फोटो साभार |
सबैभन्दा राम्रो र शुद्ध गुँदपाक पाइन्छ भनेर नयाँसडक पुग्ने उपभोक्ता अहिले झसँग भएका छन् । सोमबार वाणिज्य विभागले अनुगमन गर्दा थाहा भयो, निकै लोकपि्रय गुँदपाक पसलले म्याद गुज्रेका र सडेगलेका मिठाइबाट गुँदपाक र पुष्टकारी बनाउने रहेछ । चर्चित गुँदपाक भण्डारको यो हविगत थाहा पाउने बित्तिकै वाणिज्य विभागले पसल सिल गरेको छ ।
धेरैको मन जितेको गुँदपाक नै दुषित खाद्यवस्तुबाट बन्ने रहेछ भने उपभोक्ताले हरेक दिन प्रयोग गर्ने अरु खाद्य वस्तुको हालत के होला ? ‘कुन खाद्य वस्तु शुद्ध छ भनेर ग्यारेन्टी गर्न नै मुश्किल छ’ उपभोक्ता अधिकारकर्मी रामचन्द्र सिम्खडाले भन्नुभयो -’हामीले बिहानदेखि बेलुकासम्म प्रयोग गर्ने सबै खाद्य वस्तु कुनै न कुनै रुपमा अशुद्ध छन् ।’
हरेक वस्तुमा मिसावट
बिहान उठ्ने बित्तिकै धेरैले दूध या चिया खोज्छन् । खोजी गर्दै जाने हो भने दूधमा पनि धेरै अखाद्य वस्तु मिसाइएको हुन्छ । केही दिनअघि संसदीय अनुगमन समितिले काठमाडौंका दूईवटा दूध डेरीमा अनुगमन गर्दा अखाद्य वस्तु मिसाउने गरिएको पाइयो । विशेष गरी दूधमा कास्टिक सोडा, युरिया, साबुनको झोल जस्ता अखाद्य वस्तु मिसाइने गरिन्छ । जसले दूधलाई फाट्न दिंदैन । पानी मिसाउने प्रवृत्ति त सामान्य भैसक्यो । धेरै डेरीका दूध गुणस्तरीय नहुने उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।
दूध मात्रै होइन पसलबाट किनेर खाइने तरकारी, फलफूल, चामल, तेल, पिठो, मसला लगायत हरेक खाद्य वस्तु स्वास्थ्यका लागि कुनै न कुनै दृष्टिकोणबाट खराब छन् । तरकारी र फलफूलमा धेरै विषादी मिसाइएको हुन्छ । यस्तै छिटै बढाउन हर्मोन राखिन्छ भने फलफूल पकाउनको लागि पनि औषधि प्रयोग गरिन्छ । महंगो चामलमा सस्तो चामल, ढुंगा मिसाइन्छ । मैदामा पीठो मिसाइन्छ । मरमसला र मिठाइमा पनि यस्तै अखाद्यवस्तु मिसाइएको हुन्छ ।
के खाने त ?
डाक्टरहरुका अनुसार शहरबजारमा किनेर खाइने कुनैपनि खाद्यवस्तु पूर्ण रुपमा शुद्ध छैनन् । खाद्य वस्तुमा अखाद्य पदार्थ, विषादी र हर्मोन मात्रै होइन खसी, कुखुरा जस्ता मासुका लागि प्रयोग हुने पशुपंक्षीमा पनि एन्टीबायोटिकको मात्रा बढी हुन्छ । ‘विषादी, हर्मोन र एन्टीबायोटिकका कारण हाम्रो स्वास्थ्यलाई निकै बेफाइदा गर्छ’ टेकु अस्पतालका डाक्टर देवीप्रसाद भुषालले भन्नुभयो -’खानेकुरासँगै हामीले हरेकपटक रोग उत्पन्न गराउने पदार्थ पनि सेवन गरिरहेका हुन्छौं ।’ यस्ता खाद्यवस्तुको कारण रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, दुर्बलता बढ्न जस्ता समस्या देखिन्छन् ।
‘प्राकृतिक खानेकुरामा जोड दिनु नै यस्ता समस्यबाट जोगिने सबैभन्दा उत्तम विकल्प हो’ डाक्टर भुषालले भन्नुभयो -’किनेर भन्दा आफैंले उत्पादन गरेका खाद्यवस्तुमा बल गर्नुपर्ने बेला आएको छ ।’ आफैंले उत्पादन गर्न नसकेपनि अर्गानिक तरकारी र फलफूलमा ध्यान दिएमा अखाद्य वस्तु सेवनबाट केही हदसम्म भएपनि जोगिन सकिने उहाँको भनाई छ ।
अनुगमन र नियन्त्रणको प्रयास
वाणिज्य विभागले बेलाबेला ढोल बजाएर बजार अनुगमन गर्छ । तर उसको अनुगमनबाट उपभोक्ता अधिकारकर्मी सन्तुष्ट छैनन् । ‘विभागले देखावटी रुपमा मात्रै अनुगमन गर्ने गरेको छ’ उपभोक्ता अधिकारकर्मी रामचन्द्र सिम्खडाले भन्नुभयो -’प्रभावकारी अनुगमन हुन नसक्दा हरेक ठाउँबाट उपभोक्ता ठगिने गरेका छन् ।’ तर विभागका महानिर्देशक अनिलकुमार ठाकुर भने प्रभावकारी अनुगमन भैरहेको बताउनुहुन्छ । ‘हामीले नियमित रुपमा बजार अनुगमन गरिरहेका छौं’ ठाकुरले भन्नुभयो-’चाडपर्वको बेला भने अनुगमनलाई अझै तीव्रता दिने गरिएको छ ।’
गुणस्तर जाँच्ने र मिसावट हेर्ने अधिकार नभएकोले समस्या भएको विभागको भनाई छ । ठाकुरका अनुसार उपयुक्त कानुनको अभावमा कार्वाही गर्न सकिएको छ । यसको लागि कानुन संशोधनको तयारी भैरहेको उहाँले बताउनुभयो । कानुन बन्ने बित्तिकै उपभोक्तामाथि ठगी गर्नेहरुलाई कार्वाही गर्न सजिलो हुने विभागको भनाई छ ।
(साभार : अनलाईनखबर)
यसरी हेर्दा नेपाली बजार बिषले भरिदैछ । हरेक वस्तुमा बिषको मात्रा बढ्दैछ । लोभ, नैतिकता र व्यवसायिक आदर्शको कमिले मात्र होईन, सरकारी लाचारीले पनि बजार ैबिषमय भएको छ । नागरिकले बिषको विकल्पमा बिष नै लिनु पर्ने बाध्यता बन्दैछ ।
4 comments:
समाज सवार्थि छ,मानिसहरु ऊतरआधुनिकतावाद को कथित बुझाईमा ढुंगालाइ गिलो र तरल लाई ठोस देखने प्रविति देखिएको छ।
Bish navayeko kunai chij chhaina. Paisama pani bish 6a, Herda Hariya lagne Tarkarima pani bish, mithaima....., Petrolma misawot, "Pahila Nebico Glucolse Biscuit kati Swadilo hunthyo jaslai birami huda pani khaiyenthyo. ahile sabai duplicate." desh nai bish nai bishle variyeko chha.
yo bista hoin unhyjenik ho,
मेरो प्यारो गुद्पाक्मा आज दाग लाग्यो
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।