जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

अस्पतालका लाशहरु सोझै नारायणी नदिमा (हेर्नुहोस् भिडियो)

घरमा पालिएका कुकर, बिरालो वा मासुकै लागि पालिएका खसी तथा कुनै जनावार मरेमा तिनीहरुलाई पुरिन्छ । अझ संस्कारकै कुरा गर्ने हो भने त घर भित्र पालिएका जनावारहरु मरेमा तिनीहरुलाई घरकै सदस्य मानेर केही खाद्यान्न तथा द्रब्यसँगै पुर्ने गरिन्छ । यो हाम्रो संस्कृति या सभ्यता भित्र पर्दछ । एक वाक्यमा भन्दा हामीमा लासको पनि सम्मान गर्ने परम्परा छ । तर यो परम्परा मात्र नभएर मानवतामा नै लात हान्दो रहेछ भरतपुर अञ्चल अस्पतालले । विभिन्न किसिमले वेवारिसे भएका शवहरु सोझै नारायणी नदिमा फालिदा रहेछन् । मानविय संवेदनालाई तिलभर नठानेर गरिएको यस्तो क्रियाकलापको बिरोधमा नदि फोहोर भयो, रोग फैलन्छ, दुर्गन्ध बढ्छ जस्ता कुराहरु के भनिरहनु । मानव र मानविय संवेदनाको नै अर्थ नरहने ठाउँमा अरु के कुराको नैतिक मुल्य हुन्छ र ? यो अमानविय कार्य हेर्नुहोस् र भन्नुहोस् के यो मान्छेले गर्ने कार्य हो ?


कभरेजका लागि एभ्यूनिज टेलिभिजनलाई धन्यवाद ।




नबोल्न पनि पाईदैन ।
सबैकुरामा प्रतिक्रिया जनाउँन मन लाग्दैन मलाई । तर कतिपय यस्ता कुरा हुन्छन् जसमा प्रतिक्रिया जनाउँन मन लाग्छ र, शब्दहरु निरन्तर निस्किरहन्छन् । तर यो कार्यमा बोल्न मन लागेन । तर, नबोली बसेर यसको अन्त्य पक्कै पनि हुँदैन । मैले माथि नै भनिसकें, मानव र मानविय संवेदनाको नै अर्थ नरहने ठाउँमा अरु के कुराको नैतिक मुल्य हुन्छ र ?

अज्ञानी कोही भइदिएको भए सम्झाएर भन्न सकिन्थ्यो होला । तर यहाँ त त्यो पनि रहेन । अस्पताल जहाँ पढेका मानिसहरुको ठुलो जमात हुन्छ, तिनीहरुलाई कुन ज्ञान दिएर सम्झाउँन सकिन्छ ?



अस्पतालबाट निस्कने फोहोर पनि यसरी जथाभावी फाल्न हुन्न । त्यसको सम्पर्कले धेरै किसिमका रोगहरु फैलन सक्छन् । यसैले अस्पतालबाट निस्कने फोहोरलाई अस्पतालमा जलाउँने प्रविधिको प्रयोग गर्नु पर्छ भनिन्छ । तर यहाँ त कसरी त्यसको आशा गर्नु । जहाँ मानिसहरुलाई भान्साबाट निस्किएको फोहोर जति मात्र मानिन्छ ।


4 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

थुक्क पापी, तिमेरुको त नरकमा बास हुन्छ ।

कविता पोखरेल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

के गरेको यस्तो । तर जे गरे पनि मरेकाले विरोध गर्ने होइन । आ जे गर है । यहाँ बाँच्नेको त मुल्य छैन ।

Bipin Kafle said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अस्पताल एक को जिम्बेबार ब्क्ती जसले यस्तो निर्णय अथवा आदेश दियो तेस्लाई निलम्बन गर्नु बाहेक अरु विकल्प छैन /

डिल्ली said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो त अति नै भयो । मरे पनि मानिसको लास हो । तरकारी ल्याएको प्लास्टिक हो र, यसरी फाल्नलाई ? लासको पनि कदर गर्नु पर्छ । फेरि बाँचेकालाई कस्तो डर पैदा गर्छ यसतो लाशहरुले । यो त याद गर्नु पर्दैन । पाजी हो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।