जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

भ्रष्टाचारीलाई '२० प्रतिशत'को 'बम्पर छुट'

कति मायालु रहेछ नेपालको कानुन । सजायँ पाएको ६० दिन भित्र लुसुलुसु अदालतमा पुगे अदालतले २० प्रतिशत छुट गरिदिने रहेछ । रामाज्ञप्रसाद चतुर्वेदी जो वायुसेवा निगमका पूर्वमहाप्रबन्धक थिए, उनले भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्चले १ करोड ३९ लाख २४ हजार ९ सय रुपैयाँ पाँच पैसा जरिवाना र एकबर्ष छ महिनाको कैद सुनाईएको थियो । तर २० प्रतिशत छुट पछि उनले अब ११ महिना ६ दिन जेल बस्नु पर्नेछ भने १ करोड ११ लाख ३९ हजार ९ सय २४ रुपैयाँ ८४ पैसा बुझाउनु पर्ने छ । उनले उक्त रकम आजै बुझाएका छन् । यही कानुनको प्रयोग गर्दै चिरन्जीवी वाग्लेले पनि आफ्नो कैद सजायँमा डिस्काउन्ट गर्न निवेदन दिइसकेका रहेछन् ।



मेरो भन्नु
तपाईले नेपालको यस्तो कानुन सुन्नुभएको थियो ? मैले चै यो कानुन छ है भनेर आज पहिलोपल्ट सुनेको हुँ । पाउँने सजाय अपराधीले पाउँनै पर्छ, यो विश्वव्यापी नियम हो । अदालतले दण्ड दिएको दिनबाट नै त्यो लागू हुनुपर्छ । अपराधीलाई समात्न भनेर नै प्रहरी प्रशासन हुन्छ । कुनै बहानामा अपराधीले उन्मुक्ति या छुट पाउँनु हुन्न । फेरि यो छुट कुन तर्कका आधारमा गरिएको होला । कारण जे भएपनि अपराधी छिटो आयो भनेर छुट दिनु बकवास लाग्यो मलाई त । तपाईलाई चै कस्तो लाग्यो ? लेख्नुहोस् है ।




3 comments:

किशन said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कानुन बनाउँने नै भ्रष्टाचारी अनि आफुलाई डिस्काउन्ट त राखिहाल्छ नि ।

Prabin Bista said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

F*** them all.

Nirmal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

It may be Staff discount.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।