जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

काला कुर्तैले ६ महिने जागिर खाया

आज गाईजात्रा एउटा च्यानलले रामचन्द्र काफ्लेको गीत बजाईरहेको थियो, काला कुर्तैले ६ महिने जागिर खाया ।  ठ्याक्क त्यहीबेला 'फ्लासन्यूज स्क्रोल' हुन थाल्यो, 'प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिए । राजिनामा पत्र बुझाउँन राष्ट्रपति निवास जाँदै ।' अन्ततः झलनाथ खनालले पनि आज गाईजात्राको साइत पारेर प्रधानमन्त्री भएको ६ महिना ९ दिन पछि राजिनामा दिए, देशलाई फेरि नयाँ गाईजात्राको चरणमा पुर्‍याएर । उनको राजिनामासँगै अब देशमा के के गाईजात्रा हुन सक्छ अनि उनले अघिल्ला प्रधानमन्त्रीसँग मिल्दा जुल्दा काम के गरे अनि फरक के गरे ? एकछिन समिक्षा गरौं




अब फेरि झर्को लाग्दो गाईजात्रा
झलनाथको राजिनामाभन्दा अगाडीदेखि नै गाईजात्राको आरम्भ गरिसकेका छन् हाम्रा नेताहरुले । अब राजिनामा पछि त झन् यसले उग्ररुप नै लिनेछ । सबैभन्दा ठुलो गाईजात्रा कांग्रेसमा हुनेछ । प्रधानमन्त्रीमा कसलाई उम्मेदवार बनाउँने, रामचन्द्रलाई कि शेरबहादुरलाई । अनि माओवादीमा बाबुराम भट्टराईलाई सहमतिको मात्र प्रधानमन्त्री बनाउँने कि बहुमतिय पनि । एमालेमा त झन् जति कुरा गरेपनि कम हुन्छ, माधव ओली पक्ष र झलनाथ पक्षबिचको जुहारी गाईजात्रा भन्दा कम छैन । रिपोटर्स क्लबमा मात्र नपुगेर फेसबुकका भित्ता भरि पनि देख्न सकिन्छ, एमालेको गाईजात्रा । त्यसपछि प्रधानमन्त्रीको चुनाव अनि फेरि राजिनामाको गाईजात्रा । गाईजात्राको कहिलै नसकिने वृत ।

माकुने भन्दा कति फरक र कति समान
अघिल्ला प्रधानमन्त्री माधवकुमार नेपाल र अहिलेका झलनाथ खनाल एउटै पार्टीका नेताहरु हुन् । दुबैले आफ्नो कारणले भन्दा पनि अरुको जुधाईका कारण प्रम पद पड्काए । यीनीहरुको लेखाजोखाले एउटै पार्टीमा काम गरिरहेका दुई नेताको फरक र समानता छुट्याउँन सजिलो होला । कागजी नीति नियमका कुरा गर्ने हो भने दुबै प्रधानमन्त्रीमा केही फरक पक्कै देखिएला । तर कागजमा कसले कति फोहोर गर्‍यो भन्ने कुराले हामी नागरिकलाई फरक पार्न थालेको धेरै भइसक्यो । वास्तविकता त यो हो कि दुबैले गफ गरेर जागिर पकाए । सिन्को भाँच्ने काम र गर्व गर्नसक्ने काम दुबैले केही गर्न सकेनन् । फरक यति रह्यो कि माधव नेपालले अलिक लामो जागिर खाए, झलनाथको भन्दा ।

झलनाथले बैठकमा एक्कासी आजै राजिनामा दिने बताएर राजिनामाको पत्र बुझाए । यस्तै आकस्मिक राजिनामा दिएका थिए माधवकुमार नेपालले पनि । यो कुरामा दुबैले समान ब्यवहार देखाए ।



वास्तवमा झलनाथ र माधव नेपाल सरकार ढल्नुको कारण पनि एउटै छ । उनीहरुले अन्य दलको कारण उनीहरुले राजिनामा दिएका होइनन् । माकुनेलाई अन्तिम समयसम्म पनि कांग्रेसले काँध हालिरहेको थियो भने झलनाथलाई पनि प्रचण्डले काँधबाट ओरालेका थिएनन् । उनीहरुको सरकार ढल्नुको कारण उनीहरु र उनीहरुको पार्टी एमाले स्वयम् थिए ।

आशा,
राजिनामा आवश्यक थिएन । तर आइसकेको छ । यसले केही आशा भने जन्माउँछ । यस्ता समान किसिमका प्रधानमन्त्री हेर्दाहेर्दा हामीलाई दिक्क लागेको छ । अब पक्कै पनि नयाँ किसिमको प्रधानमन्त्री देशले पाउँने छ । यो गोलचक्करबाट देशले मुक्ति पाउँने छ ।


3 comments:

रमेश चन्द said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

दामी । लेखको शिर्षक छनौट चाँही बबालै राम्रो लाग्यो । ६ महिने जागिर खाया । जागिरै जस्तो त भो नि माखो मारेनन् ।

मदन बराइली said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

झलनाथले राजिनामा दिने केही कारण थिएन । उनले खाली अब संविधानसभाको म्याद थप्न अफ्ठ्यारो पर्ने देखेर तर्किएका मात्र हुन् ।

बदनाम केटो said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

झलनाथको मन्त्रीपरिषदमा धन्न गोकर्ण बिष्ट थिए र यसो नाक बँच्यो नत्र त तिनको हालत नै हुने थियो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।