयन हुने सम्भावना अत्यन्त कम छ ।

उनीहरु बस्ने ठाउँका मानिसको ट्याक्सी चढ्ने हैसियत छ छैन भन्नेबारे पनि अध्ययन भएको पाईदैन । अर्कोतर्फ ट्याक्सी चलाउँनु अघि सिक्नलाई चाहिने पैसा र चालक अनुमतिपत्रको समेत जोहो गर्न उनीहरु सक्षम छैनन् । यस्तो वास्तविकता अध्ययन नगरी ल्याइएको योजना कार्यान्वयन हुन्छ भन्ने लाग्दैन ।

यो घोषणा कार्यान्वयनमै यस्तो शंका छ । अर्कोतर्फ ट्याक्सी चलाएर सिन्डिकेटमार्फत यात्रु ठगिरहेका ट्याक्सीवालाले कि आफुलाई पनि करमा छुट दिनुपर्ने अन्यथा वादीका कारण आफ्नो रोजीरोटी गुम्ने भनेर केही दिनअघि कार्यक्रम नै गरेर विरोध जनाए । यो कार्यान्वयनमा आए आफुहरुले आन्दोलन गर्ने धम्की पनि उनीहरुले दिए ।

बिचरा सरकार उ लागू नै हुन नसक्ने घोषणा गर्दै हिड्छ । कतै चाँहि आफ्नो ठगी पेसामा गिरावट आउला भनेर कागले कान लग्यो भन्दैमा कान छाम्दै नछामी कागको पछिपछि दगुर्ने पनि छन् ।


0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।