'कुन्ताकी बुहारी भटमास खाकी' भन्ने नेपाली उखान आज ठ्याक्कै नेपाल वायु सेवा निगमसँग मिलेको छ । यसै त जहाजको सँख्या कम भएर राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भर्न नपाउँने निगमको भएको एउटा जहाज पनि आज ग्राउन्डेड हुन पुग्यो । कारण सोच्नुहोस् त, कत्तिको सही अनुमान गर्नु हुँदोरहेछ । तपाईले पक्कै पनि कुनै क्लु खोजिरहनु भएको होला । एउटा क्लु दिन्छु है । आज विमान ग्राउन्डेड हुनुको कारण प्रशासनिक तथा प्राविधिक केही होइन । विमान भित्र एक्कासी एउटा जनवार देखियो अनि बैकंक उड्न लागेको विमान उड्न पाएन । सोच्न सक्नु भएन ? भित्र आउँनुहोस्
एक सय ३३ यात्रु बोकेर जहाजमा एउटा मुसा पसेपछि उडान रद्द भएको हो । आज बिहान नेपाल वायु सेवा निगमको ब्याङ्कक उड्न ठीक्क परेको बोइङ ७५७ नाइन एन( एसीबीमा एक्कासी मुसा देखिएछ । डेढ घण्टा लगाएर कर्मचारीहरुले मुसा खोजेछन् तर मुसो न हो के भेटिन्थ्यो । केही नलागे पछि प्लेन नै ग्राउन्डेड गरिएछ । अहिले प्लेन भरी पासो थापेर मुसो पासोमा पर्ने समय पर्खिएर बसिएको छ । प्लेनमा बिषादी प्रयोग गर्न नपाईने हुनाले पासो एकमात्र विकल्प हो ।
यही मुसाको कारण १ सय ३३ यात्रु अलपत्र परेका छन् । यतिमात्र होइन, विमान क्याप्टेनद्वय रवीन्द्रकुमार शेरचन र युवराजकुमार भट्टराईले उडाउन लागेका थिए। यही विमान ब्याङ्ककबाट फर्किएपछि आजै साँझ मलेसिया जाँदै थियो। मुसा नभेटिए मलेसियाको उडानसमेत प्रभावित हुने भएको छ।
यसअघि गत साउन ३१ मा स्वीडेनको स्टकहोमबाट अमेरिकाको सिकागो जान लागेको जहाजमा मुसा देखिएपछि एसएएस एयरलाइन्सको विमान ३६ घण्टासम्म रोकिएको थियो।

2 comments:
it is sooo silly.
लाई भिसा लगाउन धेरै गारो छ तर निषेधित मुसा चाई भिसा हंकन मलेशिया गइ रहदा पनि नेपाल बायु सेवा निगम कारबाई गर्न सक्दैन
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।