जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

नेपालमा ६.८ रेक्टर स्केलको भूकम्प ! अहिलेसम्म पाँचको मृत्यु

अपडेटः काठमाडौँको लैनचौरमा दूतावासको पर्खाल भत्किएर ३ जनाको मृत्यु भएको र धरानमा दुई जनाको मृत्यु भएको छ। काठमाडौँमा ८ वर्षकी अनिता श्रेष्ठ, ३६ वर्षका राजन श्रेष्ठ र सिन्धुली घर भएका १९ वर्षका वीरबहादुर मालीको मृत्यु भएको एसएसपी माधव नेपालले बताएका छन्। सुनसरी (धरान) मा सन्तोष परियार र कमल परियारको मृत्यु भएको छ।

हिजो शनिबार । शनिबार साहित्यमा भुइचालो शिर्षकको लघुकथा पोष्ट गरेको थिएँ । आज त्यही भुइचालोको त्रासद अनुभव भोग्नु पर्‍यो । मेरा छेउछाउका मानिसहरु आयो आयो भन्दै यताउता दगुर्न थाले । सुरुमा त के भएको भन्नेसम्म भेउ पाइन । तर बुझ्न समय लागेन कि भुइचालो गइरहेको छ । झट्काको महसुस भयो । ओम अस्पताल अगाडी रहेको म पुल माथि पुगेँ । मानिसहरु दौडिन छाडेका थिएनन् । आफु सुरक्षित रहेको महसुस हुने बित्तिकै परिवार सम्झिएँ । श्रीमतीलाई फोन गरे, फोन लागेन । घर फोन गरे फोन लागेन । मोबाइल फ्यालिदिनु झै लाग्यो । आपद् परेको बेला काम नलाग्ने मोबाइलको काम के ?


भूकम्पको प्रभाव

निकैबेर कतैबाट पुष्ट समाचार आएन । अहिले समाचार प्राप्त भइरहेका छन् । घरबाट फोन आयो । बुबा भन्दै हुनुहुन्थ्यो, घरमा उभिएका मान्छे लड्ने गरेर घर हल्लियो । आधिकारिक रुपमा पनि अमेरिकी भूगर्भ विभागले भूकम्प ६.८ म्याग्निच्युडको सिक्किम अर्थात् काठमाडौँबाट २७२ किलोमिटर पूर्व केन्द्रबिन्दू बनाएर गएको पुष्टि गरेको छ।




8 comments:

Dil Bahadur said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपाल भूकम्प को जोखिम मा रहेको देस हो भन्ने कुरा त थाहानै थियो तर आशा गरौ यो सम्भावना अहिलेलाई येतिमै टरेर जावोस , श्री पशुपतिनाथले हमिसबैको कल्याण गरुन l भूकम्पमा परेका दिबंगत आत्माहरुको चिर शान्तिको कामना !

Anu Khanal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मलाई त सारो डर लाग्यो ! भनेपछी मर्न तेती सजिलो रहेनछ जती हामी चाहन्छौ ।

Krishna said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

समबेदना तथा प्रार्थना प्रभावित सबै प्रति!

Sagar said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो भूकम्प ले देखाउछ कि काठमाडौँ कति संबेदनसिल छ भनेर । ८ रेक्टर को आयो भने त यो भन्दा ६५ गुना ठुलो हुन्छ । सब तहस नहस हुन्छ । भूकम्प को ठुलो जोखिम को बारे थहा हुदा हुदै पनि सुन्य पूर्वतयारी लाज लाग्दो थीयो । आजै देखि उचित पूर्वतयारी नगर्नु महामुर्खता हुनेछ ।

Purna Magar said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पैले त सडकमा ट्रक आएको होला भन्ठानेँ, पछि त घरै हल्लिन थाल्यो। म छोरी च्यापेर बाहिर चौर तिर भागेँ। ग्रिनल्याण्ड, काठमान्डु।

Bizen said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

भुइचालो न सुईचालो कत्ति डराउने आ आ सुते मा त परेको मा आफै बेहबेरुला…………यो त प्रकृति हो कसै को कै लाग्दैन तर मानवीय क्षती भएको मा चाई सारै दुख लगिरको छ भगवान पशुपति नाथ ले हामी सबै को कल्याण गरुन ,,,,,,,,,,,,,

Anil Sharma said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

साना तिना भुईचालो त अनुभव गरेको थिए पनि तर आज त बाँच्छु जस्तो त लागेको थिएन, तर पनि यस्तो अवस्थामा मैले भगवान लाई भन्दा पनि मेरी आमालाई अनि मेरी प्रेमिकालाई सम्झे, मुटु अझै हतास छ, मन दह्रो बनाउन सकेको छैन /

mukunda said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

भगवान ले हामी सबै नेपाली लै शुरछित राखून

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।