जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

यसो रामरमाइलो नि !


गाउँघर तिर जाडोको समयमा खुल्ला आँगनमा गुन्द्री ओछ्याएर तास फिटिरहेका हुन्छन् । कसैले के हो यस्तो आँगन मै, भनेर सोध्यो भने जवाफ आउँछ, यसो रामरमाइलो नि ।

दाजुसँग रिसाएर भाउजु माइत गईन् । दाईले भोलीपल्टै फकाएर ल्याए । बाटामा एकाएकलाई हेर्दै मुस्कुराउँदै घर फर्केको देखेर काकाले भने यीनीहरुको झगडालाई के झगडा भन्नु, यसो रामरमाइलो गरेका होलान् ।

यस्तै धेरै सन्दर्भमा प्रयोग हुन्छ, रामरमाइलो शब्द । अर्थ नै खोज्ने हो भने अंग्रेजीमा भनिने टाइमपास शब्दसँग रामरमाइलोको निकटसम्बन्ध मान्न सकिएला । अहिले हाम्रो सरकारमा मात्र होइन, प्राय जसो सबै क्षेत्रमा रामरमाइलो देखिन्छ । केही प्रतिनिधी घटना र पात्र यहाँ उल्लेख गरेको छु




घटना र पात्र १ : सरकारको पुर्नगठन
पार्टीभित्रको वैचारिक संघर्ष भनेर प्रचार गरिए पनि माओवादीले पदिय भागबन्डमा लगेर संघर्ष विसर्जन ग¥यो । भागबन्डा मिलाउँन सरकारको पुनर्गठन गर्ने भनियो । पुराना मन्त्री फिर्ता आउँने र नयाँ तिनका ठाउँमा जाने । तर अड्को थाप्यो कांग्रेस र प्रधानमन्त्रीका पार्टीप्रतिपक्षी ओलीनेपाल समूहले । त्यसैपनि दह्रो खुट्टा नटेक्ने भनेर नाम चलेका झलनाथको खुट्टा लगलग काम्न थाल्यो । उनले पुनर्गठन नगर्ने भन्दिए । छाड्ने नै भनेका मन्त्रीहरुलको राजिनामा प्रचण्डले ठोकिदिए ।

अन्त्यमा कुरा मिल्यो, झलनाथले सरकार गठन र पुनर्गठन त प्रधानमन्त्रीको बिशेष अधिकार हो भन्दै पुनर्गठन गर्ने वचन सार्वजनिक गरे । यदि यसै गर्नु थियो भने बेकारको लफडा किन गरिरको ? अस्ति नै गरेको भएपनि हुन्थ्यो । त्यसैले यसलाई वर्तमान समयको पहिलो नम्बरको रामरमाइलो मान्नु पर्ला । होइन भने झलनाथलाई सोध्नुहोस्, उनले पनि भन्लान्, यसो रामरमाइलो गरेको नि ।

घटना र पात्र २ 
यसो रामरमाइलोको अर्को बिशिष्ट घटना र पात्र २ मा हिजोको संसद अवरुद्ध गर्ने कार्यलाई लिएको छु । बजेट सुरु हुनु अघि नै सार्वजनिक भयो भनेर बजेट भाषण हुँदा हुँदा कांग्रेसले गलफत्ती ग¥यो । उसलाई चुप लगाउँन छानविन समिति बनाइयो, त्यसका संयोजक रहे कांग्रेसका मुख्य सचेतक लक्ष्मण प्रसाद घिमिरे । उनले हिजो संसदमा प्रतिवेदन पेस गर्नु पर्ने थियो । तर उनीसँग प्रतिवेदन पुरा थिएन कि किन, प्रधानमन्त्रीको राजिनामा माग्दै उनकै नेतृत्वमा हिजोको संसद अवरुद्ध भयो ।

सामान्य भाषामा भन्दा कांग्रेसका लक्ष्मणप्रसाद घिमिरेले आफैलाई अवरुद्ध पारे आफैले । अवरुद्ध गर्नु नै थियो, भनेका बेला प्रतिवेदन सार्वजनिक गर्नु थिएन भने बजेट भाषणका बेला किन गलफत्ती गर्नु ? यो पनि यसो रामरमाइलो भने जस्तो भएन र ?



घटना र पात्र ३ : तलब हजारको धरौटी करोडको
यो शिर्षक पढ्दै यसका पात्रहरुले कतिसम्म रामरमाइलो गरेका होलान् भनेर अनुमान लगाउँन सकिन्छ । सन्दर्भ हो सुडान घोटालाको । अभियुक्तहरु प्राय सबै उच्च तहका । त्यै पनि तलब त हजारमा नै खान्थे । जब भ्रष्टाचारमा आरोपित भए र अदालतले जरिवाना तोक्यो, सबै करोडको धरौटी तिर्दै बाहिरिन थाले । यसो बुझ्दा यीनीहरुको पद र जागिर त यसो रामरमाइलो मात्र रहेछ । होइन भने करौडोको मालिकहरु के हजारको जागिरमा यत्रो बर्ष अल्मलिएका ? अझ यसै काण्डका ठेकेदार भारती भन्ने आरोपीले त जेल बसाईलाई नै रामरमाइलो बनाइदिए । जेल गएका रे पहिलोपल्ट ससुराली गएजस्तो मुस्कुराउँदै । अचम्म छ बा ।


4 comments:

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

tyatatira ramramailo bhandarahe6n dangtira ramailo matra bhan6n.

Ganesh Shah Dang Ghorahi said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

bhannubhako 6 sombar niyamit stambha bhansama ausadhi. aaja sombar tara katai dekhiena.

Ganesh Shah Dang said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

karki sir, tapaiko 'parichaya padhen tapai ra mero umerma dabal bhanda badhiko phara rahe6. madya paschim ra sudur purbako bhet bhae6. Mero english Roman bhanda badhi 6ina.Ma samanya sakshara 6u. FB ma tapai mero mitra bhaekale sampark huna sakyo .tapaiko bloge samma pugna sakekoma khusi lagyo.

दूर्जेय चेतना said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

रामरमाईलो त कत्ती कत्ती है हाम्रोतिर त.. जता ततै रामरमाईलो।। प्रतिनिधी प्रशंगले सही प्रतिनिधित्व गरिरहेको छ रामरमाईलोको

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।