|
यसरी नै ताते ताते गराउँनु भएको थियो बुबाले |
आज कुशे औशी । शुद्धताको प्रतिक कुशलाई आज घरघरमा भित्राउँने दिन । आजकै दिन हामी आफ्नो बुबाको मुख हेर्ने दिन भनेर पनि मनाउँछौ । छोराछोरीले आजको दिनमा आफ्नो बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुबाको मुख हेर्ने गर्दछन्। बुबा नहुनेहरुले आज गोकर्णमा गएर आफ्नो बुबालाई सम्झिएर तर्पण दिने र ब्रम्हाणलाई दान दिने गर्दछन् ।
आफु त घरबाट टाढा भएको पनि धेरै भईसक्यो । यसैले बिहान सबेरै बुबालाई फोन गरियो । सञ्चो बिसञ्चो सोधियो । तपाई घरमा नै हुनुहुन्छ भने त ठिकै भयो । घरबाट टाढा हुनुहुन्छ भने के तपाईले घरमा बुबालाई फोन गर्नुभयो ? बुबालाई सञ्चै त छ नि ?
तपाईले आजको पर्व कसरी मनाउँनु भयो ? लेख्नुहोस् है ।
7 comments:
घरबाट टाढा भएको कारण घरमा बुबालाई फोन गरियो । अनि दिनभर बुबालाई मिस गरियो ।
बाउलाई बाउ भात खान आउ भनियो अनि दामी तरकारी पकाएर खाईयो । बुढा त मख्खै नि । टुलुटुलु मेरो मुखमा हेर्दै भन्छन्, माया त गर्दौ रहेछ यस्ले पनि । झण्डै आँखामा आसु आएको हामी दुबैको ।
ए बुढा तिम्रो माया गर्दिन त म ? आफ्नो बाउको माया नगरेर कस्को बाउलाई गर्नु ? तिमीलार्ई पाल्ने र तिम्रा अपुरा सपना पुरा गर्ने मान्छे पो हुँ त । तिम्रो बुढेसकालको लाठी । यति भन्देको बुढा रोए । तर मैले सत्य नै भनेको हो नि ।
happy father's day
बुबालाई मिठाई ल्याएर खुवाईयो । तर धेरै चै मैले नै खाएँ ।
बाबुको मुख ? हेरें । दाँत धेरै किराले खाएछ । जिब्रोमा काई पनि निकै जमेछ ।
बुबा एकदम फिट एन्ड फाइन हुनुहुँदोरहेछ । खुसी लाग्यो ।
यो विदेशी भुमीमा बाबुबाट टाढा बस्दा निकै याद आउँछ । छोराले धेरै कुरा माग्दा अनि दिन नसक्दा मेरो बुआको निकै माया लाग्छ, सम्झिएर । हामीले कति सताएछौ ।
आत्माराम, दुबई
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।